डडेल्धुरामा जातीय भेदभाव मुद्दाका फरार प्रतिवादी पक्राउ
डडेल्धुरा- डडेल्धुराबाट जातीय विभेद तथा भेदभाव मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुराको फैसलाअनुसार २ महिना १४ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका भागेश्वर गाउँपालिका–४ का ४२ वर्षीय लालसिंह भाट बुधबार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले भाटलाई उनकै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।...












