Advertisement

बझाङ

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्। ओडले जनचेतना प्राथमिक विद्यालय, मल्चिरमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेका हुन् । उनलेे जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेको बताए। शिक्षाको प्रवर्द्धन र बालबालिकाको अध्ययनप्रति उत्साह अभिवृद्धि गर्न उक्त सहयोग प्रदान गरेको उनको भनाइ छ। झोला वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राई भान ओखेडा, बित्थडचिर गाउँपालिका–६ का वडाध्यक्ष हरिश खड्का, विद्यालयका शिक्षक तथा कर्मचारी, बित्थडचिर गाउँपालिका–९ निवासी प्रकाश विकलगायत स्थानीय अभिभावक, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी व्यक्ति...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फत् पालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित ६२ करोड १६ लाख ३ हजारको बजेट प्रस्तुत गरेको हो । अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानतर्फ ११ करोड ६५ लाख, सशर्त अनुदानतर्फ ३१ करोड १४ लाख, राजस्व बाँडफाँड तर्फ ९ करोड ३२ लाख ९ हजार , विशेष अनुदान १८ करोड ८० लाख र समपूरक अनुदान तर्फको ६० लाख रुपैयाँको अनुमानित आय प्रस्तुत गरिन् । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड ११ लाख २४ हजार, शशर्त अनुदान ४ करोड , समपूरक अनुदान ९२ लाख ८ हजार विशेष अनुदान ६६ लाख ५० हजार र राजस्व बाँडफाँड तर्फ २७ लाख ६२ हजार रुपैयाँ अनुमान गरिएको छ। यस्तै आन्तरिक स्रोत अनुमानित ६७ लाख ५० हजार ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थानीय स्रोत साधनको उपयोगलाई प्रवर्द्धन गर्न ७ दिने दुना, टपरी सीप विकास तालिम प्रदान गरिएको हो । वडाका २६ जना महिलालाई स्थानीय स्तरमै उपलब्ध मालु र चुउराको पात प्रयोग गरी दुना, टपरी निर्माण गर्ने व्यावहारिक सीप प्रदान गरिएको छ । सहभागीहरूले दुना, टपरी निर्माण प्रक्रिया, उत्पादनको गुणस्तर व्यवस्थापन, बजारीकरणका उपाय तथा आयआर्जनका सम्भावनाबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका छन् । स्थानीय सीप र उत्पादनको प्रोत्साहन गरौँ भन्ने मूल नारासहित सञ्चालन गरिएको तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। दुना, टपरी उत्पादनलाई भविष्यमा उद्योगका रूपमा विकास गर्ने तयारी रहेको गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष हरिश...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएराति करिब २ः३० बजेतिर विद्युत् तार सर्ट भई आगलागी भएको हो। आगलागीबाट उत्तम खातीले सञ्चालन गरेको कुले कालिका किराना पसल र मुकेश कठायतले सञ्चालन गरेको महेश किराना पसल पूर्णरूपमा ध्वस्त भएका छन्। आगलागीका कारण दुवै पसलभित्र रहेका खाद्यान्न, तथा अन्य व्यापारिक सामग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन्। कुले कालिका किराना पसलका सञ्चालक उत्तम खातीले आफू राति सुतिरहेको अवस्थामा एक्कासि आगलागी भएको थाहा पाएको बताए। “आगोले पसल घेरेको देखेपछि ज्यान जोगाउन मात्र सफल भएँ, तर पसलभित्र रहेका सामान बचाउन सकिनँ,” उनले दुःख व्यक्त गर्दै भने। खातीका अनुसार आगलागीबाट आफ्नो पसलमा मात्रै १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। यस्तै मुकेश कठायतले सञ्चालन गरेको महेश किराना पसल पनि ...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरणका लागि द्रुत कार्य (रेस नेपाल) बझाङको आयोजनामा तालिम सञ्चालन भइरहेको हो। महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्न तालिमको आयोजना गरिएको जनाइएको छ । असार १ गतेदेखि सुरु भएको तालिम असार ७ गतेसम्म सञ्चालन हुने रेस नेपालकी अध्यक्ष निशा धामीले जानकारी दिइन्। उनका अनुसार महिलाहरूलाई व्यवहारिक सीप प्रदान गर्दै स्वरोजगार तथा उद्यमशीलतामा जोड्न तालिम आयोजना गरिएको हो। तालिममा सहभागी महिलाहरूलाई डल कुसन निर्माण गर्ने विधि, उत्पादनको गुणस्तर व्यवस्थापन, बजारीकरण तथा आयआर्जनका सम्भावनाबारे व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिँदैछ। गाउँपालिकाभित्रका ८ जना महिलाको सहभागिता रहेको उक्त तालिमको सहजीकरण प्रशिक्षक सुष्मा ओझा जैशीले गरिरहेकी छन्। यससँगै...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। विद्यालय र बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बित्थडचिर-२ को समन्वयमा सदनात्मक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता, सामान्य ज्ञान, तर्कशक्ति तथा प्रतिस्पर्धात्मक भावनाको विकासमा टेवा पुग्ने सहकारीका प्रवन्धक किशोर बोहराले बताए । कार्यक्रममा विभिन्न सदनका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सहकारी संस्थाको तर्फबाट शैक्षिक सामग्री प्रदान गरी पुरस्कृत गरिएको थियो। विद्यालय प्रशासनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई थप प्रभावकारी बनाउने तथा आत्मविश्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। जेठ २२ गते मौलालिका बालक सुमित बोहरामाथि विद्यालय परिसरभित्र सिस्नोपानी लगाई कुटपिट गरी शारीरिक तथा मानसिक पीडा दिएको आरोपमा मोडल एलाइन्स बोर्डिङ स्कुलका शिक्षक धनराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीलाई घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरी टोलीले जोशीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार विद्यालयको हाताभित्र अध्ययनरत विद्यार्थीमाथि शारीरिक तथा मानसिक पीडा दिने गरि सिस्नोपानी लगाई कुटपिट गरिएको भन्ने सूचनाको आधारमा अनुसन्धान अघि बढाइएको हो। घटनाको यथार्थता, संलग्नता र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझा...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा स्थित युपि ओजेना बस्तीवासीमा खानेपानीको सहज पहुँच सुनिश्चित गर्न वडा कार्यालयले खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरेको हो । उक्त टोलमा सौर्य ऊर्जामार्फत लिफ्टिङ प्रणालीबाट खानेपानी आपूर्ति हुँदै आएको छ। घाम लागेको समयमा पर्याप्त पानी उपलब्ध भए पनि बादल लाग्दा सौर्य ऊर्जाको क्षमता घट्ने र पानी आपूर्ति बन्द हुने समस्या स्थानीयले लामो समयदेखि भोग्दै आएका थिए। सोही समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले स्थानीयलाई पानी संकलन गरी आवश्यक समयमा प्रयोग गर्न मिल्नेगरि ५ सय लिटरको २० वटा ड्राम वितरण गरेको छ । टोलबासीले सुरक्षित तथा स्वच्छ खानेपानी संकलन गरी प्रयोग गर्न सकून् भन्दै ड्राम वितरण गरिएको वडाध्यक्ष हरिश खड्काका बताउनुभयो । सौर्य ऊर्जामा आधारित...
बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति
धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवारीबाट राजीनामा दिएका छन्। बिहीबार सार्वजनिक गरेको लामो राजीनामा पत्रमार्फत थापाले पार्टीको वैचारिक दिशा, कार्यनीति तथा निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै राजीनामा दिएको जानकारी दिएका हुन्। उनले पछिल्लो समय पार्टीका केन्द्रीय समितिका बैठकबाट पारित कार्यनीति तथा निर्णयहरूमा देखिएको अस्पष्टता, वैचारिक विचलन र आत्मरतिमा आधारित निर्णय प्रक्रियाले आफूलाई गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेका छन्। थापाले पार्टीभित्र विभिन्न जिम्मेवारी निर्वाह गर्दै जिल्ला पार्टी सचिवालय सदस्य, विभिन्न मोर्चाका तीन जिल्लाको इन्चार्ज, केन्द्रीय सचिवालय सदस्य तथा अखिल (समाजवादी) राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यसम्मको भूमिका निभाएका थिए। राजीनामा पत्रमा उनले आफू पार्टीबाट अलग भए ...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एडभान्स तालिम दिइरहेको  छ । गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत महिलाहरूलाई एक महिने तालिम सञ्चालन गरिएको हो । यसअघि आधारभूत सीप तालिम लिइसकेका सहभागीहरूलाई व्यवहारिक तथा सैद्धान्तिक ज्ञानसँगै उन्नत सीप सिकाउन एडभान्स तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय स्रोत र साधनको प्रयोगमार्फत स्वरोजगार सिर्जना गर्ने तथा घरेलु उत्पादनलाई व्यवसायिक बनाउन तालिम सञ्चालन गरिएको उद्यम विकास शाखा प्रमुख नरेश बहादुर जेठाराले जानकारी दिए । पहिलो चरणमा आधारभूत सीप सिकेका सहभागीलाई अब उत्पादनको गुणस्तर, डिजाइन, बजारीकरण तथा आधुनिक प्रविधिबारे थप ज्ञान दिइँदैछ उनले भने,,। तालिममा अल्लो तथा भाङ्गो प्रशोधन, धा...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापारी कृषक समूहको संयुक्त लगानीमा प्लास्टिक टनेल निर्माण गरिएको हो । विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सिकाइ प्रदान गर्न करिब ५० हजार रुपैयाँ बराबरको लागतमा टनेलले निर्माण गरिएको विद्यालय प्रधानाध्यापक ग‍ोकुल बोहराले कामना टुडेलाई जानकारी दिए । उनलेे भने टनेलमार्फत विद्यालय परिसरमै तरकारी खेती सुरु गरिनेछ, जसले विद्यार्थीलाई तरकारी उत्पादन सम्बन्धी ज्ञान, सीप तथा व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने छ । विद्यालयमा उत्पादन हुने तरकारी दिवा खाजाका लागि समेत उपयोग गरिने भएकाले यस कार्यक्रमले विद्यार्थीको पोषणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । टनेलले विद्यालयमा व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै कृषिसँग जोडिएको सिकाइलाई प्रभावकारी बनाउने छ ।...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा सञ्चालन गरिएको तालिम शनिबार वडा कार्यालय टुडिखेलमा सम्पन्न भएको हो । स्थानीय स्तरमै उपलब्ध कच्चापदार्थको प्रयोगमार्फत नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा सिस्नु संकलन, व्यवस्थापन, पाउडर बनाउने विधि तथा प्याकेजिङ्ग सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । वडाभरिका १९ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक लोकराज पन्त ले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा ले सिकेको सीपलाई व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गरेका थिए । विभिन्न समयमा सञ्चालन गरिएका तालिमबाट अपेक्षाअनुसार उपलब्धि नदेखिएको उल्लेख गर्दै उनले सी...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज