Advertisement

एउटै पार्टी, फरक स्वार्थ: जयपृथ्वी–७ मा वडाध्यक्ष–वडा सदस्यको टकरावले तालाबन्दी

Advertisement

बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–७ नम्बर वडा कार्यालयमा लगाइएको तालाबन्दी आज पनि खोलिएको छैन । कार्यालय सहयोगी नियुक्तिको विषयलाई लिएर उत्पन्न विवाद समाधान नहुँदा वडा कार्यालयका सम्पूर्ण सेवा प्रभावित बनेका छन् ।

यो विवाद माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष शिवराज जोशी र तत्कालीन नेकपा समाजवादीबाट निर्वाचित वडा सदस्य दीपक रोकाया बीच सुरु भएको हो। रोचक पक्ष के छ भने, पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा यी दुवै जनप्रतिनिधि हाल एउटै दलमा आवद्ध छन् । पार्टी एउटै भए पनि स्वार्थ फरक भएपछि विवाद चुलिएको स्थानीयको बुझाइ छ ।

स्थानीयका अनुसार वडा अध्यक्ष जोशीले आफ्नो नजिकको व्यक्तिलाई कार्यालय सहयोगीमा नियुक्त गर्न खोजेपछि वडा सदस्य रोकायाले पनि आफ्ना मान्छे राख्न दबाब दिए । दुवै पक्ष आफ्नो मान्छे नियुक्त गराउन अडानमा उत्रिएपछि विवाद भएको हो । यही व्यक्तिगत स्वार्थको टकरावले वडा कार्यालयमा तालाबन्दी भएको र अहिलेसम्म ताला नखुल्नुको मुख्य कारण बनेको स्थानीयको आरोप छ ।

तालाबन्दीका कारण सिफारिस, दर्ता, प्रमाणिकरणलगायत अत्यावश्यक सेवा पूर्ण रूपमा ठप्प भएका छन्। वडा कार्यालय बन्द हुँदा सामान्य नागरिकसमेत सेवा लिनबाट वञ्चित भएका छन्। “दुई जनप्रतिनिधिको व्यक्तिगत स्वार्थका कारण सिङ्गो वडावासीले दुःख पाउनुपरेको छ,” एक स्थानीयले आक्रोश व्यक्त गरे ।

वडा सदस्य दीपक रोकायाले वडा अध्यक्ष शिवराज जोशीले मनोमानी ढंगले निर्णय गर्दै आएको आरोप लगाउँदै आएका छन् । यता वडा अध्यक्ष जोशी भने आफूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर निर्णय गरेको दाबी गर्दै आएका छन् ।

जनप्रतिनिधिहरूको आपसी द्वन्द्व र व्यक्तिगत स्वार्थका कारण सरकारी कार्यालयमा तालाबन्दी हुनु र जनसेवा अवरुद्ध हुनु गम्भीर विषय भएको स्थानीय बुद्धिजीवीहरूको टिप्पणी छ । विवाद समाधानका लागि नगरपालिकाको पहल नहुँदासम्म वडा कार्यालय खुल्ने छाँट नदेखिएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज