Advertisement

मनोरञ्जन

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, विचार
बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्षेत्रको सुधार, स्रोत–साधनको प्रभावकारी उपयोग र गुणस्तरीय शिक्षाको लक्ष्यलाई कसैले पनि अस्वीकार गर्न सक्दैन। तर यस्ता निर्णय कहिले, कसरी र कुन आधारमा कार्यान्वयन गरिन्छ भन्ने कुरा झन् महत्वपूर्ण हुन्छ। विद्यालय समायोजन वा दरबन्दी व्यवस्थापन जस्ता विषयहरू नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै आवश्यक अध्ययन, सरोकारवालासँगको परामर्श र स्पष्ट योजनासहित कार्यान्वयन गरिनुपर्छ। तर शैक्षिक सत्र सुरु भइसकेपछि, विद्यार्थी भर्ना प्रक्रिया सम्पन्न भइसकेपछि र करिब दुई महिना पठनपाठन सञ्चालन भइसकेको अवस्थामा यस्ता निर्णयहरू अघि बढाइनु उचित देखिँदैन। हाल सबै विद्यालयहरूले विद्यार्थी भर्ना गरिसकेका छन्। अभिभावकहरूले आफ्ना बालबालिकाका लागि पोशाक, टाई, बेल्ट, परिचयपत्र, स्टेशनरी तथा ...
निर्वाचन आचारसंहिता र सञ्चार माध्यमको भूमिका

निर्वाचन आचारसंहिता र सञ्चार माध्यमको भूमिका

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, राजनीति, विचार
नेपालमा लोकतन्त्रको सबल अभ्यासका लागि निष्पक्ष, पारदर्शी र मर्यादित निर्वाचन अनिवार्य सर्त हो। यही उद्देश्यका लागि निर्वाचन आयोग ले प्रत्येक निर्वाचनअघि आचारसंहिता जारी गर्ने गर्दछ। निर्वाचन आचारसंहिता केवल राजनीतिक दल र उम्मेदवारका लागि मात्र होइन, सञ्चार माध्यम, सार्वजनिक पदाधिकारी, कर्मचारी, सुरक्षा निकाय र आम नागरिक सबैका लागि मार्गदर्शक दस्तावेज हो। आचारसंहिताको मूल उद्देश्य निर्वाचन आचारसंहिताको मुख्य उद्देश्य निर्वाचन प्रक्रियालाई स्वच्छ, स्वतन्त्र र भयमुक्त बनाउनु हो। यसले चुनावी प्रचार–प्रसारलाई मर्यादित र तथ्यपरक बनाउन, राज्य स्रोत–साधनको दुरुपयोग रोक्न तथा मतदातालाई प्रभाव पार्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न स्पष्ट मापदण्ड तोकेको हुन्छ। सञ्चार माध्यमको जिम्मेवारी सञ्चार क्षेत्र लोकतन्त्रको चौथो अंग मानिन्छ। विशेषगरी टेलिभिजनजस्ता प्रभावशाली माध्यमले जनमत निर्माणमा ठूलो भू...
अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कैलाली, खेलकुद, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालन गरिएको हाजिरी जवाफ प्रतियोगिता भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। क्याम्पस कमिटी अध्यक्ष क. पुष्पराज राना (विप्लप) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य क. किशोर शाहको उपस्थिति रहेको थियो। कार्यक्रममा अनेरास्ववियु सुदूरपश्चिम प्रदेश सह–संयोजक क. यमराज जोशी, कैलाली जिल्ला कमिटी अध्यक्ष क. कुबेर खड्का, प्रदेश कमिटी सदस्य दिपेन भट्ट, दीपकराज जोशी, पुजा शाह, स्ववियु प्रतिनिधि तथा विभिन्न मित्र संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा क्याम्पसका विभिन्न संकायबाट गरी जम्मा २४ टिमको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा वन विज्ञान (BSc Forestry) समूह प्रथम स्थान हासिल गर्न सफल भ...
बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

Breaking News 1, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका-१ स्थित गर्जेपानी माध्यमिक विद्यालय रायलमा आज सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो । “बझाङको साहित्य, भाषा, संस्कृति र सिर्जनशील प्रतिभालाई पहिचान, संरक्षण र प्रवर्द्धन गर्दै साहित्यलाई समाज विकास र सांस्कृतिक पहिचानसँग जोड्न समाजले शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमबाट सुदूरपश्चिमाञ्चल साहित्य समाज बझाङ शाखा बिस्तार गरिएको छ । साहित्यकार पूर्णबहादुर मल्लको संयोजकत्वमा ११ सदस्यीय शाखा बिस्तार गरिएको हो । समिति सचिवमा शैलेन्द्र बहादुर सिंह,सदस्यमा विकास थापा (युनिक विवेक) गोकुल जोशी, मीना मल्ल, दिप सुस्केरा (दिपक बोहरा ) , मुकेश खाती, वीर विकल धामी ,लख्खु सिंह ,नरबहादुर भण्डारी...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्ने मूल नारासहित अधिवेशनको उद्घाटन भएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्ने मूल नारासहित मिति २०८२ साल मंसिर २२ गते बझाङमा अधिवेशनको भव्य उद्घाटन गरिएको हो। कार्यक्रममा जिल्ला भरिका लोक तथा दोहोरी गीतका कलाकार, स्रष्टा, सञ्चारकर्मी र स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्घाटन समारोहमा संस्थाका अगुवाहरूले नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतको संरक्षण, प्रवर्द्धन र निरन्तरताका लागि प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए । सो अवसरमा नयाँ कार्यसमिति गठन गरिएको हाे । नयाँ जिल्ला कार्यसमितिमा अध्यक्षमा ग...
जेन-जी क्रान्ति

जेन-जी क्रान्ति

ताजा अपडेट, मनोरञ्जन
माइतीघरमा उठछ आक्रोश । सडक धड्किन्छ सहर ।। काँप्छ हजारौं हात एकै साथ उठ्छन । अब मौनता छैन अब सहनशीलता छैन।। अब मात्र परिवर्तनको आवाज ।।। भ्रष्टाचार हटाउँ इमान जगाउँ । सुशासन ल्याएर नयाँ बिहानी बनाउँ ।। घूस होइन न्यायको गीत गाऊँ । कर्तव्य र सत्यको बाटो समाऊँ ।।। जेन्जीको सपना थियो उज्यालो नेपाल। जहाँ न होस् अन्याय न होस् बेहाल ।। तर आज तिनै नाममा खेलिन्छ राजनीति बन्छ व्यापार ।।। जेन्जीको आवाज थियो क्रान्तिको चिनारी ! तर अहिले त्यही नाममा हुन्छ सत्ता किनबेच बारी ।। उनको आत्मा रगतको रेखामा थियो । तर अहिले त्यो नाम भाषणको व्यापारमा ढल्कियो ।।। जनताको हातमा शक्ति बसोस । निष्पक्ष नियमले शासन चलोस ।। आजैबाट बदलौँ सोच ! भोलिको देश हाम्रो हातको रोज ।। युवाको आँखामा जल्छ सूर्य । साहसले खोज्छ नयाँ नेपाल ।।। आगो र धुवाँले घेरिएको सडकमा । पनि उनीहरूले देख्छन भविष्य । ...
बेंगलोरमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’: नेपाली जनसम्पर्क समितिद्वारा बिशेष स्वास्थ्य सेवा कार्यक्रम सहित

बेंगलोरमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’: नेपाली जनसम्पर्क समितिद्वारा बिशेष स्वास्थ्य सेवा कार्यक्रम सहित

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार, स्वास्थ्य
भारत, बेंगलोर आगामी अक्टोबर १२ तारिखका दिन बेंगलोरमा भव्य रूपमा आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’मा नेपाली जनसम्पर्क समिति, भारतका तर्फबाट बिशेष स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने भएको छ। यस अवसरमा आँखा, दाँत, रगत परीक्षण लगायतका विभिन्न निःशुल्क स्वास्थ्य जाँच सेवाहरू उपलब्ध गराइनेछन्। साथै, रक्तदान शिविर समेत सञ्चालन गरिने आयोजक समितिले जनाएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली र भारतीय समुदायका सदस्यहरूलाई आफ्नो स्वास्थ्य परीक्षण गराई लाभ लिन समितिले हार्दिक अनुरोध गरेको छ। सांस्कृतिक मनोरञ्जनसँगै स्वास्थ्य सचेतना र सामाजिक जिम्मेवारीको सन्देश फैलाउने यो पहल सबैका लागि उपयोगी र प्रेरणादायी बन्ने अपेक्षा राखिएको छ। कार्यक्रममा सहभागी भई स्वास्थ्य, संस्कृति र एकताको सन्देश प्रवाह गर्न सम्पूर्ण नेपाली समुदायलाई समितिले हार्दिक आमन्त्रण गरेक...
बझाङमा प्रथम बझाङ कृषि, पर्यटन, व्यापार तथा सिलदेवी महोत्सव हुने

बझाङमा प्रथम बझाङ कृषि, पर्यटन, व्यापार तथा सिलदेवी महोत्सव हुने

Breaking News 1, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा प्रथम कृषि, पर्यटन, व्यापार तथा सिलदेवी मेला महोत्सव हुने भएको छ। उद्योग वाणिज्य संघको आयोजनामा बझाङको पहिचान, कृषि पर्यटन र पानी , स्थानीय उत्पादन उद्यमशिलतामा लगानी भन्ने नारासहित प्रथम बझाङ कृषि, पर्यटन, व्यापार तथा सिलदेवी मेला महोत्सव–२०८२ हुने भएको हो। संघले जारी गरेको सूचनाअनुसार महोत्सव आगामी असोज २० गतेदेखि २९ गतेसम्म चल्नेछ। चैनपुर बजार, ठूलागडा क्षेत्रमा आयोजना हुने महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बाल उद्यान, स्थानीय परम्परागत संस्कृति र विभिन्न प्रदर्शनी हुने छन्। जिल्लामा सिलदेवी मेला हरेक वर्ष मनाईदै आएको भएपनि कृषि, पर्यटन, व्यापार मेला पहिलोपटक लाग्न लागेको हो । जिल्लाको कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रको सम्भावना उजागर गर्ने, स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने र परम्परागत संस्कृति संरक्षण तथा प्रचार गर्नका लागि प्रथम कृष...
निड्स नेपालद्वारा चौधारी मावीमा बालदिवस कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा चौधारी मावीमा बालदिवस कार्यक्रम सम्पन्न

ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, शिक्षा, समाचार
बझाङ । दुर्गाथली गाउँपालिकाको रहेको चौधारी माध्यमिक विद्यालयमा ६१ औं  बालदिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकामा अवस्थित चौधारी माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष विधालयका प्रधानध्यापक धुर्वराज थापा रहनुभएको थियो ।  उहाँले बालदिवस कार्यक्रममा सहभागीहरूलाई बालबालिका भनेका भविश्का कर्णधार हुन् त्यसैले बालबालिकामा लगानी लगाउनुपर्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो ।  यो कार्यक्रमले बालबालिकाहरुको  क्षमता विकास , बालबालिकाका हक अधिकारहरुको बारेमा थप जानकार भएको बताएका छन् । कार्यक्रममा बिधालयका सम्पुर्ण कर्मचारी, विधार्थी, समुदायका अभिभावक, जनप्रतिनिधिहरु र अन्य राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा मन्...
केदारस्यूँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न,, थलिनौबिसमा लाग्ने बिर्सतीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सुरु

केदारस्यूँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न,, थलिनौबिसमा लाग्ने बिर्सतीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न भएको छ । हरेक वर्ष भाद्र २० गतेदेखि सुरु भएर २१ गतेसम्म चल्ने बिर्सती मेला सनिबार सम्पन्न भएको हो । प्राचिन कालदेखि नै मनाइदैँ आएको बिर्सती मेला यस वर्षपनि देवी देउताको पुजा आरधना गर्नुका साथै देउडा खेलेर धुमधामका साथ मनाइएको स्थानीयले जानकारी दिएका छन । देवीदेउतालाई नमान्ने सिजापति राजालाई देवीभगवतीले पराजित गरेको उपलक्षमा हरेक वर्ष भाद्र २०गते बिर्सती मेला मनाउने गरेको कालिका देउताका धामी उमेश विक जानकारी दिनुभएको छ । मेलाका विशेष करिया जुव, मरगाउँ, चौडामका स्थानीयवासीलाई मानिन्छ । मेलाको अवसरमा देउडा प्रतियोगिताको आयोजना गरिएको थियो । स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले देउडा प्रतियोगिताको आयोजना गरिएको मेला व्यवस्थावन समितिले जनाएको छ । आमन्त्रित देउडीया जयलक्ष्मी खड्का र प्रयागराज उपाध्याय बिच घम्साघम्स...
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति द्वारा  दक्षिण भारतको बेंगलोरमा तीज विशेष कार्यक्रम हुने

नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति द्वारा दक्षिण भारतको बेंगलोरमा तीज विशेष कार्यक्रम हुने

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार, समाचार
भारत बेंगलोर हिन्दू नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा आगामी २६ अगस्त २०२५ का दिन नेपाली जनसम्पर्क समिति, दक्षिण भारत क्षेत्र अन्तर्गत कृष्णराजपुरम शाखाले भव्य रुपमा हरितालिका तीज महोत्सव आयोजना गर्ने भएको छ। यस अवसरमा समितिले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक निमन्त्रणासहित उपस्थित भइ कार्यक्रमलाई सफल पारिदिन आग्रह गरेको छ। आयोजक समितिले यो पर्वले खुशी, समृद्धि, उल्लास र एकताको भावना सबैमा फैलाओस् भन्ने शुभकामना व्यक्त गरेको छ। यस तीज विशेष कार्यक्रम आयोजना नेजस कृष्णराजपुरम शाखा तथा दक्षिण भारतले गरेको छ भने कार्यक्रम २६ अगष्ट २०२५ का दिन बिहान ११ बजे देखि साझ ६ बजे सम्म केआर पुरम सर्भिस रोड यामाहा शोरुम नजिकै हुने भयको छ।...
प्रवासी जनकल्याण समिती द्वरा  बेंगलोरमा हरितालिका तीज धमाका कार्यक्रम हुने

प्रवासी जनकल्याण समिती द्वरा बेंगलोरमा हरितालिका तीज धमाका कार्यक्रम हुने

अन्तर्राष्ट्रिय, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार, समाचार
भारत बेंगलोर प्रवासी जनकल्याण समितिको आयोजनामा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज धमाका कार्यक्रम बेंगलोरमा भव्य रुपमा हुने भएको छ। कार्यक्रममा राष्ट्रिय गायक कुलेन्द्र विश्वकर्मा, राष्ट्रिय गायिका भूमिका गिरी, गायक सर्जक कटक नेपाली, सर्जक गजेन्द्र परियार र गायीका पुस्पा आचार्यको विशेष उपस्थितिका साथ प्रस्तुत रहने छ। उहाँहरुको साथसाथै स्थानीय कलाकारहरूले पनि विविध सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रम यही अगस्त २४ तारीक मलेश्रम मा बिहान १० बजे देखि बेलुका ६ बजे सम्म हुने भयको छ कार्यक्रम हुने स्थान : रोटरी क्लब सरकारी गल्स हाई सकूल १३ औं क्रस मल्लेशराम बेंगलोर (कार्यक्रम स्थल: 13th Cross Govt Girls High School, Malleswaram Bangalore Rotary Club-56000) कार्यक्रमलाई सफल पार्न सम्पूर्ण प्रवासी नेपालीहरुको साथ सपोर्ट को खाचो रहेको भन्द...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज