समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन
धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र राजनीतिमा सक्रिय भण्डारीले शनिबारदेखि कैलालीको धनगढीस्थित बसपार्क रोडमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालनमा ल्याएका हुन्।
ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको होटलमा स्वादिष्ट खाना तथा नास्तासँगै अर्गानिक परिकारको विशेष व्यवस्था गरिएको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कोदो र मकैको रोटीलगायतका परिकार उपलब्ध गराइने होटल सञ्चालक भण्डारीले जानकारी दिए।
होटलमा बसोबासका लागि AC, Non-AC तथा Deluxe AC कोठा उपलब्ध छन्। साथै विभिन्न सभा, गोष्ठी तथा कार्यक्रमका लागि मिटिङ हल को सुविधा समेत रहेको छ। स्वदेशी तथा विदेशी पेय पदार्थको व्यवस्था गरिनुका साथै ग्राहकको आवश्यकता र चाहनाअनुसार सेवा प्रदान गर्ने लक्ष्य रहेको सञ्चालक भण्...












