Advertisement
Monday, May 19

मनोरञ्जन

व्यक्तिले समाज बनाउँछकी, समाजले व्यक्तिलाई

व्यक्तिले समाज बनाउँछकी, समाजले व्यक्तिलाई

ताजा अपडेट, मनोरञ्जन
व्यक्ति र समाजको सम्बन्ध जटिल छ तर सामान्य तया व्यक्तिले समाज बनाउँछ र समाजले व्यक्तिलाई बनाउँछ। दुवै एक अर्खा सँग अन्तरनिर्भर छन्। समाजले व्यक्तिलाई बनाउँछ, व्यक्ति जन्मँदा खाली मन जस्तो हुन्छ l परिवार, विद्यालय, समुदाय, संस्कृति, धर्म, परम्परा आदिले उसलाई आकार दिन्छन्। भाषाशैली, आचरण, सोच्ने तरिका समाजकै प्रभावमा निर्धारण हुन्छ। जस्तै बच्चा समाजमा बसेर नै बोल्न, हिँड्न र राम्रो नराम्रो छुट्याउन सक्छ। समाजको चलन अनुसार मानिसको व्यवहार परिवर्तन पनि हुन सक्छ जस्तोकी ग्रामीण समाजमा हुर्किएको व्यक्ति र सहरी समाजमा हुर्किएको व्यक्तिको सोचाई फरक हुन सक्छ। व्यक्तिले समाज बनाउँछ, समाज विभिन्न व्यक्तिहरूको समूह बाट बनेको हुन्छ। जब व्यक्तिले आ- आफ्नो योगदान दिन्छन् तब समाजको संरचना, नियम र संस्कृति विकास हुन्छ। जस्तै हामी बनाउँछौ हाम्रो धनगढी "सफा धनगढी हरियो धनगढी" अभियानका साथ धनग...
राजनीति किन उथलपुथलमा छ ?

राजनीति किन उथलपुथलमा छ ?

ताजा अपडेट, मनोरञ्जन
दिपेन्द्र धामी, बझाङ- समय सधैं परिवर्तनशील हुन्छ। परिवर्तन नै समयको गतिशील स्वरूप हो, र राष्ट्र पनि यही परिवर्तनको लहरसँगै नयाँ भविष्यको खोजीमा अग्रसर हुँदै गएको देखिन्छ। गाउँ, समाज, जिल्ला र प्रदेशस्तरसम्म विविध रूपले परिवर्तन भइरहेको छ। तर यतिबेला सबैभन्दा धेरै चर्चा र चासोको विषय बनेको छ — राजनीति किन उथलपुथलमा छ? राजनीति देशको भविष्य निर्माण गर्ने एउटा संयन्त्र हो। जब नेतृत्व सही दिशा र सोचसाथ अघि बढ्छ, राष्ट्र समृद्धितर्फ अग्रसर हुन्छ। तर यदि नेतृत्व दिशाविहीन भयो भने, देश अन्योल र अस्थिरताको दलदलमा फस्न सक्छ। हाल नेपालको राजनीतिक परिवेशमा देखिएको अस्थिरता, नेतृत्वको हेरफेर, गठबन्धनको बारम्बार परिवर्तन, एक-अर्कामाथि आरोप-प्रत्यारोप जस्ता घटनाक्रमहरूले जनतामा गहिरो निराशा र भ्रम पैदा गरिरहेको छ।राजनीतिक दलहरूप्रति विश्वासको संकट दिनानुदिन गहिरिँदै गएको छ। पुराना नेताहरूले नयाँ पुस्त...
दुर्गम गाउँदेखि भारतको सर्वोच्च अदालतसम्म: खेमराज बुढाको प्रेरणादायी यात्रा

