Advertisement

अन्तर्राष्ट्रिय

‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता

‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय
‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता काठमाडौं : जेनजी आन्दोलनपछिको देशको अवस्था सहज बनाउन ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने म्यान्डेट पाएको अन्तरिम सरकारका मन्त्री एकपछि अर्को विवादमा फसेका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले फर्जी आयोजक र फर्जी निम्तोपत्र बनाएर अमेरिका भ्रमण स्वीकृत गराएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकबाट अमेरिकामा आगामी ३ माघमा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने भनी भ्रमण स्वीकृत गरिएको छ । नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाई मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित र गैरजिम्मेवार भएक...
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव

ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ग्रिनल्याण्ड अधिग्रहणका विभिन्न विकल्पहरूबारे छलफल गरिरहेको खुलासा भएपछि अमेरिका र युरोपेली देशहरूबीच कूटनीतिक तनाव चर्किएको छ । ह्वाइट हाउसले ग्रिनल्याण्डलाई अमेरिकाका लागि राष्ट्रिय सुरक्षाको सवाल भन्दै आवश्यकता परे सैन्य शक्तिको प्रयोग पनि एक विकल्पमा रहेको बताएपछि तनाव उत्पन्न भएको हो । राष्ट्रपति ट्रम्पले पछिल्लो समय पटक–पटक ‘हामीलाई ग्रिनल्याण्ड चाहिन्छ’ भन्ने अभिव्यक्ति दिनुभएको र यसले अन्तर्राष्ट्रिय चाँसो र प्रतिक्रिया बढाएको बीबीसीले जनाएको छ । डेनमार्क र युरोपेली देशहरू अमेरिका विरुद्ध एकजुट भएका छन् । बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र डेनमार्कले संयुक्त वक्तव्य निकाल्दै ग्रिनल्याण्डको सार्वभौमिकता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छन् । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्से...
एसीसी यू–१९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

एसीसी यू–१९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- एसीसी यू–१९ पुरुष प्रिमियर कपको उपाधिका लागि आज नेपाल र घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ। लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित यूएई पुगेको नेपाली यू–१९ टिम आज घरेलु टोलीसँग आमनेसामने हुँदैछ। यूएईको अमजानमा हुने फाइनल खेल बिहान १०:४५ बजे सुरू हुनेछ। प्रतियोगिताभर शानदार प्रदर्शन गर्दै नेपाल अपराजित रूपमा फाइनलसम्म पुगेको हो। समूह चरणमा नेपालले साउदी अरेबिया र हङकङलाई ठूलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको थियो। समूह ‘सी’ विजेता नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गरेको थियो, जहाँ नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मलेसियालाई ५१ रनमै समेटेको थियो। अब नेपाली टिम लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ। उता, अर्को फाइनलिस्ट यूएईले ओमानलाई ८ विकेटले हराउँदै नेपालसँगको भिडन्त सुनिश्चित गरेको हो।...
भारतमा नेपाली नागरिकता र पासपोर्टले बैंक खाता खोल्न सकिने

भारतमा नेपाली नागरिकता र पासपोर्टले बैंक खाता खोल्न सकिने

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारतमा बसेर काम, पढाइ र व्यापार गर्दै आएका नेपालीहरूको लागि ठूलो खुशीको खबर आएको छ। अब <नेपाली नागरिकता वा नेपाली पासपोर्ट मात्र लिएर Indian Bank मा बैंक खाता खोल्न मिल्ने भएको छ। यो सुविधाले भारतमा रहेका नेपालीहरूलाई पैसाको लेनदेन, बैंकिङ सेवा, रोजगारी प्रक्रिया र दैनिक वित्तीय कार्यहरू निकै सहज बनाउने अपेक्षा गरिएको छ। यस पहलमा सहयोग गरेकोमा Indian Bank र भारतीयस्थित नेपाली दूतावासलाई नेपाली समुदायले विशेष धन्यवाद व्यक्त गरेका छन्। नेपाल–भारतबीचको आपसी सम्बन्ध अझ सुदृढ बनाउने यो एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।...
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले साेमबार हसिनासहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गएको वर्षको घटनामा दोषी ठहर गरेको बीबीसीले जनाएको छ । भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो । गएको जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा एक हजार चार सय जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले अनुमान गरेको छ जसमध्ये धेरैजसो सुरक्षा बलको गोलीबाट मारिएका थिए । यो प्रदर्शनमा हिंसात्मक दमनको आदेश दिन हसिना जिम्मेवार रहेको अदालतले ठहर गरेको छ । हसिनाले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । यही प्रदर्शनका कारण हसिनाले सत्...
रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्ण अवस्थासँगै अस्तित्व संकटमा परेको छ। विक्रम सम्बत २०१६ (सन् १९५९) मा महाशिवरात्रिको अवसरमा श्रीमती रानी जगदम्बा कुमारी देवीले नेपाली तीर्थयात्रीहरूको सुविधा र विश्रामका लागि धर्मशालाको स्थापना गर्नुभएको थियो। स्थापना कालदेखि नै यस धर्मशालाले रामेश्वरम आउने हजारौँ नेपाली भक्तजनलाई सस्तो र सहज आवास सुविधा प्रदान गर्दै आएको थियो। तर हालका वर्षहरूमा यसको भौतिक संरचना कमजोर, सरसफाइ अवस्था बिग्रिँदै गएको, र संरक्षणको अभावका कारण धर्मशालाको अवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। यस ऐतिहासिक सम्पदाको जिर्णोद्वार र व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग पटक–पटक औपचारिक ध्यानाकर्षण गराइएको भए पनि अहिलेसम्म कुनै सन्तोषजनक प्रगति भएको छैन। समाजसेवी करन विष्टका अन...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएपछि श्रृङ्खला निराशाजनक रूपमा समाप्त भएको हो। पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनायो। जवाफमा यूएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य भेटायो। नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन जोडे भने कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७ र आसिफ शेखले ३४ रन बनाए। बलिङतर्फ करण केसीले ३ विकेट लिए, नन्दन यादव, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे। यूएईका मोहम्मद शहदादले शानदार ९६ रनको पारी खेले भने जुनैद सिद्दीकी, मोहम्मद जवादुल्लाह र ध्रुव परासरले समान २–२ विकेट लिए। नेपाल यसअघि यूएईसँग पहिलो खेलमा ५ विकेटले र अमेरिकासँग क्रमशः १०६ रन र ४ विकेटले पराजित भएको थियो। यो हारपछि नेपालले २० खेलबाट १२ अंकसहि...
अमेरिकासँग नेपाल पराजित, विश्वकप लिग-२ मा लगातार तेस्रो हार

अमेरिकासँग नेपाल पराजित, विश्वकप लिग-२ मा लगातार तेस्रो हार

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ। शनिबार दुबईस्थित आइसीसी एकेडेमीमा भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको २ सय ७२ रनको लक्ष्य अमेरिकाले ४९ औं ओभरको छैटौं बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। चौथो विकेटका लागि साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारले १ सय २३ रनको महत्वपूर्ण साझेदारी गर्दै अमेरिकालाई जीततर्फ उकासेका थिए। साइतेजा मुक्कमल्लले १ सय १ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७५ रन बनाए। उनी करण केसीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए। मिलिन्द कुमारले ६६ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७० रन बनाए। उनलाई सन्दीप लामिछानेले भीम सार्कीको हातबाट क्याच गराउँदै फर्काए। सयान जहानजिरले ३६ रन बनाउँदा सन्दीपको बलमै बोल्ड आउट भए। कप्तान मोनांक पटेलले २१ रनमा नन्द...
विश्वकप लिग- २: नेपाल आज अमेरिकासँग भिड्दै, पछिल्ला दुई खेलमा पराजित

विश्वकप लिग- २: नेपाल आज अमेरिकासँग भिड्दै, पछिल्ला दुई खेलमा पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपाल आज अमेरिकासँग भिड्दैछ। खेल दुबईमा बिहान सवा ११ बजे सुरू हुनेछ। यूएईमा नेपाल, अमेरिका र घरेलु टोली यूएईबीच लिग- २ अन्तर्गतको श्रृंखला जारी छ। श्रृंखलाको पहिलो खेलमा गएको आइतबार नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो। त्यसपछि बिहीबार यूएईसँग भएको खेलमा पनि नेपाल ५ विकेटले हार्यो। नेपालले श्रृंखलाको अन्तिम खेल आउँदो बुधबार यूएईविरुद्ध खेल्नेछ। त्यसपछि टोली स्वदेश फर्कनेछ। लिग- २ को अंकतालिकामा नेपालले १८ खेलमा १२ अंक जोड्दै सातौं स्थानमा रहेको छ। शीर्ष स्थानमा अमेरिका २२ खेलमा ३२ अंकसहित अग्रस्थानमा छ भने यूएई १८ खेलमा ८ अंकसहित अन्तिम स्थानमा छ।...
एशिया भ्रमणमा ट्रम्पको शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलन

एशिया भ्रमणमा ट्रम्पको शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलन

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाँचदिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण गरिएको छ। बीबीसीका अनुसार ट्रम्पले मलेशिया, जापान र दक्षिण कोरियामा व्यापार सम्झौता, लगानीको वाचा र आदरपूर्ण स्वागत प्राप्त गरेका छन्। जापानले पाँच सय पचास अर्ब अमेरिकी डलरको लगानी घोषणा गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको छ भने दक्षिण कोरियाले उहाँलाई उच्च राष्ट्रिय पदक र ‘पिसमेकर’ सम्मान प्रदान गरेको छ। भ्रमणको मुख्य क्षण अन्तिम दिन चीनका राष्ट्रपति सी जिनपिङसँग भएको भेटलाई मानिएको छ। उक्त भेटमा दुबै नेताले व्यापार तनाव घटाउने सहमति जनाएका छन्। यस क्रममा अमेरिकाले केही कर दर घटाएको छ भने चीनले अमेरिकी कृषि तथा ऊर्जाजन्य वस्तु खरिद पुनः सुरु गर्ने वाचा गरेको छ। विश्लेषकहरूका अनुसार, ठूला उपलब्धि नभए पनि दुवै देशबीचको सम्बन्ध सुधारउन्मुख देखिएको...
ओलीले सरकारको विरोध गर्नुको अर्थ छैन : प्रचण्ड

ओलीले सरकारको विरोध गर्नुको अर्थ छैन : प्रचण्ड

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको भन्दै अहिले विरोध गर्नुको अर्थ नहुने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले अन्तरिम सरकारमा टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले चुनाव सफल पार्न सबैलाई आग्रह गरे । त्यसरी अगाडि नबढ्ने हो भने अराजकता र दुर्घटना निम्तिन सक्ने उनले चेतावनी दिए । ‘कुनै वितण्डा नगरौँ । हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनस्र्थापनाको कुरा उठाउनुजस्तो हास्यास्पद अरू केही हुँदैन । निर्वाचन सफल पार्नका लागि म आग्रह गर्न चाहन्छु,’ उनले भने । राष्ट्रिय सहमतिका साथ अगाडि बढ्दा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने प्रचण्डले बताए । अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल पार्न भूमिका खेल्ने उनले बताए । ...
नेपालको ऐतिहासिक प्रदर्शन, टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्यो

नेपालको ऐतिहासिक प्रदर्शन, टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ। आज ओमनमा सम्पन्न अन्तिम खेलमा नेपालले सामोआलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । नेपाल शीर्ष स्थानमा रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउन सफल भएको छ। ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल बनायो। नेपालका लागि आसिफ शेखले ४१ बलमा ६९ रन र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए। कप्तान रोहित पौडेलले १२ बलमा २१ रन र लोकेश बमले १२ बलमा ३९ रन अविजित रहँदै टीमको योगफल बढाए। २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो। सामोआका सेन सोलियाले सर्वाधिक ४० रन बनाए। बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज