समानुपातिकतर्फको बन्दसूची बुझाएका ५८ दललाई विवरण सच्याउन पत्राचार
काठमाडौं: निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाएका ५८ दललाई विवरण सच्याउन पत्राचार गरेको छ ।
आयोगले त्रुटि गरेर बन्दसूची बुझाउने राजनीतिक दललाई सच्याएर पुन: विवरण पठाउन पत्राचार गरेको हो । बन्दसूची बुझाएका ५८ दलले नै केही न केही त्रुटिपुर्ण विवरण पेस गरेकाले पत्राचार सबै दललाई पत्राचार गरिएको जनाएको छ । केही दलले कम उमेरका उम्मेदवारको नाम पठाउका छन भने केहीले क्लस्टर नाम दोहोर्याएका छन् । त्यसैगरी अपाङगता भएका व्यक्ति नसमेटिएको, क्लस्टर र हस्ताक्षेर नमिलाई पठाएका छन् ।
दलले २७ गतेसम्म त्रुटि सच्याएर पठाउन पत्राचार गरेको छ । त्यसैगरी आयोगले फागुन २१ को निर्वाचनका लागि ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृति र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका द्वितिय श्रेणिका अधिकृतलाई निर्वाचन अधिकृत तोकेको छ ।
निर्वाचन आयोगले संवैधानिक आयोगका प्रमुखहरूसँग छलफल ग...











