Advertisement

अछाम

डोटीमा ईभी गाडी दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

डोटीमा ईभी गाडी दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

Breaking News 1, अछाम, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने २१ जना घाइते भएका छन्। अछामबाट धनगढी आइरहेको सुप–प्र–०१–००१ ख ३९५६ नम्बरको ईभी गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा शनिबार बिहान दुर्घटनाग्रस्त भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिका निवासी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर ६ बालबालिकासहित २१ जना घाइते भएको र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूलाई उपचारका लागि धनगढी पठाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा रहेको ईभी गाडी अनियन्त्रित भई सडकबाट दुर्घटनाग्रस्त भएको बताइएको छ।...
अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७३ वर्षीय वृद्धको मृत्यु

अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७३ वर्षीय वृद्धको मृत्यु

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका तुर्माखाँद गाउँपालिका–३, लकान्द्रका ७३ वर्षीय मनहरे कामीको मृत्यु भएको छ। मंगलबार बिहान कमलबजारस्थित राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा पुगेका कामी कार्यालय परिसरमै अचानक ढलेका थिए। तत्कालै उनलाई नजिकैको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको भए पनि चिकित्सकले साढे १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। स्थानीयका अनुसार कामी कमलबजार नगरपालिका–२, कालापोखरास्थित नगरपालिकाको ग्राउन्डतर्फ जाँदै गर्दा ढलेका थिए। टाढा घर भएकाले आफन्त आइपुगेपछि मात्र बाँकी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। सामाजिक सुरक्षा भत्ता पाउन सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ग्रामीण भेगका ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक वा आर्थिक रूपमा अशक्त व्यक्तिहरूलाई कष्टकर यात्रा र ...
अछाममा करेन्ट लाग्दा १ जनाको मृत्यु, ५ जना घाइते

अछाममा करेन्ट लाग्दा १ जनाको मृत्यु, ५ जना घाइते

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- कृष्णजन्माष्टमीको अवसरमा अछाममा झण्डा गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१, जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक सार्वजनिक स्थलमा नेपालकाे राष्ट्रिय झण्डा गाड्ने क्रममा प्रयोग गरिएको फलामे पाइप माथि रहेको तीन फेजको बिजुली तारमा छुँदा करेन्ट लागेको हो। करेन्ट लागेर मेल्लेख गाउँपालिका–७, नन्देगडाका १६ वर्षीय रोहित साँउद गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको बयालपाटा प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। घाइते हुनेमा बान्निगढी जयगढ–६ का १८ वर्षीय समिर शाह, १७ वर्षीय बिनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६, भाटाकाटियाका १६ वर्षीय शमशेर साँउद रहेका छन्। उनी...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

Breaking News 1, अछाम, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिमा चयन गरेको हो। समितिका संस्थापकमा मिट्ठु कुँवर रहेका छन् भने संरक्षकमा शिवराज तिमिल्सैना चयन भएका छन्। प्रमुख सल्लाहकारमा गणेशराज जोशी रहेका छन् भने सल्लाहकारहरूमा भरत ओली, राजेश्वरी शाही ठकुरी, निर्प बिक, अशोक बोगटी, रमेश धामी र राजु बिष्ट रहेका छन्। नयाँ कार्यसमितिका पदाधिकारीहरू निम्नानुसार छन्: वरिष्ठ उपाध्यक्ष: लोकेन्द्र खड्का महिला उपाध्यक्ष: राजेश्वरी बिक उपाध्यक्ष: बमबहादुर कुँवर महासचिव: विनोद लुहार सचिव: रविन थापा सह–सचिव: पूर्णिमा बोगटी कोषाध्यक्ष: नैन भूल सह–कोषाध्यक्ष: मेनका खड्का त्यसैगरी, सदस्यहरूमा चन्द्र भण्डारी, हिमाल खड्का, निर्प रेग्मी, कृष्ण खड्का, जितेन्द्र कुँवर र ...
अछाममा शिक्षकले प्रश्नपत्र नदिँदा परीक्षा रद्द

अछाममा शिक्षकले प्रश्नपत्र नदिँदा परीक्षा रद्द

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयमा विज्ञान विषयको परीक्षा शिक्षकले प्रश्नपत्र नदिएपछि रद्द गरिएको छ। विद्यालयका विज्ञान शिक्षक दमन बुढाले पाँच महिनादेखि तलब नपाएको भन्दै बिहीबार कक्षा ६ देखि १० सम्म सञ्चालन हुने विज्ञान विषयको त्रैमासिक परीक्षाको प्रश्नपत्र विद्यालयमा बुझाउन अस्वीकार गरेपछि परीक्षा स्थगित भएको हो। विद्यालयका प्रधानाध्यापक श्यामबहादुर धामीका अनुसार बिहान ११ बजेदेखि सञ्चालन हुने भनिएको परीक्षा शिक्षकले प्रश्नपत्र नदिएपछि एक घण्टा ढिलो गरी सामाजिक विषयको परीक्षा सञ्चालन गरिएको थियो। विज्ञान विषयको परीक्षा कहिले हुने भन्ने टुंगो लागेको छैन। विज्ञान विषयको तयारी गरेर विद्यालय पुगेका विद्यार्थीहरू सामाजिक विषयको परीक्षा दिनुपर्दा अन्योलमा परेका थिए।...
मेनका माविकी छात्रा माझीको एसईईमा उत्कृष्ट प्रदर्शन,तुर्माखाँदमा प्रथम  र अछाम जिल्लामा ४ औं स्थान प्राप्त

मेनका माविकी छात्रा माझीको एसईईमा उत्कृष्ट प्रदर्शन,तुर्माखाँदमा प्रथम र अछाम जिल्लामा ४ औं स्थान प्राप्त

Breaking News 1, अछाम, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
अछाम- २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मेनका माध्यमिक विद्यालय, तुल्लाकी छात्रा रेशम कुमारी माझीले उत्कृष्ट प्रदर्शन गर्दै तुर्माखाँद गाउँपालिकामा प्रथम  तथा अछाम जिल्लामा ४"औं  स्थान हासिल गर्न सफल भएकी छन्। उनले कुल ३.८२ जीपीए प्राप्त गरेकी हुन्। रेशम कुमारी माजी गाउँपालिकाभित्र A+ ल्याउने चुनिँदा छात्रामध्ये एक हुन्। उनको यस उत्कृष्ट नतिजाले विद्यालय मात्र होइन, सम्पूर्ण तुर्माखाँद गाउँपालिकाको शैक्षिक गौरव बढाएको छ। विद्यालयका प्रधानाध्यापक दान बहादुर माझीले रेशमको परिश्रम, समर्पण र अनुशासनलाई प्रशंसा गर्दै यस सफलताले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।...
रामारोशन गाउँपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्का खुला, ९ करोडको लागत अनुमान

रामारोशन गाउँपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्का खुला, ९ करोडको लागत अनुमान

Breaking News 1, अछाम, ट्रेन्डिङ, ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
अछाम, अछामको रामारोशन गाउँपालिकाले बहुप्रतीक्षित प्रशासनिक भवन निर्माणको ठेक्का अन्ततः असार २ गते खोलेको छ। झण्डै ९ करोड रुपैयाँ लागत अनुमान गरिएको सो भवन २ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का प्रक्रिया सुरु गरिएको हो। गाउँपालिका स्थापना भएको लामो समय बितिसक्दा पनि हालसम्म स्थायी कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो। अब भने भवन निर्माणका लागि ठोस कदम चालिएसँगै स्थानीय तहमा आधारभूत पूर्वाधार विकासको महत्वपूर्ण चरण सुरु भएको जनाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए अनुसार, “स्थायी संरचना नभएको कारण कार्यालय सञ्चालनमा जटिलता थियो। ठेक्का खोलेसँगै अब काम अघि बढ्नेछ र निर्धारित अवधिभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। यो गाउँपालिकाको सेवा प्रणाली सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हुनेछ।” यस भवनले प्रशासनिक कार्य सञ्चालनमा सहजता ल्याउने म...
विद्युत् लाइन काटिएपछि अछामका बालबालिका सडकबत्तीको उज्यालोमा पढ्न बाध्य

विद्युत् लाइन काटिएपछि अछामका बालबालिका सडकबत्तीको उज्यालोमा पढ्न बाध्य

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना गाउँमा नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि बालबालिकाहरू सडकको सोलार बत्तीको सहारामा पढ्न बाध्य भएका छन्। स्थानीय विद्युत् समितिले ४२ लाख रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेपछि प्राधिकरणले करिब ६६५ घरधुरीको लाइन काटेको हो। स्थानीय स्तरमा विद्युत् व्यवस्थापनका लागि गठन गरिएको समितिले नेपाल विद्युत् प्राधिकरणसँग तीन महिनाको करार सम्झौता गरी वितरण गर्दै आएको थियो। सम्झौता अनुसार ग्राहकले प्रतियुनिट १५ रुपैयाँ तिर्ने, जसमध्ये १२ रुपैयाँ प्राधिकरण र ३ रुपैयाँ समितिका कर्मचारी खर्चमा छुट्याउने सहमति थियो। बत्ती मात्र बाल्ने ग्राहकका लागि भने मासिक २५० रुपैयाँ लिने व्यवस्था गरिएको थियो। तर, प्राधिकरणको टीओडी मिटरमा देखिएको वास्तविक खपतअनुसार महसुल उठ्न नसक्दा समिति घाटामा गयो र बक्यौता ४२ लाख पुगेपछि प्राधिकरणले विद्युत् सेवा बन्द गर्‍यो...
सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

अछाम, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ गरिएको छ।   सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०ले करार र ज्यालादारीमा कर्मचारी राख्ने कार्यलाई कडाइ गरेको हो।   स्थानीय सरकार प्रमुख वा अरू जनप्रतिनिधिले आफ्ना घर–परिवारका सदस्य, आफन्त, आसेपासे, कार्यकर्तालाई मनपरी तरिकाले करारमा कर्मचारी नियुक्त गर्दै आएका छन्। तर, सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनले ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने व्यवस्था गरेको हो। ऐनको दफा १५ को उपदफा (१) मा यो ऐन प्रारम्भ भएपछि कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने उल्लेख गरिएको छ। उपदफा (१) विपरीत कसैले कुनै व्यक्तिलाई नियुक्ति गरेमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य स...
सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, कन्चनपुर, कैलाली, खेलकुद, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी - एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ।   सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन्।   यस्तै वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, धु्रव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन्। हालै सम्पन्न प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई टोलीमा समोवश गरिएको हो। प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भए...
अब धनगढीबाट बझाङ र अछाम उडान, कति छ भाडा ?

अब धनगढीबाट बझाङ र अछाम उडान, कति छ भाडा ?

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीको धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा पुनः उडान सुचारू हुने भएको छ । समिट एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान गर्ने भएको हो । साताको दुई दिन अछामको साँफेबगर विमानस्थल र बझाङको देवल विमानस्थलमा धनगढीबाट उडान भर्ने समिट एयरले जनाएकाे छ । जेठ १९ गतेदेखि उडान सुरु गर्ने जनाइएको छ । समिट एयरका प्रतिनिधि आभाश शाहले प्रत्येक सोमबार सोमबार धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे–नेपालगञ्ज तथा बिहीबार धनगढी–साँफे–धनगढी र धनगढी–बझाङ नेपालगञ्ज उडान हुने जानकारी दिए । उनका अनुसार धनगढी–बझाङको भाडा छ हजार पाँच सय तथा धनगढी–साँफेको भाडा चार हजार पाँच सय निर्धारण गरिएको छ । एयर फास्ट कार्गो सर्भिससंगको सहकार्यमा समिट एयरले पहाडी जिल्लामा उडान भर्ने तयारी थालेको हो ।...
एमाले अछामको नेतृत्व निर्विरोध चयन,अध्यक्षमा उपाध्याय

एमाले अछामको नेतृत्व निर्विरोध चयन,अध्यक्षमा उपाध्याय

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम : नेकपा एमालेको अछाम जिल्ला अध्यक्षमा शिव प्रसाद उपाध्याय चयन भएका छन्। नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष सहितको पुरै कार्यसमिति निर्विरो चयन भएको हो। जिल्ला कमिटी अध्यक्षका लागि उपाध्यायसँगै निर्वतमान अध्यक्ष चन्द्र बोहरा र बम बीसी अन्तिम समयसम्म आकांक्षी थिए। बोहरा र बीसीले चुनावमार्फत टुंगो लगाउन निर्वाचन समिति र नेताहरुलाई घच्घच्याइरहेका थिए। तर अध्यक्ष मण्डलले चुनावमा नजाने र सहमतिबाटै टुंग्याउने अडान राखेपछि सबै सर्वसम्मत चयन भएका हुन्। जिल्ला उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्य भट्टराई, उपसचिवमा टोपबहादुर शाही र गौमती शाही सर्वसम्मत निर्वाचित भएका छन्। ८५ जना जिल्ला कमिटी सदस्य र सात जना लेखा समितिका पदाधिकारीहरुसमेत सर्वसम्मत निर्वाचित भएका छन्। एमाले अछामको अधिवेशन बैशाख १३ गतेबाट शुरु भएको  थियो।जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरा,केन्द्रीय सदस्य यज्ञ बोगटी, क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज