
प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम
कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियान अन्तर्गत बुधबार बिहानैदेखि कञ्चनपुरमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । एकाबिहानै अध्यक्ष प्रचण्ड सहित नेता-कार्यकर्ताहरू बिहानी पैदलयात्रा (मर्निङ वाक) मा हुनुहुन्छ । त्यसलगत्तै पुनर्वासमा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको प्रचण्ड सचिवालयले जनाएको छ । बिहान ९ बजे बेलौरीस्थित रामनगर खानेपानी आयोजना उद्घाटन कार्यक्रम रहेको छ । त्यसपछि बेलौरीको शोभातालस्थित सहिद स्मारकमा माल्यार्पण र शोभाताल क्षेत्रको अवलोकन गरिने बताइएको छ ।
बिहान १०:१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभाहलमा विशेष स्वागत तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने भनिएको छ । त्यसलगत्तै कलकत्ता हाटबजारको अवल...