
रामारोशन गाउँपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्का खुला, ९ करोडको लागत अनुमान
अछाम, अछामको रामारोशन गाउँपालिकाले बहुप्रतीक्षित प्रशासनिक भवन निर्माणको ठेक्का अन्ततः असार २ गते खोलेको छ। झण्डै ९ करोड रुपैयाँ लागत अनुमान गरिएको सो भवन २ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का प्रक्रिया सुरु गरिएको हो।
गाउँपालिका स्थापना भएको लामो समय बितिसक्दा पनि हालसम्म स्थायी कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो। अब भने भवन निर्माणका लागि ठोस कदम चालिएसँगै स्थानीय तहमा आधारभूत पूर्वाधार विकासको महत्वपूर्ण चरण सुरु भएको जनाइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए अनुसार, “स्थायी संरचना नभएको कारण कार्यालय सञ्चालनमा जटिलता थियो। ठेक्का खोलेसँगै अब काम अघि बढ्नेछ र निर्धारित अवधिभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। यो गाउँपालिकाको सेवा प्रणाली सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हुनेछ।”
यस भवनले प्रशासनिक कार्य सञ्चालनमा सहजता ल्याउने म...