
सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ
अछाम, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ गरिएको छ।
सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०ले करार र ज्यालादारीमा कर्मचारी राख्ने कार्यलाई कडाइ गरेको हो।
स्थानीय सरकार प्रमुख वा अरू जनप्रतिनिधिले आफ्ना घर–परिवारका सदस्य, आफन्त, आसेपासे, कार्यकर्तालाई मनपरी तरिकाले करारमा कर्मचारी नियुक्त गर्दै आएका छन्। तर, सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनले ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने व्यवस्था गरेको हो। ऐनको दफा १५ को उपदफा (१) मा यो ऐन प्रारम्भ भएपछि कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने उल्लेख गरिएको छ। उपदफा (१) विपरीत कसैले कुनै व्यक्तिलाई नियुक्ति गरेमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य स...