Advertisement
Monday, May 19

अन्तरबार्ता

आईपीएलमा पञ्जाब किङ्ग्सको शानदार जित, बेङ्गलुरु ५ विकेटले पराजित

आईपीएलमा पञ्जाब किङ्ग्सको शानदार जित, बेङ्गलुरु ५ विकेटले पराजित

Breaking News 2, अन्तरबार्ता, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ – भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई ५ विकेटले हराउँदै प्रतियोगिताको पाँचौं जित दर्ता गरेको छ। गएराति बेङ्गलुरुको घरेलु मैदानमा भएको खेलमा पञ्जाबले ९६ रनको लक्ष्य १२.१ ओभरमा ५ विकेट गुमाउँदै सहज रूपमा पूरा गर्‍यो। पञ्जाबका नेहाल वाडेराले अविजित ३३ रन बनाए भने बेङ्गलुरुका जोश हेजलउडले ३ र भुवनेश्वर कुमारले २ विकेट लिए। वर्षाले प्रभावित खेल ढिलो सुरु भएको थियो। निर्धारित २० ओभरको खेल घटाएर १४ ओभरमा झारिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलुरुले ९५ रन मात्र बनाएको थियो। उसको सुरुवात निकै कमजोर रह्यो – ७ विकेट गुमाउँदा मात्र ४२ रन जोडिएको थियो। त्यसपछि टिम डेविडले अविजित अर्धशतक बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। पञ्जाबका अर्शदीप सिंह, मार्को जानसेन, युजभेन्द्र चाहाल र हरप्रीत ब्रारले समान २...
पंकज भण्डारी: संघर्षशील यात्राको प्रतीक र बझाङको उज्ज्वल भविष्य

पंकज भण्डारी: संघर्षशील यात्राको प्रतीक र बझाङको उज्ज्वल भविष्य

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तरबार्ता, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, विचार, सुदूरपश्चिम
२०४४ साल श्रावण ८ गते भारतको भूमिमा जन्मिएका पंकज भण्डारी नेपाली राजनीतिक क्षितिजमा उदाएका एक प्रतिभाशाली, दृढसंकल्पी र दूरदर्शी युवा नेता हुन्। उनको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो, जहाँ उनका बुवा-आमा बिहान बेलुकाको छाक टार्न भारतमा पसिना बगाउँदै थिए। बुवाआमा बझाङको स्थाई वासिन्दा भएपनि नेपालमा रोजगार नभएपछि भारततिर जानुभएको थियो त्यही बेला जन्म भएको हो भण्डारीको ।जीवनको आरम्भदेखि नै संघर्ष र मेहनतका धागाहरूले उनको चरित्र बुन्दै लग्यो। सानै उमेरदेखि पंकज भण्डारी अरू बालबालिकाभन्दा पृथक स्वभावका थिए—शिष्ट, इमानदार र स्वाभिमानी। बाल्यकाल र प्रारम्भिक शिक्षा बाल्यकालको अधिक समय भारतमा बिताएका पंकज भण्डारीको पालनपोषण साधारण जीवनशैलीमा भए पनि उनका बुवाले उनलाई सदैव शिक्षा र नैतिकतामा विश्वास राख्न प्रेरित गरे। विद्यालय तहको अध्ययन गर्न नेपाल फर्किएका उनले बझाङको मौलिक परिवेशमा आफूलाई ढा...
“दलित समुदायको बर्तमान अवस्था ” -प्रकाश नेपाली

“दलित समुदायको बर्तमान अवस्था ” -प्रकाश नेपाली

अन्तरबार्ता, कैलाली, दैनिक, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
"दलित समुदायको बर्तमान अवस्था " -प्रकाश नेपाली" राज्यका निर्णायक नीतिनिर्माण तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा यो समुदायको उपस्थिति निम्छरो रहँदै आएको छ । कार्यपालिकामा संवैधानिक रूपमा नै बाध्यकारी व्यवस्थाको अभावमा दलित प्रतिनिधित्व हुन सकिरहेको छैन । नेपालको इतिहासमा हालसम्म दलित समुदायबाट जम्मा ८ जना मात्रै क्याबिनेट स्तरका मन्त्री भएका छन् । कानुन निर्माणको थलो संसद्मा पञ्चायत शासनकालदेखि २०५६ सालसम्म जम्मा ६ जना पुग्न सफल भए । दश वर्षको जनयुद्धकालमा विकास भएको राजनीतिक चेतना, माओवादीमा भएको क्रान्तिकारिता र समानुपातिक समावेशिताको घनीभूत बहसको वातावरण सृजना भएको कारणले संविधानसभामा दलित सहभागितामा ह्वात्तै वृद्धि भएको थियो । हाल आएर संसद्मा दलित प्रतिनित्वि पुनः कमजोर हुन पुगेको छ । हाल प्रतिनिधिसभामा कुल २७५ जनामध्ये १६ जना (५.८२ प्रतिशत) दलित प्रतिनिधित्व रहेको छ ।...
“सघर्षले खारिएका नगर प्रमुख देविदत्त कडेल “

“सघर्षले खारिएका नगर प्रमुख देविदत्त कडेल “

अन्तरबार्ता, कैलाली, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
तीन वर्ष नपुग्दै बुबालाई गुमाएका देवीदत्त कँडेलको संघर्ष धर्तीमा टेकेदेखि नै सुरु भयो । उनले जन्मदिने बुबाको मुहारसम्म पनि सम्झने गरी देख्न पाएनन् । उनलाई गरिबीले च्याप्नु च्याप्यो । अभावले थिच्यो । गरिबी र अभावकै बीच जेनतेन उनको दैनिकी चलिरहेको थियो । बुबा गुमाउनुको पीडा बिर्सन नपाउँदै कँडेललाई अर्को बज्रपात आइलाग्यो । कुरो २०३९ सालतिरको हो । ७ कक्षामा अध्ययनरत रहँदै गर्दा उनी धेरै पढ्ने र देशमै केही गर्ने सपनाहरू सजाउँदै थिए । तर, दैवको लीला १४ वर्षको कलिलो उमेरमै उनले आफ्नो बायाँ हात गुमाउनुपर्‍यो । रुखबाट लडेर हात भाँचिएपछि उपचारका लागि उनले धेरै सास्ती खेपे । यातायात र आवश्यक खर्चको जोहो समयमै नहुँदा कँडेलको उपचारमा विलम्ब हुन पुग्यो । फलतः उनले आफ्नो हात सदाका लागी गुमाउनुपर्‍यो ।बुबा गुमाएर बैसाखी गुमाएको जस्तै भएको उनको परिवार थप समस्यामा पर्‍यो । उनका कलिला सपनाहरू निमोठिए ।...
विश्वसनीय विपक्षीविनै क्याम्बोडियामा आम निर्वाचन

विश्वसनीय विपक्षीविनै क्याम्बोडियामा आम निर्वाचन

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, पर्यटन, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, सूचना प्रविधि
क्याम्बोडियामा लामो समयदेखि शासन गरिरहेका नेताले आफ्नो दलको शासन विस्तार गर्न सहज पार्ने जस्तो देखिएको आम निर्वाचनको मतदान जारी छ। त्यहाँ सत्ताधारी दलविरुद्ध कुनै गम्भीर प्रतिपक्ष चुनावमा मैदानमा छैन। राजधानी प्नोम पेनमा भोट हाल्न आएका मतदाताले क्याम्बोडियन पिपुल्स पार्टी (सीपीपी)ले त्यहाँको संसद्का सबै १२५ वटै सिटहरू फेरि पनि जित्ने अपेक्षा गरेको बीबीसीलाई बताएका छन्। करिब चार दशकदेखि सत्तामा रहेका हुन सेनले गत मे महिनामा एक मात्र विश्वसनीय प्रतिपक्षी दललाई चुनावमा भाग लिन अयोग्य घोषित गरेपछि उनले वास्तविक चुनौतीको सामना गर्नुपरेको छैन। आलोचकहरूले यो निर्वाचनलाई ‘देखावटी’ भनेका छन्। प्नोम पेनका एक जना मतदाताले बीबीसीसँग भने, "यो वर्षको चुनाव स्वतन्त्र र निष्पक्ष छैन किनभने २० लाख जनताको छनोट खोसिएको छ।" क्याम्बोडियाका विपक्षी नेतालाई २७ वर्षको सजाय खमेर रुजका नेता नरसंह...
एआईबाट बाल यौन दुर्व्यवहारका तस्बिर बनाउन नदिन माग

एआईबाट बाल यौन दुर्व्यवहारका तस्बिर बनाउन नदिन माग

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटन, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, राजनीति, रोजगार, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा अग्रणी परोपकारी संस्थाले यूकेका प्रधानमन्त्री ऋषि सुनकलाई एआईबाट निर्माण गरिने बाल यौन दुराचारसम्बन्धी तस्बिरहरूबारे ध्यानाकर्षण गराएको छ। यूकेले यसै शरद्ऋतुमा एआई सुरक्षाको विषयमा विश्वव्यापी सम्मेलन आयोजना गर्न लागेको छ। इन्टरनेट वाच फाउन्डेशन (आईडब्ल्यूएफ) ले इन्टरनेटमा भएका यौन दुर्व्यवहारसम्बन्धी सामग्रीहरू हटाउने गर्छ। उसले यसमा एआईमा आधारित तस्बिरहरू बढ्दो क्रममा देखिन थालेको जनाएको छ। गत महिना आईडब्ल्यूएफले पहिलो पटक एआई तस्बिरहरूको अभिलेख राख्न थालेको थियो। उसले विश्वभरिका पीडकहरूले बेलाबेलामा वास्तविकजस्ता देखिने तस्बिरका ग्यालरीहरू शेअर गर्ने गरिएको फेला पारेको थियो। “अहिले हामीले यस्ता तस्बिरहरू ठूलो सङ्ख्यामा देखेका छैनौँ। तर हामी केमा स्पष्ट छौँ भने अपराधीहरूले अभूतपूर्व स्तरमा वास्तविक जस्तै देखिने बाल यौन दुर्व्यवहारका तस्...
फिफा महिला विश्वकप: अहिलेसम्मकै ‘ठूलो प्रतियोगिता’ सुरु हुनुअघि गोलीकाण्ड

