दलले २७ गतेसम्म त्रुटि सच्याएर पठाउन पत्राचार गरेको छ । त्यसैगरी आयोगले फागुन २१ को निर्वाचनका लागि ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृति र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका द्वितिय श्रेणिका अधिकृतलाई निर्वाचन अधिकृत तोकेको छ ।
निर्वाचन आयोगले संवैधानिक आयोगका प्रमुखहरूसँग छलफल गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउन आयोगले आइतबार संवैधानिक आयोगहरूसँग छलफल गरेको हो । निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन संवैधानिक आयोगहरूको सक्रिय सहयोगको आवश्यकता महसुस गरेर छलफलमा बोलाएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले बताउनुभयो ।
मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायलाई निर्वाचनमा सक्रिय सहभागिता गराउन मुस्लिम आयोगले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । मुस्लिम समुदायलाई निर्वाचनबारे सचेत गराउन मस्जिद र जुमाको नमाजलाई माध्यम बनाइने उहाँको भनाइ छ ।
आयोगसँगको छलफलका क्रममा संवैधानिक आयोगहरूले आ-आफ्नो क्षेत्रबाट निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । आयोगहरुले निर्वाचनको आयोगसँग समन्वय गरेर निर्वाचनको अनुगमन गर्ने विषयमा समेत छलफल भएको थियो ।

