Advertisement

कैलाली

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

Breaking News 1, कैलाली, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्य निर्धारण सम्बन्धी विषयलाई लिएर प्रश्न उठेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीको आर्थिक सहयोग तथा २५ प्रतिशत कृषक साझेदारीमा केही दिनअघि गौरीगंगा नगरपालिका–७, ८, ९ र १० का २६ जना कृषकलाई बाख्रा वितरण गरिएको थियो। स्थानीय स्रोतका अनुसार सहकारीले बाख्रा खरिद गर्दा प्रतिकिलो रु. ४५० का दरले खरिद गरेको भए पनि कृषकहरूबाट प्रतिकिलो रु. ६०० का दरले रकम असुलेको आरोप लागेको छ। यसका साथै जिल्लाको निर्धारित दररेटको नाममा स्थानीय जातका बाख्रा खरिद गरी खरिद मूल्य र वितरण मूल्यबीचको अन्तर रकममा अनियमितता भएको आशंका समेत व्यक्त गरिएको छ। स्थानीय कृषकहरूले बजारमा जिउँदो बाख्राको मूल्य प्रतिकिलो करिब रु. ३५० रहेको अवस्थामा खरिद तथा वितरण मूल्यबीच ठूलो अन्...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम तथा परमिट व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै बुधबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। व्यवसायीहरूका अनुसार राति ८ बजेपछि गन्तव्यबाट सवारी साधन छुट्न नदिने व्यवस्थाले यात्रु सेवा तथा व्यवसाय दुवै प्रभावित भएको छ। सो व्यवस्थाको विरोधमा करिब ८० भन्दा बढी सवारी साधनसहित उनीहरूले प्रदर्शन गरेका हुन्। व्यवसायीहरूले ईभी हाइसमाथि मात्र कडाइ गरिएको तर मिनीबस, मिनी ट्रक, स्कार्पियो लगायत अन्य सवारी साधन भने नियमित रूपमा सञ्चालन भइरहेको गुनासो गरेका छन्। ईभी सवारीलाई पनि समान व्यवहार गर्दै सहज रूपमा सञ्चालन गर्न पाउने वातावरण बनाउनुपर्ने मागसहित उनीहरूले मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्। विरोध प्रदर्शनपछि...
रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

रास्वपा सुदूरपश्चिम अधिवेशन, गणेश बहादुर बोहरा पुनः सह-महामन्त्रीमा उम्मेदवार

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश अधिवेशनमा गणेश बहादुर बोहराले सह–महामन्त्री पदमा पुनः उम्मेदवारी घोषणा गरेका छन्। कुनै राजनीतिक पृष्ठभूमिबाट नआएका बोहरा पार्टी स्थापनाकालदेखि नै सुदूरपश्चिम प्रदेशका संस्थापक सदस्यका रूपमा सक्रिय रहँदै आएका छन्। प्रदेशका नौवटै जिल्लामा संगठन विस्तार तथा सुदृढीकरणका लागि उनले महत्वपूर्ण भूमिका खेलेको पार्टी वृत्तमा चर्चा छ। सुदूरपश्चिममा करिब ८–१० जनाबाट सुरु भएको संगठनलाई आज करिब ५० हजार सदस्य तथा समर्थकसम्म विस्तार गर्न योगदान पुर्‍याउने नेतृत्वमध्ये बोहरालाई पनि एक मानिन्छ। संगठन निर्माणमा निरन्तर खटिएका उनी कम बोल्ने, इमान्दार, जिम्मेवार र मेहनती नेताका रूपमा परिचित छन्। पेशाले कृषक तथा यातायात व्यवसायी रहेका बोहरा व्यवहारिक अनुभव, संगठनप्रतिको निष्ठा र कार्यशैलीका कारण कार्यकर्तामाझ लोकप्रिय मानिन्छन्। संगठनलाई अझ सशक्...
च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउद रहेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराका अनुसार नदीमा आएको बाढीले बगाएका दुवै महिलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको हो। शुक्रवार बिहान नदी किनारमा शव फेला परेको उनले जानकारी दिए। प्रहरीका अनुसार दुवै महिला शुक्रवार बिहान च्याउ टिप्न जंगलतर्फ गएका थिए। सोही क्रममा नदीमा एक्कासी आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण गरिएको छ। गत जेठ २ गते अचानक भएको आगलागीबाट सार्कीको घरमा रहेको खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री पूर्ण रूपमा नष्ट हुँदा परिवार ठूलो समस्यामा परेको थियो। आर्थिक तथा सामाजिक अवस्था कमजोर रहेको पीडित परिवारलाई सहयोग जुटाउन सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिएको थियो। सहयोग अभियानमा मनोज साउद, ललित दियाकोटी, यादव बोहरा, राम सार्की, बम सार्की, सेरबहादुर सार्की तथा भीमबहादुर सार्कीको सक्रियतामा विभिन्न सहयोगी मनहरूबाट रु ३२ हजार ६३५ सङ्कलन गरिएको थियो। सङ्कलित रकम बुधबार वडा सदस्य नरबहादुर साउँदको अध्यक्षतामा आयोजित कार्यक्रममा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा उपस्थित वक्ताहरूले विपद्को समयमा मानवीय सहयोग र सामाजिक एकता महत्वपूर्ण ह...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

Breaking News 1, कैलाली, ताजा अपडेट, ब्यापार, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र राजनीतिमा सक्रिय भण्डारीले शनिबारदेखि कैलालीको धनगढीस्थित बसपार्क रोडमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालनमा ल्याएका हुन्। ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको होटलमा स्वादिष्ट खाना तथा नास्तासँगै अर्गानिक परिकारको विशेष व्यवस्था गरिएको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कोदो र मकैको रोटीलगायतका परिकार उपलब्ध गराइने होटल सञ्चालक भण्डारीले जानकारी दिए। होटलमा बसोबासका लागि AC, Non-AC तथा Deluxe AC कोठा उपलब्ध छन्। साथै विभिन्न सभा, गोष्ठी तथा कार्यक्रमका लागि मिटिङ हल को सुविधा समेत रहेको छ। स्वदेशी तथा विदेशी पेय पदार्थको व्यवस्था गरिनुका साथै ग्राहकको आवश्यकता र चाहनाअनुसार सेवा प्रदान गर्ने लक्ष्य रहेको सञ्चालक भण्...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

कैलाली, ताजा अपडेट, राजनीति, विचार, सुदूरपश्चिम
धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरनाक प्रवृत्ति बढ्दै गएको छ । आफुले मन पराएको नेता वा नेतृत्वले जे गरे पनि सही हो भन्ने सोच। यही अन्ध समर्थन र पक्षपातपूर्ण मानसिकताले देशलाई कमजोर बनाइरहेको छ। लोकतन्त्रमा नेता जनताका सेवक हुन्, मालिक होइनन्। जनताले उनीहरूलाई देश र जनताको हितका लागि जिम्मेवारी दिएका हुन्छन्। तर जब नागरिकहरू आफ्नो पार्टी, नेता वा समूहप्रति यति धेरै अन्धभक्त बन्छन् कि उनीहरूको गलत कामसमेत सही देख्न थाल्छन्, तब भ्रष्टाचार, बेथिति र अन्यायले प्रश्रय पाउँछ। आज देशमा धेरै समस्या देखिन्छन् ,, भ्रष्टाचार, बेरोजगारी, विकासमा ढिलाइ, युवाको विदेश पलायन, कमजोर शिक्षा र स्वास्थ्य व्यवस्था। यी समस्याको एउटा मुख्य कारण नागरिकको मौन समर्थन पनि हो। कुनै नेता गलत कार्यमा मुछिँदा पनि “मेरो नेता ह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। वित्तीय साक्षरता बढाउने, बचत तथा ऋणको सही प्रयोगबारे जानकारी दिने र केन्द्र प्रमुखहरूबीच समन्वय बढाउन आयोजना गरिएको कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा डबल बहादुर साउँदको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उनले वित्तीय साक्षरताले नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउने उल्लेख गर्दै लघुवित्त संस्थाहरूले ग्रामीण तहसम्म पुर्‍याइरहेको सेवाको प्रशंसा गरेका थिए । कार्यक्रमको सभाध्यक्षता केन्द्र नम्बर ०६१ की केन्द्र प्रमुख पुण्य कुमारी सुवेदी ले गर्नुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिका रूपमा भैरव बहादुर सिंह तथा पदम बहादुर कार्की रहनुभएको थियो । कार्यक्रममा सहभागीहर...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन खुला गरेको छ। विद्यालयले प्रचलित शिक्षा ऐन तथा नियमावलीअनुसार कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई समावेशी आधारमा छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। विद्यालयद्वारा जारी सूचनाअनुसार विपन्न तथा अति न्यून आर्थिक अवस्था भएका, गरिब तथा जेहेनदार, अपाङ्गता भएका, मेधावी, आदिवासी/जनजाति, दलित, टुहुरा तथा द्वन्द्वपीडित बालबालिकाले आवेदन दिन सक्नेछन्। इच्छुक तथा योग्य विद्यार्थीले वैशाख ३० गतेभित्र आवेदन फारम अनिवार्य रूपमा भरिसक्नुपर्नेछ। आवेदनका लागि निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो कक्षाको ग्रेडसिट, सम्बन्धित निकायको सिफारिस वा प्रमाणपत्रलगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ। टुहुरा विद्यार्थीका हकमा आमा वा बुबाको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्रममार्फत समिति गठन गरिएको हो। गठित समितिको सभापतिमा गोपाल धामी चयन भएका छन् भने उपसभापतिमा कुम्भराज पण्डित, कोषाध्यक्षमा आशिष धामी र सचिवमा सुनिल सिंह चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा राम बोहरा, बिरेन्द्र थापा, लोकेन्द्र बिष्ट, जनक थापा, गगन भण्डारी, राजबहादुर बिष्ट, नरेश ऐडी, मोहनराज जोशी, शेरबहादुर खड्का, गोरख रोकाया र सुदीप बडु चयन भएका छन्। समिति गठन कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार शैलेस कुमार सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशी, बझाङ जिल्ला सभापति सत्यराज उपाध्याय, उपसभापति कृष्ण रोकाया लगायत विभिन्न विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार शैलेस कुमार सिंहल...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ को आयव्यय सार्वजनिक सुनुवाइ जनलेखापरीक्षण तथा १५औं साधारणसभा बिहीबार सम्पन्न भएको हो। कार्यक्रममा समूहले गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै आर्थिक पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएको छ। साथै सार्वजनिक सुनुवाइमार्फत उपभोक्ताहरूबाट सुझाव तथा प्रतिक्रिया समेत संकलन गरिएको थियो। स्थानीय उपभोक्ता, सरोकारवाला तथा समूहका पदाधिकारीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा वन संरक्षण, व्यवस्थापन र दीगो उपयोगका विषयमा पनि छलफल गरिएको थियो। बनका अध्यक्ष कन्या थारुको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि सिएफसिसिका सचीव संदिप चौधरी रहनु भएको थियोे ।...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रम सम्पन्न भएको छ। संस्थाको सदस्य संरक्षण कोषमार्फत सञ्चालन हुँदै आएको उक्त कार्यक्रम पवेरा बजारमा सम्पन्न भएको  हो। संस्थाले सञ्चालन गर्दै आएको सदस्य सुरक्षण कार्यक्रमअन्तर्गत फागुन ५ गते निधन भएकी सदस्य सीता देवी कठरियाको परिवारलाई राहत प्रदान गरिएको छ। यस क्रममा संस्थाको हसुलिया शाखाले बिहीबार आयोजित कार्यक्रममा मृतकका श्रीमान् राम भरोसा कठरियालाई ५ लाख ८६ हजार ८ सय ६२ रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ। जोशीपुर इकाई प्रमुख भरतबहादुर रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कैलारी गाउँपालिका–५ का वडाध्यक्ष विष्णु प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा स्थानीय बासिन्दा, वडघर भलमन्सा, शिक्षक, संस्थाका कर्मचारी तथा पत्रकारहर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज