
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । वि.स.२०६५ सालमा निर्माण गरेको १६ किलोवाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट गोइचनका करिब २०० परिवार लाभान्वित हुँदै आएका थिए ।
उक्त जलविद्युत आयोजना निर्माणमा गरिबी निवारण कोष र सप्रोज नेपाल र एन्साप नेपाल संस्थाको २७ लाख लगानी रहेको र बाकी स्थानियले जनश्रमदान गर्नुभएको थियो ।
तीन वर्षअघि आएको बाढीका कारण आयोजनामा प्रयोग हुने मेसिनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो । आर्थिक अभाव तथा मर्मत सामग्री अभावका कारण विद्युत पुनः सञ्चालनमा आउन सकेको छैन । विद्युत बन्द भएपछि दैनिकी निकै कष्टकर बनेको स्थानीय बिर्ख बोहराले बताउनुभयो ।
“अन्धकारमा रात बिताउनु त सामान्य भयो, मोबाइल चार्ज गर्न, विद्यार्थीले पढ्न, घरायसी काम गर्न पनि समस...