दुर्गम गाउँदेखि भारतको सर्वोच्च अदालतसम्म: खेमराज बुढाको प्रेरणादायी यात्रा

ताजा अपडेट, मनोरञ्जन, विचार
सुदूरपश्चिम नेपालको अति दुर्गम अछामको मेल्लेख गाउँपालिका–३, ठाँटिदरबारमा वि.सं. २०३६ सालमा जन्मिएका खेमराज बुढा अहिले भारतको सर्वोच्च अदालतमा कार्यरत छन्। सगुने बुढा र तुलिदेवी बुढाका पाँच सन्तानमध्ये जेठा खेमराजले हाल भजनी नगरपालिका–२, कैलालीलाई आफ्नो स्थायी ठेगाना बनाएका छन्। खेमराजले प्रारम्भिक शिक्षा मेल्लेखकै श्री पिपलसैन माध्यमिक विद्यालयमा कक्षा ७ सम्म पुरा गरे। पारिवारिक जिम्मेवारीका कारण वि.सं. २०५६ सालमा पढाइ बीचमै छोडेर उनी १९ वर्षको उमेरमै रोजगारीको खोजीमा भारत पसे। त्यहीँबाट सुरु भयो उनको संघर्षमय जीवनयात्रा। वि.सं. २०५९ सालमा हरियाणाको सेक्टर २९ स्थित प्रहरी चौकी प्रमुख जितेन्द्र राणासँगको भेटपछि उनले भारत सरकारको सुरक्षा निकायमा सेवा प्रवेश गरे। त्यसपछि वि.सं. २०६२ सालमा दिल्ली प्रहरीका आयुक्त कृष्ण कान्त पालसँग कार्य गर्दै उनले आफ्नो भूमिका थप सशक्त बनाउँदै लगे। लग...
बझाङको ऐतिहासिक तथा धार्मिक केदार मन्दिर: आस्था, संस्कृति र पर्यटनको केन्द्र

बझाङको ऐतिहासिक तथा धार्मिक केदार मन्दिर: आस्था, संस्कृति र पर्यटनको केन्द्र

Breaking News 2, ताजा अपडेट, पर्यटन, मनोरञ्जन, विचार
दिपेन्द्र धामी,बझाङ - बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ३, ६, र ८ को बीचमा अवस्थित प्रसिद्ध केदार मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यसै मन्दिरको नामबाट यहाँको स्थानीय तह लगायत ,रेडियो,विभिन्न संघसंस्था, विद्यालय, सामाजिक प्रतिष्ठान तथा धार्मिक समूहको नामकरण गरिएको छ। केदार मन्दिरमा विशेष गरि वैशाख १ गते र साउने पूर्णिमाका दिन (रक्षाबन्धनका) बेला भव्य मेला लाग्छ। यस अवसरमा टाढा–टाढाबाट भक्तजनहरू आउने गर्छन् र आस्थाका साथ पूजाआजा गर्छन्। यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। यस मन्दिरको पूजाको विशेष जिम्मेवारी थलाल ब्राह्मणहरूको रहेको छ। प्रारम्भमा थलाल ब्राह्मणहरू थला क्षेत्रमा बसोबास गर्थे, जसका कारण उनीहरूलाई 'थलाल ब्राह्मण भन्न थाल्यो भन्ने मान्यता छ। यहाँका प्रमुख भक्तजनहरू धामी, जेठारा, बोहरा, खाती, बिष्ट , मल्ल,जा...
सपनाहरू त्याग्ने एक निःस्वार्थ अभिभावक”बुबा”

सपनाहरू त्याग्ने एक निःस्वार्थ अभिभावक”बुबा”

ताजा अपडेट, मनोरञ्जन, विचार
दिपेन्द्र धामी, धनगढी- जीवनकाे यात्रा सहज छैन। यहाँ अनेकौं उतारचढाव छन्, अनगिन्ती संघर्षहरू छन्। कहिलेकाहीं खुशीका पलहरू संकलन गर्न, हामीले दुःखका पहाडहरू अवस्य नाघ्नुपर्छ। यसै क्रममा आफ्नो जीवन संघर्षमा, परिवारलाई सबल बनाउने, अभावका बादल हटाउने, अनि हरेक सन्तानका सपना साकार पार्ने प्रमुख आधारशिला हुन् "बुबा" । बुबा केवल एउटा नाम मात्रै होइन, यो त्याग, समर्पण , मिहिनेत, र निःस्वार्थ प्रेमको पर्यायवाची हो। समाजमा बुबाको भूमिका अद्वितीय छ। उनी आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि आफ्ना इच्छाहरूलाई भुलेर अघि बढ्छन्। बिहान सबेरै उठेर काममा जाने, दिनभर पसिना बगाउने, साँझ घर फर्कंदा थकान लुकाएर परिवारलाई खुशी पार्न मुस्कुराउने—यी सबै त बुबाका दैनन्दिनका क्रियाकलाप मात्र हुन्, तर भित्री रूपमा उनीहरूको हृदयमा अनगिन्ती आशा, सपना, र चिन्ताहरू लुकेका हुन्छन्। बुबाको जीवन आफ्ना इच्छाहरू पूरा गर्...
परिवर्तनको मोड

परिवर्तनको मोड

ताजा अपडेट, मनोरञ्जन, विचार
दिपेन्द्र धामी,बझाङ - जीवन आफैंमा एउटा चुनौतीपूर्ण यात्रा हो। सुख-दुःख, सफलता-असफलता, र निरन्तर परिवर्तनको क्रमले नै जीवनलाई गहकिलो बनाउँछ। जीवनको नयाँ अध्याय प्रारम्भ गर्दै गर्दा, यस यात्रामा आइपरेका विभिन्न कठिनाइहरू, भोगाइहरू, र सिकाइहरूले भविष्यलाई अझ परिपक्व बनाउनेछन्। यो यात्रा सधैं सहज थिएन। किशोर अवस्थादेखि नै विभिन्न सामाजिक, मानसिक, र भावनात्मक संघर्षहरूसँग जुध्नुपर्‍यो। जीवन कहिले आकाशजस्तो अग्लो लाग्थ्यो, कहिले धर्तीमा पछारिएको महसुस हुन्थ्यो। तर ती सबै भोगाइहरू नै मेरो परिवर्तनको जग बन्न पुगे। किशोरावस्था जीवनको संवेदनशील काल हो। यहि समयमा आत्मपहिचान खोज्ने प्रयास हुन्छ। यौनजन्य जिज्ञासा, सामाजिक दबाब, र व्यक्तिगत आकांक्षाहरूको संगमले जीवनलाई अझ चुनौतीपूर्ण बनाउँछ। समाजको आशा र आफ्नो चाहनाबीचको द्वन्द्व, परम्परागत मूल्य र आधुनिक सोचबीचको टकरावले कतिपय निर्णयहरू प्रभाव पा...
देशकै कान्छा रास्वपा सभापति सत्यराजकाे राजनितिक संघर्ष

देशकै कान्छा रास्वपा सभापति सत्यराजकाे राजनितिक संघर्ष

ताजा अपडेट, बझाङ, मनोरञ्जन, राजनीति, सुदूरपश्चिम, सूचना प्रविधि
सुरेन्द्र खत्री बझाङ । उमेरले हेर्दा कलिलो तर जिम्मेवारीले अब्बलमा कहलिन्छन् सत्यराज उपाध्याय , २८ वर्षीय उपाध्याय अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बझाङ जिल्ला सभापति हुन् । अब फर्कियौ उनको बाल्यकाल तर्फ गाउँमा दादुरा लागेर धेरै बालबालिकाहरुको मृत्यु हुने गर्थ्यो । त्यसै महामारीको समय २०५४ सालमा सत्यराज उपाध्यायको जन्म भयो । उनको जन्महुदाँ परिवार खुशी पनि थिए र दु:खी पनि । किन भने त्यो बेला जन्माउन सकिन्थ्यो तर दादुरा बाट बालबालिका बचाउन निकै गारो हुन्थ्यो । २०५७ साल तिरको कुरा हो,, उनी ३ वर्षको थिए होला त्यो समयपछि उनको घरमा ठुलो बाढी आएर क्षती बेहोर्नु पर्यो । सम्पन्न परिवारका उनको पैसा घर , खेत , जग्गाजमिन बाढीले क्षती गरेपछि परिवारले शुन्य बाट सङ्घर्ष गर्नु परेको उनले भने । त्यो पिडा सेलाउन नपाउँदै फेरि उनकी आमा भिर बाट लडेर ५/६ वर्षको उमेरमै आमा गुमाउन पुगे सत्यराज ...
बेंगलोरमा नेपाली चलचित्र ज्वाइँ साब  हेर्नेको भिड आजको शो हाउसफुल

बेंगलोरमा नेपाली चलचित्र ज्वाइँ साब हेर्नेको भिड आजको शो हाउसफुल

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार
बेंगलोरमा प्रर्दशन भयको नेपाली कथानाक चलचित्र ज्वाइॅ साबले आज तेस्रो दिन दर्शको भरपुर माया पायको छ। गोपालना महलको सिनेमा हलमा प्रर्दशन भयको ज्वाइॅ साब हेर्न गयका नेपाली दर्शकले टिकट नपाएर फर्किनु परेको दर्शकले बताएका छन बसन्त निरौला द्वारा निर्देशित चलचित्रको मुख्य भुमिकामा जितुॅ नेपाल, निति शाह, बुद्धि तामाङ, हिमेश पन्त लगाएतका कलाकारहरुको प्रस्तुति रहेको देख्न सकिन्छ चलचित्रलाई नेपाली भाषामा प्रर्दशन गरेकाले र कमिडि जनराको‌ भयकाले प्रवासमा रहेका नेपालीहरुले चलचित्र हेरेर मनोरन्जन गरेको श्री दॅदिर ईन्टरटेनमेन्टका अध्यक्ष सुरेश‌ आग्रिले बताएका छन।...
बिर्सिएको बाटो

बिर्सिएको बाटो

ताजा अपडेट, मनोरञ्जन
दिपेन्द्र धामी - बझाङ । जीवन अनगिन्ती मोडहरूबाट अघि बढ्छ। कतिपय बाटाहरू यस्ता हुन्छन्, जसलाई हामी कहिले बिर्सन चाहँदैनौँ, तर समयको आँधीबेहरीले ती स्मृतिहरू मेटाउँदै लग्छ। मेरो आफ्नै यात्रामा म स्वयंलाई कतै हराएको महसुस गर्छु। धेरैपटक ऐनामा हेरेर सोच्छु, "म वास्तवमै को हुँ?" याे नाम, पहिचान, पेसा, पारिवारिक सम्बन्ध—यी सबै कुनै परिचयका आधार हुन सक्छन्, तर वास्तविक म को हुँ भन्ने प्रश्नको उत्तर मसँग छैन। जब बाल्यकालमा पहिलोपटक नाम लेख्न सिकियो, आफूलाई चिन्न बिर्सिएछु, तर जति समय बित्दै गयो, त्यो खोज अलपत्र पर्‍यो। जीवनको यात्रामा अनेक सम्बन्ध बननेछन्, तर ती सम्बन्धहरू साँचो भए कि झुट, मैले कहिल्यै बुझ्न सकिनँ। आफन्त भन्नेहरूले मप्रति देखाएको रिस, डाहा, ईर्ष्या, घमण्ड र अनावश्यक प्रतिस्पर्धा देख्दा म झस्कन्छु। उनीहरू वास्तवमै मप्रति इमानदार थिए कि केवल आफ्नै स्वार्थका लागि मेरो वरिपरि थ...
सुर्मा प्रवास एकता समाजले पहिलो बार्षिक उतसवको उपलक्ष्यमा राष्ट्रीय कलकारहरुको साथमा धमाकेदार सास्कृतिक महोत्सव बनाउने

सुर्मा प्रवास एकता समाजले पहिलो बार्षिक उतसवको उपलक्ष्यमा राष्ट्रीय कलकारहरुको साथमा धमाकेदार सास्कृतिक महोत्सव बनाउने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
बेंगलोर - प्रवास भारतको कर्नाटक राज्यको राजधानी बेंगलोरमा सुर्मा प्रवास एकता समाजले आप्नो संगठन बिस्तारको एक बर्ष पुगेको उपलक्ष्यमा पहिलो बार्षिक उत्सव तथा सास्कृतिक महोत्सव बनाउने भयको छ। उक्त सास्कृतिक महोत्सवमा नेपालबाट चर्चित-चर्चित राष्ट्रीय कलाकारहरु आउने भयका छन। लोक प्रिय दोहोरी गायक रामजी खांड , सुदुरपश्चिमका चर्चित लोक तथा देउडा गायक उमाशंकर जोशी, सुमधुर स्वर कि धनि गायिका लक्ष्मि नेपालीको मुख्य प्रस्तुति रहने सुर्मा प्रवास एकता समाजका सचिव दिपेश दमाई ( बाहुबली कायाकैरन ) ले बताएका छन। साथै अन्य स्थानीय कलाकारहरु गायक तथा सर्जक हिमाल बोहरा, गायक तथा सर्जक गजेन्द्र परियार, गायक बिशाल संगित सोनी, गायक राजेश बिक बिरही, गायिका पबित्रा रोकाया, डान्सर सावित्री भाट, डान्सर सावित्रा बिश्वकर्मा, डान्सर किरण स्नेही को बेजोड प्रस्तुति रहेने छ। उक्त कार्यक्रम जयनगर मा रहेको...
अभिनास थापा काजी ले  निर्देशन गरेको स्वार्थी रै छ मान्छे बोलको आधुनिक गित सार्वजनिक

अभिनास थापा काजी ले निर्देशन गरेको स्वार्थी रै छ मान्छे बोलको आधुनिक गित सार्वजनिक

ताजा अपडेट, भिडियो, मनोरञ्जन, मुख्य समाचार
बेंगलोर मा छायांकन गरेको स्वर्थी रै छ मान्छे भन्ने बोलको आधुनिक गित बजार मा आयको छ। गित मा बिसाल हमालको स्वर सुन्न सकिन्छ भने शब्द प्रकाश चौलागाई र गणेश चौलागाई ले संकल गरेका हुन। संगित सुनिल बिसिले भरेका छन भने अरेन्ज बिशाल निरौलाको रहेको छ। उक्त गितको भिडियो छायांकन नबीन गिरिले गरेका हुन भने इडिट प्रकास साउदले गरेका छन। उक्त गित मा राम प्रसाद कठरिया, सुष्मिता रोकाया, प्रकास नेपाली, जिबन परियार र प्रकास चौलागाई को अभियान देख्न सकिन्छ। भिडियो बेंगलोर का बिभिन्न ठाउहरु मा छायांकन गरियको छ। बिगत लामो समय देखि गित संगित क्षेत्रमा आबद रहेर थुप्रै गितहरु मा अभिनय र निर्देशन गरि सकेका एक कुसल निर्देशक थापा ले उक्त म्यूजिक भिडियो लाई फरक कथा बस्तु लाई समेटेर निर्देशन गरेको बतायका छन। भिडियो 👇 https://youtu.be/q7xjeUmb2bs?si=41aug2tHZqy9r6IT...
रोकाया डिजिटल प्रोडक्शन हाउस बाट सुनिल नेपाली को मुटु तड्पेको छ गित सार्बजनिक

रोकाया डिजिटल प्रोडक्शन हाउस बाट सुनिल नेपाली को मुटु तड्पेको छ गित सार्बजनिक

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, सुदूरपश्चिम
भारत - बेंगलोरका बिभिन्न ठाउहरु मा छायांकन गरियको मुटु तड्पेको छ बोलको गित सार्बजनिक गरियको छ। गितमा गायक सुनिल नेपाली र सुदुरपश्चिम कि चर्चित लोक देउडा गायिका संगिता बडुवालको स्वर रहेको छ । उक्त गितमा सुदुर पश्चिम का चर्चित निर्देशक तथा मोडल रमेश बिजुली बिसि ले निर्देशन तथा अभियान गरेका छन भने उनलाई अनिता रोकाया र ओम प्रकाश ले साथ दियका छन। गितमा बाल कलाकार इशानी रोकाया र एविलीना रोकाया ले पनि अभियान गरेकि छन। सुरेन्द्र रावल र बिकास रोकाया को छायांकन मा रहेको उक्त गितमा अनिता रोकाया को सम्पादन रहेको छ भने रमेश बिजुली बिसि ले निर्देशन गरेका हुन उक्त गित रोकाया डिजिटल युटयुब च्यानलमा सार्बजनिक गरिएको छ । बिगत लामो समय देखि भारतको बेंगलोर मा कर्मथलो बनाउदै गित संगितलाई माया गर्दै बिभिन्न बिधाका गितहरु छायांकन तथा सम्पादक गरि आप्नो छुट्टै पहिचान बनाउदै आयको रोकाया डिजिटल पो...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज