Advertisement

वन अतिक्रमण विरुद्ध कडा रूपमा उत्रिए अधिकृत कपिल रावल: बसन्तामा अवैध संरचना भत्काइयो

Advertisement

कैलाली: कैलालीको कैलारी गाउँपालिकास्थित बसन्ता सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमण हटाउन वन प्रशासनले सक्रियता देखाएको छ। सब डिभिजन वन कार्यालय बसन्ताका वन अधिकृत कपिल रावलको प्रत्यक्ष नेतृत्वमा शनिबार एक विशेष टोलीले बड्का बसन्तामा वन मिचेर बनाइएको संरचना हटाएको हो ।

अधिकृत रावलले  कैलारी गाउँपालिका वडा नं. ७ स्थित बसन्ता सामुदायिक वनको जग्गामा एक परिवारले अवैध रूपमा छाप्रो निर्माण गरी वन अतिक्रमण गरेका थिए। सोको सूचना प्राप्त हुनासाथ वन अधिकृत कपिल रावलको नेतृत्वमा खटिएको सब डिभिजन वन कार्यालय र बसन्ता सामुदायिक वनको संयुक्त टोलीले उक्त छाप्रो तत्कालै भत्काएर वन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।

अधिकृत रावल भन्छन ​” वन अतिक्रमणमा कुनै सम्झौता हुँदैन ।” अतिक्रमण हटाउने कार्यको नेतृत्व गर्दै वन अधिकृत कपिल रावलले वन क्षेत्रको संरक्षणमा कसैको दबाब वा प्रभाव स्वीकार्य नहुने स्पष्ट पारेका छन । फेरि त्यसैमा थप्दै — “प्राकृतिक स्रोतहरुको रक्षा गर्नु हाम्रो पहिलो प्राथमिकता हो। वन क्षेत्र मिचेर गरिने कुनै पनि गतिविधि कानुन विपरीत छन्, यस्ता कार्यलाई हामी कडाइका साथ निरुत्साहित गर्छौँ।”

​अधिकृत रावलको यस कदमलाई स्थानीयहरु र सामुदायिक वन उपभोक्ता समूहले समेत प्रशंसा गरेका छन्। वन क्षेत्र जोगाउनका लागि फिल्डमै खटिएर नेतृत्व लिने रावलको कार्यशैलीले वन अतिक्रमणकारीहरूलाई कडा सन्देश दिएको छ।

​उक्त टोलीमा वन कार्यालयका कर्मचारीहरू, वन रक्षक र सामुदायिक वनका पदाधिकारीहरूको सहभागिता रहेको थियो। आगामी दिनमा पनि वन अधिकृत रावलको कमाण्डमा नियमित गस्ती र अतिक्रमण विरोधी अभियानलाई निरन्तरता दिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज