बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन
धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आज साँझ करिब सवा ५ बजे महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ख १५३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मन्त्री भट्ट सवार सु.प.प्र.०१–००१ झ ४५२ नम्बरको गाडी एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
घटनापछि अस्थायी प्रहरी पोस्ट सलेनाबाट प्रहरी हवल्दार रमेश भट्टको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको उपस्थितिमा दुवै पक्षबीच छलफल भएपछि बस पक्षले गाडी मर्...












