Advertisement
Wednesday, April 30
Shadow

मासिक

मिथुन – GEMINI

मिथुन – GEMINI

दैनिक, बार्षिक, मासिक, साप्ताहिक
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला। बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ।...
कर्कट – CANCER

कर्कट – CANCER

दैनिक, बार्षिक, मासिक, साप्ताहिक
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।...
मिथुन – GEMINI

मिथुन – GEMINI

दैनिक, बार्षिक, मासिक, साप्ताहिक
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ।...
वृष

वृष

दैनिक, बार्षिक, मासिक, साप्ताहिक
वृष राशिलाई साउन महिना निकै उत्साहवर्द्धक रहनेछ। बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। शत्रु र रोगबाट छुटकारा पाइनेछ। रोकिएका काम सजिलै सम्पादन हुनेछन्। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। महत्त्वाकांक्षी काममा हातहाल्ने समय छ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ। भौतिक स्रोत–साधन जुट्नेछन्। आँटेका काममा दाजुभाइले साथ दिनेछन् र सहयोगी फेला पर्नेछन्। र भाग्यले साथ दिनेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने हुँदा घरायसी माहोल भने बिग्रन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले सावधान रहनुहोला।...
मेष

मेष

दैनिक, बार्षिक, मासिक, साप्ताहिक
मेष राशिलाई साउन महिनामा केही चुनौती आइपर्ने सम्भावना छ। अरूको उक्साहटमा लाग्दा व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। महत्त्वाकांक्षाले आर्थिक जोखिम तथा परिवारमा विग्रह निम्त्याउने सम्भावना छ। कृषि तथा पशुपालनमा नयाँखाले समस्या आउन सक्छ। स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो र दमको समस्याले सताउने सम्भावना छ। रोकिएका काम थाल्न हतार नगर्नुहोला। पहिलेका काममा समस्या देखिए पनि नयाँ कामतर्फ अग्रसर बन्ने समय छ। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ। गुरुजनको सहयोगले अध्ययनमा उचाइको मार्ग अवलम्बन गर्न सकिनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन प्रगाढ बन्दै जानेछ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज