
त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो
नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्यो।
९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। कुशल भुर्तेलले ३०, दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए। स्कटल्याण्डका सफयान शरीफ र माइकल लिस्कले २/२ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्ड १९.३ ओभरमा ९७ रनमै समेटियो। माइकल लिस्कले सर्वाधिक ४६ रन बनाए। नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ११ रन दिँदै ४ विकेट लिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले २/२ तथा ललित राजवंशीले १ विकेट लिए।
यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपालले अब बिहीबार नेदरल्याण्ड्ससँग खेल्नेछ।...