Advertisement
Thursday, May 22

डडेल्धुरा

राज्यमन्त्री खड्काले डडेल्धुरामा रिफ्रेस सेन्टर उद्घाटन, सडक सुरक्षामा नयाँ मोड

राज्यमन्त्री खड्काले डडेल्धुरामा रिफ्रेस सेन्टर उद्घाटन, सडक सुरक्षामा नयाँ मोड

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा निर्माण गरिएको ‘रिफ्रेस सेन्टर’ आइतबार औपचारिक रूपमा उद्घाटन गरेकी छन्। यह केन्द्र सवारी चालक, सहचालक र यात्रुहरूको सुविधाका लागि बनाइएको हो, र यसले प्रदेशका सात पहाडी जिल्लामा सवारी आवतजावतको प्रमुख प्रवेशद्वारको रूपमा कार्य गर्ने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले शान्ति सुरक्षा सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्। उनले सुदूरपश्चिममा फैलिँदो लागुऔषध दुव्र्यसनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्थानीय तहहरूलाई अझ बढी जिम्मेवार र सक्रिय बन्न आग्रह गरिन्। उक्त अवसरमा मन्त्री खड्काले जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई लागुऔषध परीक्षणका लागि १०० थान चेकजाँच किट हस्तान्तरण गरिन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्र...
हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा: धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको हुलाक डाँडामा अमरगढी नगरपालिकाले २०७९ मंसिर १० गतेदेखि फोहोर जलाउँदै आएको छ। नगर प्रमुख डिलीराज जोशी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय नेतृत्वको पालिकाले पटक–पटक ताकेता गर्दा पनि समस्या समाधान नगरेको स्थानीयको गुनासो छ। हुलाक डाँडा गोरखा भर्ती पदमार्ग, धार्मिक स्थल तथा पर्यटक आकर्षणको केन्द्र भएकाले वातावरणीय र सामाजिक दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। तर, त्यही ठाउँमा फोहोर जलाउँदा प्रदूषण, जनस्वास्थ्यमा असर र आगलागीको खतरा बढिरहेको छ। नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वैकल्पिक स्थानमा जमिन खरिद गरिसकेको भए पनि हालसम्म त्यसको प्रयोग नगरी पुरानै स्थानमा फोहोर जलाउँदै आएको छ। यसबाट नगरपालिकाको उदासीनता र गैरजिम्मेवारपन झल्किएको छ। स्थानीय बासिन्दाहरूले मेयर डिलीराज जोशीलाई अघिल्लो निर्वाचनमा असहयोग गरेको भन्दै...
वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

Breaking News 1, Breaking News 2, Breaking News 3, डडेल्धुरा, ताजा अपडेट, राजनीति, सुदूरपश्चिम
डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) काे  मान बहादुर महताको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा नवराज भट्टर्राई, उपाध्यक्ष मनिषा डागी, सचिवमा अम्मर धामी, कोषाध्यक्षमा टेक बहादुर ऐर चयन भएका छन्। अधिवेशनको उद्घाटनमा योङ कम्युनिस्ट लिग केन्द्रीय उपाध्यक्ष मिङमा डन्डु सेर्पा प्रमुख अतिथी रहेका थिए भने नेकपा माओवादी केन्द्र डडेल्धुराका जिल्ला संयोजक उमेश प्रसाद भट्ट विकास र वाइसेलका केन्द्रीय सचिव नवराज ऐर विशिष्ट अतिथी रहेका थिए ।...
डडेल्धुराको अमरगढीमा सडक बत्ती बिग्रिँदा अन्धकार, सुरक्षा जोखिम बढ्दो

डडेल्धुराको अमरगढीमा सडक बत्ती बिग्रिँदा अन्धकार, सुरक्षा जोखिम बढ्दो

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकामा अधिकांश सौर्य सडक बत्ती बिग्रिएपछि साँझपख सडक र बजार क्षेत्रमा अन्धकार छाउने गरेको छ। २०७४ सालमा १ लाख रुपैयाँ खर्चमा जडान गरिएका १२३ वटा सौर्य बत्तीमध्ये अधिकांश बिग्रिएका हुन्। मर्मत नहुँदा सर्वसाधारण, विद्यार्थी र व्यवसायीहरू प्रभावित छन्। बत्ती नहुँदा हिँडडुल, चोरी तथा डकैतीको जोखिम बढेको स्थानीयको गुनासो छ। प्रहरीका अनुसार अन्धकारले सुरक्षा चुनौती थपेको छ। विद्यार्थी सबिन भट्टराईले बिहान कलेज जाँदा मोबाइलको टर्च बाल्नुपरेको बताए। नगरपालिकाले बजेट अभावका कारण मर्मत गर्न नसकेको जनाएको छ। इन्जिनियर कविन्द्र भट्टका अनुसार बत्ती मर्मतमा करिब १० लाख लाग्नेछ। विगतमा संघीय सरकारबाट बजेट आउँथे, तर अहिले नआएकोले काम रोकिएको हो। सर्भे भइरहेको र बजेट आएपछि मर्मत थालिने जनाइएको छ।...
बाजुराको झुगोलामा निर्माणाधीन पुलको कार्य तीन वर्षको अवधिमा ३० प्रतिशत मात्रै

बाजुराको झुगोलामा निर्माणाधीन पुलको कार्य तीन वर्षको अवधिमा ३० प्रतिशत मात्रै

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बाजुरा- बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका बिचमा पर्ने कर्णाली नदीको झुगोलामा निर्माणाधीन पुलको ३० प्रतिशत मात्र काम भएको छ। उक्त पुल निर्माण कार्य तीन वर्षको अवधिमा जम्मा ३० प्रतिशत मात्र काम भएको हो । सो पुल निर्माणका लागि कुशेश्वर कन्ट्रक्सन प्रालिले २०८१ साल मंसिरमा काम सम्पन्न गर्ने गरी २०७९ मंसिरमा ठेक्का सम्झौता भएको थियोे । सम्झौता भए अनुसार सो कम्पनीले त्यस ठाउँमा एक सय पाँच मिटर लम्बाई पक्की पुल निर्माण गर्नुपर्ने हो। त्यसका लागि सो कम्पनीले १४ करोड ४९ लाख रुपीयाँमा सम्झौता गरेको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ। बाजुरा र मुगुलाई जोड्ने गरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले रकम विनियोजन गरेको थियो। यो पुल निर्माण भएपछि यहाँको बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने भएका छन्। यो योजना प्रदेश सरकारबाट आएकोले ...
हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो- काँग्रेस सभापती देउवा

हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो- काँग्रेस सभापती देउवा

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा, १७ चैत- नेपाली कांग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल हिन्दु धर्म हिन्दु संस्कृती मान्ने राष्ट्र भएको बताएका छन । डडेल्धुरा–डोटी जिल्लाको संगमस्थल सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणी गहनान धाममा आइतबार श्रीमद भागवत महायज्ञको उद्घाटन गर्दै उनले हिन्दु परम्परालाई मान्ने नेपालीको परम्परा रहेको बताए । “हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो“, उनले भने, “गाई लाई पूजा गर्ने देश हो । गौ हत्या गर्न पाइँदैन । कडा कानुन छ । यसलाई अझै कडाईका साथ लागु गर्ने छौं ।“ माघे सङ्क्रान्तिका दिन स्नान गर्नेको घुुइँचो लाग्ने गहनान धाम मशान पनि हो । यस क्षेत्रको ठुलो मसान भएको उल्लेख गर्दे सभापती देउवाले यो अत्यन्तै महत्त्वपूर्ण ठाउँ भएको बताए । “हाम्रो बाजे पूर्खाहरूको चिहान हो“, उनले भने, “उहाँहरूलाई यही जलाएको हो । यहा दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालब...
डडेल्धुरामा जिपबाट खसेर महिलाको मृत्यु

डडेल्धुरामा जिपबाट खसेर महिलाको मृत्यु

Breaking News 2, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका-८ की २६ वर्षीया निर्मला भूलको सोही वडाको डकलेमा जिपबाट खस्दा आइतबार मृत्यु भएको हो । जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी निर्मलाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका-५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको जनाएको छ ।...
खसीको मासु भन्दै बाख्राको मासु बेच्ने डडेल्धुराका मानबहादुर पक्राउ

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने डडेल्धुराका मानबहादुर पक्राउ

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- खसीको मासु भन्दै बाख्राको मासु बेच्ने  डडेल्धुराका १ जना पक्राउ परेका छन्। जिल्लाको अजयमेरु गाउँपालिका- २ घर भई हाल अमरगढी नगरपालिका-५ तुफानडाँडा बसेर व्यवसाय गर्दै आएका ४५ वर्षीय मानबहादुर बोहरा उक्त आरोपमा पक्राउ परेका हुन्। बोहराले तुफानडाँडामा एमबी मासु पसल सञ्चालन गर्दै आएका थिए। उनले बाख्रा काटिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो। उनको पसलबाट ३१ दशमलब २२० किलोग्राम तौल भएको बाख्रा काटिरहेको अवस्थामा फेला पारेर बाख्रासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए। इन्सपेक्टर बमका अनुसार बोहरालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...
लाटा गन्याप : सुदूरपश्चिमको ऐतिहासिक धार्मिक धरोहर

लाटा गन्याप : सुदूरपश्चिमको ऐतिहासिक धार्मिक धरोहर

डडेल्धुरा, ताजा अपडेट, विचार, सुदूरपश्चिम
डडेल्धुरा– सुदूरपश्चिम प्रदेशलाई राज्यले पिछडिएको दुर्गम क्षेत्रका रूपमा हेरे पनि यस क्षेत्रका धार्मिक स्थलहरूले पहिचानलाई बलियो बनाउँदै आएका छन्। तीमध्ये लाटा गन्याप एक महत्वपूर्ण धार्मिक धरोहर हो, जसले सुदूरपश्चिमकै संस्कृति, परम्परा, र आस्थालाई जोगाइराखेको छ। डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका-२, बडाल बजार नजिकैको बडाल थलामा अवस्थित यो मन्दिर धार्मिक र ऐतिहासिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ। विशेष गरी कार्तिक शुक्ल द्वादशीका दिन यहाँ ठूलो मेला लाग्ने गर्छ, जसलाई ‘बडाल जात’ भनिन्छ। बडाल जात : सुदूरपश्चिमकै प्रसिद्ध सांस्कृतिक पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीको रातिदेखि द्वादशीसम्म यहाँ प्रदेशकै ठूलो मेला लाग्ने गर्छ। यस अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूबाट हजारौँ भक्तजनहरू दर्शन गर्न आउँछन्। बडाल जातको मुख्य आकर्षण भनेको चौलो खेल्ने परम्परा हो। स्थानीय बा...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

Breaking News 1, डडेल्धुरा, मुख्य समाचार, सुदूरपश्चिम
डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ वटा सेतो गिद्ध विचरण गरेको देखिएका हुन् । यस ठाउँमा  पहिले ठुला – ठुला सिमलका रुख थिए । यहाँ थुप्रै पटक पहिले पनि गिद्ध बस्ने गर्ने गरेको सुनिन आएको छ । वडाध्यक्ष खगेन्द्र सिंह ठकुरीले भने । सिमललाई गिद्धहरुको मुख्य बासस्थानको रुपमा लिने गरिन्छ । पछिल्लो समय महाकाली नदि र रंगुन नदिले सिमल खेत क्षेत्रमा ठुलो कटान गरे पछि सिमलका रुखहरु बगाएर लगेको र त्यस यता गिद्ध पनि देखिन छोडेको स्थानियहरुको भनाई छ । यस पटक भने आज पहिलो चोटी एकै साथ ४ गिद्ध देखा परेको वडा अध्यक्ष सिंहले बताउनु भयो । विश्वमा २३ प्रजातिका गिद्ध पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाति । ती मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाईन्छन् । एउटै सिनो र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग ग...
डडेल्धुरामा आमाको काज किरिया गर्दै छोरीहरू

डडेल्धुरामा आमाको काज किरिया गर्दै छोरीहरू

Breaking News 1, डडेल्धुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डडेलधुरामा छोरीहरू आमाको किरिया बसेका छन् । जिल्लाको परशुराम नगरपालिका–६, तातापानी माइतीघर भएका रोहिता कठायत, दुरा थापा र मानमती कार्की आमाको किरिया बसेका हुन् । आमा राधादेवी खड्काको १ चैतमा मृत्यु भएपछि उनीहरू किरिया बसेका पाइएको छ । उनीहरूका ७९ वर्षीय बुबा खड्क सिंह अपाङ्गता भएका व्यक्ति हुन् भने परिवारमा दाजुभाइ छैनन्। आमाको मृत्युले विक्षिप्त भएका उनीहरू आमाको शव बोकेर घाटसम्म पुग्न नसके पनि अहिले काज किरियाका सबै परम्परा निभाइरहेका छन् । चार दिदीबहिनीमा कान्छी रहेकी रोहिताका अनुसार मृत्युअघि नै राधादेवीले छोरीलाई किरिया गरिदिनु भनेकी थिइन् । ‘चारै जना दिदीबहिनी किरिया बस्न तयार थियौँ,’ उनले भनिन्, ‘जेठी दिदी बिर्मा बडुवाल महिनावारी भएपछि किरियामा बस्न पाउनुभएन । हामी तीन दिदीबहिनी किरियामा बसेका छौँ । बाजे भाइतर्फका एक जना दाइ पनि किरिया बस्नुभएको छ । हिन्दू परम्परामा छ...
डडेल्धुरामा सहकारीबाट ११ लाख बढी चोरेको आरोपमा अध्यक्ष सहित ५ जना पक्राउ

डडेल्धुरामा सहकारीबाट ११ लाख बढी चोरेको आरोपमा अध्यक्ष सहित ५ जना पक्राउ

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डडेल्धुराको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम चोरी गरेको आरोपमा अध्यक्ष सहित ५ जना पक्राउ परेका छन् । सहकारीबाट रकम चोरी भएको एक वर्षपछि प्रहरीले अध्यक्ष बिरेन्द्र बिष्ट सहित पाँच जनालाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा सहकारीका प्रबन्धक हरिशप्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्ट लगायत अन्य सहकारीसँग आबद्ध व्यक्तिहरू पनि रहेका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा उनीहरूको संलग्नता देखिएकोले थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए गत चैत २३ मा परशुराम नगरपालिका–४ कटालस्थित उक्त सहकारीको कार्यालयबाट ११ लाख १३ हजार चोरी भएको थियो । कार्यालयको पछाडिको ढोका खोलेर नगद राखिएको लकर फुटाइ रकम चोरी भएको थियो। सीसीटीभी फुटेजको आधारमा अनुसन्धान जारी राखिएको थियो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज