पहिलो पटक अपी हिमाल आरोहणका लागि टोली प्रस्थान
दार्चुला- दार्चुलाको अपिहिमाल गाउँपालिकामा अवस्थित अपी हिमाल पहिलो पटक आरोहण हुने भएको छ । यसका लागि १५ सदस्यीय आरोही टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले आयोजना गरेको विशेष बिदाइ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे । उनले अपी हिमालको पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र गर्वको क्षण हुने उल्लेख गरे ।
हालै सरकारले राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालमा दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेपछि अपी हिमाल आरोहणको बाटो खुलेको हो ।
कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहणलाई नेपाल चिनाउने महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै शेर्पा र गैर–शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमालारोहणमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गरे ।
उनका अनु...