फिफा महिला विश्वकप: अहिलेसम्मकै ‘ठूलो प्रतियोगिता’ सुरु हुनुअघि गोलीकाण्ड

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटन, बझाङ, बैतडी, मनोरञ्जन, मुख्य समाचार, रोजगार, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
न्यूजील्यान्डको अकल्यान्डमा फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि गोली चलेपछि दुई जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन्। शहरको मुख्य व्यापारिक क्षेत्रस्थित एक निर्माण स्थलमा भएको घटनापछि स्थानीय समयअनुसार करिब साढे सात बजे बन्दुकधारी स्वयंको पनि मृत्यु भएको छ। त्यहाँका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधिका रूपमा नहेरिएको बताएका छन्। घटनाले विश्वकपमा पनि कुनै असर नपारेको र प्रतियोगिता योजनाअनुसार नै अघि बढ्ने उनले बताए। महिला विश्वकप फुटबल २०२३ क्विजः के तपाईँ यो खेल जित्न सक्नुहुन्छ महिला विश्‍वकप छनोटमा खेलाडीहरू ‘जोखिममा’ “प्रहरीले जोखिमलाई निस्तेज पारेको छ र क्विन स्ट्रिटमा भएको घटनापछि अहिले त्यहाँ कुनै खतरा छैन भन्ने कुरामा आम मानिस निर्धक्क हुन सक्छन्,” उनले भने। आक्रमणको कुनै राजनीतिक वा वैचारिक का...
सरकारले गर्ने ‘नीतिगत भ्रष्टाचार’ रोक्न अख्तियारको गुहार, के संसद्‌ले सुन्ला

सरकारले गर्ने ‘नीतिगत भ्रष्टाचार’ रोक्न अख्तियारको गुहार, के संसद्‌ले सुन्ला

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, कैलाली, खेलकुद, पर्यटन, बझाङ, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, राजनीति, रोजगार, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि, स्वास्थ्य
ललिता निवासको जग्गा अपचलन प्रकरणमा नेपाल प्रहरीले अनुसन्धान थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट देशका कार्यकारी प्रमुख जोगिने कानुनी छिद्रबारे चर्चा सुरु भएको छ। आयोगको निर्णय र सिफारिसहरू हेर्दा उसले भूतपूर्व वा पदासीन प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन मिल्नेगरी कानुनी व्यवस्था गर्न पटकपटक माग गरेको देखिन्छ। सर्वोच्च अदालतले २७ वर्षअघि गरेको एउटा फैसलाले पनि मन्त्रिपरिषद्का नीतिगत निर्णय आयोगले हेर्न नपाउनेगरी रोक लगाइदिएको छ। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ। राष्ट्रिय सभाबाट २०७९ चैत २७ गते पारित भएर प्रतिनिधिसभामा पुगेको ‘तेस्रो संशोधन ऐन २०७६’ दफावार छलफलका निम्ति वैशाख १५ गते राज्य व्यवस्था समितिमा पठाइएको थियो। कानुनी व्यवस्थाका लागि निरन्तर आग्रह ठूलो भ्रष्टाचार मुद्दा बनेको ललिता निवास प्रकरणमा आयोगले मन्त्रि...
एमडीएमएसमा अझै ३० लाखभन्दा बढी मोबाइल दर्ता हुन बाँकी, अब के हुन्छ

एमडीएमएसमा अझै ३० लाखभन्दा बढी मोबाइल दर्ता हुन बाँकी, अब के हुन्छ

अन्तरबार्ता, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटन, ब्यापार, मनोरञ्जन, मुख्य समाचार, राजनीति, रोजगार, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
विदेशबाट ल्याइने मोबाइल फोन दर्ता गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) लागु भएको डेढ महिना भइसक्दा अझै ३० लाखदेखि ४० लाख मोबाइल दर्ता हुन नआएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। 'ग्रे मार्केट' भनिने नियमित व्यापारिक प्रक्रियाभन्दा बाहिरबाट आयात वा खरिद गरिएका त्यस्ता मोबाइल एमडीएमएसमा दर्ता नभएकाले तिनलाई हाल बारम्बार सन्देश पठाएर सजग गराइरहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन्। के हुन्छ कारबाही? जेठ १५ को बजेट भाषणलगत्तै सरकारले विदेशबाट फर्किएका नेपाली श्रमिकहरूका हकमा आफ्नो मोबाइल र थप एक थान मोबाइल ल्याउन पाउने र तिनको नि:शुल्क दर्ता गरिने नियम ल्याएको थियो। अन्य मानिसको हकमा आफूले बोकेको एउटा मोबाइलमात्र त्यसरी ल्याउन पाइने उक्त नियममा उल्लेख छ। “थप मोबाइल ल्याएमा आईफोनको हकमा १०,००० रुपैयाँ अनि अन्यको हकमा २०० देखि ३००० सम्म राजस...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज