घाइते प्रहरी अनिल रावलका लागि सहयोग जुट्दै : थ्री स्टार इंग्लिस बोर्डिङ स्कुलबाट नगद र निःशुल्क शिक्षाको प्रतिबद्धता
धनगढी - कैलालीको कैलारी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका प्रहरी जवान अनिल रावलको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। बझाङको मष्टा गाउँपालिका- १ घर भएका रावल हाल निसर्ग हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचाररत छन्। गत चैत ११ गते ड्युटी सकेर घर फर्कने क्रममा भएको दुर्घटनापछि उनी गम्भीर घाइते भएका हुन् र उनको स्वास्थ्य अवस्था अझै जटिल रहेको चिकित्सकहरूले बताएका छन्।
यसैबीच, थ्री स्टार इंग्लिस बोर्डिङ स्कुल का संस्थापक गोपाल शर्मा तथा संचालक मिरा आचार्य ले रावलको उपचारका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। साथै, उनले रावलका एक छोरालाई कक्षा १० सम्म विद्यालयमा लाग्ने सम्पूर्ण शैक्षिक खर्च निःशुल्क व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि रावलको जीवन बचाउन विद्यार्थीहरूले समेत मानवीय संवेदनशीलता देखाउँदै आर्थिक सहयोग गरेका थिए। देशको सुरक्षाम...











