Advertisement

सत्यवादी मावि भोपुरमा अनाथ विद्यार्थी कोष स्थापनाका लागि तिलक बम्मद्वारा ५० हजारभन्दा बढी सहयोग

Advertisement

बझाङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङमा सवारी चालकका रूपमा कार्यरत तिलक बम्मले सत्यवादी माध्यमिक विद्यालय, भोपुरमा अनाथ विद्यार्थीहरूको सहयोगार्थ अक्षयकोष (कोष स्थापना) का लागि ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

विद्यालयको वार्षिक उत्सवको अवसर पारेर उहाँले उक्त रकम व्यक्तिगत तवरबाट विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै बम्मले अनाथ तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको बताउनुभयो ।

उहाँका अनुसार स्थापना गरिएको कोषबाट विद्यालयमा अध्ययनरत अनाथ विद्यार्थीहरूको शैक्षिक सामग्री, पोशाक तथा अन्य आवश्यकतामा सहयोग पुर्‍याइनेछ । साथै उहाँले शिक्षाको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने भावना राख्दै सम्पूर्ण बझाङबासीलाई आ–आफ्नो क्षमताअनुसार अनाथ विद्यार्थीहरूको सहयोगमा हातेमालो गर्न अपिल गर्नुभएको छ ।

विद्यालय परिवारले तिलक बम्मको योगदानलाई उदाहरणीय र प्रेरणादायी भन्दै धन्यवाद व्यक्त गरेको छ । यस्ता सहयोगले समाजमा सकारात्मक सन्देश फैलिनुका साथै विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज