
समान व्यवहार परियोजनाले फेरिदियो गीताको जिन्दगी
धुर्ब बिष्ट बझाङ- कुनै समय आफ्नै जीवनलाई अन्त्य गर्ने निर्णयमा पुगिसकेकी बझाङको बुङ्गल नगरपालिका–११, धारघरकी गीता देवी बोहरा आज हाँस्न जान्छिन्, अरूलाई पनि आत्मनिर्भर बन्ने बाटो देखाइरहेकी छन्। एक नारीको साहस, पीडा, र पुनर्जन्मको कथा अहिले गाउँघरमा प्रेरणाको स्रोत बनेको छ।
गिता देवीको जीवनले सामान्य विवाहको कथा बोकेको थियो। आजभन्दा १२ वर्षअघि, बित्थडचिर गाउँपालिकाकी उनी रामबहादुर बोहरासँग विवाह बन्धनमा बाँधिएकी थिइन्। सुरुका दिन राम्रैसँग गुज्रियो। तर बिस्तारै राम बहादुर रक्सीको कुलतमा फसे। जति समय बित्दै गयो, उति उनी घरबार र जिम्मेवारीबाट टाढिँदै गए। आर्थिक संकट, झगडा, र श्रीमतीमाथिको शारीरिक तथा मानसिक यातनाले गीता देवीको जीवन अन्धकारमा धकेलिँदै गयो।
उनी आफैँलाई निरर्थक महसुस गर्न थालिन्। आत्महत्या गर्न बारम्बार कोशिस गरिन्। तर नियतिले उनलाई नयाँ बाटो देखायो।
समान व्यवहार परियोजनाको...