
वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन वैशाख ३० र ३१ गते धनगढीमा हुने
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन हुने भएको छ ।
सम्मेलन यही वैशाख ३० र ३१ गते धनगढीमा हुने र सम्मेलनको तयारी पूरा भएको वाईसीएलका केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज मीनबहादुर घर्तीमगर ‘विश्व’ले जानकारी दिए ।
उनले सम्मेलनमा प्रदेशका नौ वटै जिल्लाबाट दुई सय २८ जना प्रतिनिधिको सहभागिता रहने बताए । उनले भने ‘प्रत्येक पालिकाबाट दुई जनाका दरले,प्रत्येक जिल्लाबाट पाँच जना र प्रदेशबाट सात जना प्रतिनिधीको सहभागिता हुने छ ।’
सम्मेलनले १३ पदाधिकारीसहित ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने उनले जानकारी दिए । इन्चार्ज घर्तीमगरका अनुसार कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य राखिने छ ।
वैशाख ३० गते २ वजे धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा सम्मेलन उद्घाटन हुने उनले जानकारी दिए । सम्मेलन उद्घाटनपूर्व १२ देखि १ बजेक...