Advertisement
Tuesday, April 29
Shadow

राजनीति

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

Breaking News 1, Breaking News 2, Breaking News 3, डडेल्धुरा, ताजा अपडेट, राजनीति, सुदूरपश्चिम
डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) काे  मान बहादुर महताको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा नवराज भट्टर्राई, उपाध्यक्ष मनिषा डागी, सचिवमा अम्मर धामी, कोषाध्यक्षमा टेक बहादुर ऐर चयन भएका छन्। अधिवेशनको उद्घाटनमा योङ कम्युनिस्ट लिग केन्द्रीय उपाध्यक्ष मिङमा डन्डु सेर्पा प्रमुख अतिथी रहेका थिए भने नेकपा माओवादी केन्द्र डडेल्धुराका जिल्ला संयोजक उमेश प्रसाद भट्ट विकास र वाइसेलका केन्द्रीय सचिव नवराज ऐर विशिष्ट अतिथी रहेका थिए ।...
सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति
कञ्चनपुर : सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत सुप प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान संचालन गर्न लागेको हो । कैलालीको टीकापुरदेखि शुरु गरिएको अभियान धनगढीसम्म विवित कार्यक्रम गरेर आज(मंगलबार)साँझ कञ्चनपुर प्रवेस गर्ने माओवादी केन्द्रले जनाएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल)ले कैलालीका विभिन्न स्थानमा अभियान संचालन गरिएको बताउँदै आज साँझ कञ्चनपुरमा पु्ग्ने बताए । सुदूर कैलालीको टीकापुरबाट शुरु हुने अभियान कञ्चनपुरको महेन्द्रनगरमा पुगेर समापन गरिने केन्द्रीय सदस्य भाटले बताए । टीकापुर स्थित सती कर्णाली पुलमा स्वागत गरेर अभियान सचालन गरिनेछ, पुर्वी तराईकै जिल्ला जस्तै बिहान मर्निङ्ग वाक, सहिद परिवारसंग भेटघाट, टीकापुर झुंगामा ज...
माओवादीले वेपत्ता पारेका बुवाको खोजीमा २३ वर्ष: एक पीडाको दस्तावेज

माओवादीले वेपत्ता पारेका बुवाको खोजीमा २३ वर्ष: एक पीडाको दस्तावेज

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, कर्णाली प्रदेश, कालिकोट, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
"एउटा मान्छे हराएको जमाना भइसक्यो,  खै खबर, चिठी नआएको जमाना भइसक्यो..." - यो  हृदयविदारक वाक्य हो कालिकोटका कुशल नाथ योगीको २०५८ सालको चैत २४ गते । भारतबाट काम गरेर आफ्ना साथिहरु संग घर फर्किनेबेलामा कञ्चनपुरको महेन्द्रनगरबाट तत्कालीन शाही सेनाले विष्णुनाथ योगीलाई माओवादी भएको आरोपमा पक्राउ गर्यो । त्यसपछि उनी कहिल्यै फर्किएनन्। कुनै खबर आएन, कुनै शव फेला परेन । काखमा बच्चा खेलाइरहेका, गर्भवती श्रीमतीलाई बिदाइ नगरी, उनी हराए । कालिकोटको सिप्खाना–७ निवासी विष्णुनाथ एक साधारण किसान थिए । घरको जिम्मेवारी बोक्ने, खेतीपाती गरेर गुजारा चलाउने, भारतका सुदूर शहरहरूमा पुगेर परिवारका लागि लत्ताकपडा ल्याउने एक मेहनती मानिस । सामाजिक र राजनीतिक चेत भएका उनी कहिलेकाहीँ माओवादीका र्‍यालीमा सामेल पनि हुन्थे । कहिल्यै सम्पर्कविहीन हुने, भूमिगत हुने प्रवृत्ति भने थिएन । तर, त्यसैको मूल्य उनलाई जीवनभर ...
पूर्वमन्त्री धर्मबहादुर चौधरीले सेवाग्राहीबाट लिएको रकम फिर्ता गरे, ‘घुस नभई ऋण’ भएको दाबी

पूर्वमन्त्री धर्मबहादुर चौधरीले सेवाग्राहीबाट लिएको रकम फिर्ता गरे, ‘घुस नभई ऋण’ भएको दाबी

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
लुम्बिनी :लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरीले सेवाग्राहीसँग लिएको भनिएको रकम फिर्ता गरेका छन्। योजनाको डिपिआर पास गराइदिने प्रलोभनमा पाँच लाख रुपैयाँ लिएको आरोप लागेपछि चौधरीले उक्त रकम हालै फिर्ता गरेका हुन् । गत वर्ष २०८० साल असोज महिनामा चौधरीले ‘५० लाखको योजना पास गराइदिन्छु, त्यसका लागि १० प्रतिशत तिर्नुपर्छ’ भन्ने शर्तमा पाँच लाख रुपैयाँ मागेको सेवाग्राहीको दाबी थियो। उनले चौधरीकै निर्देशनअनुसार रकम आईपीएस प्रणालीमार्फत पठाएको र त्यसको बैंक रसिदसमेत सार्वजनिक गरिएको थियो । तर रकम पठाइएपछि योजना नअगाडि बढेको, कुनै लिखित प्रक्रिया शुरू नभएको र चौधरीसँग सम्पर्क नै टुटेको सेवाग्राहीको भनाइ थियो । जब रकम फिर्ता माग्न थालियो, चौधरीको व्यवहार आक्रामक भएको आरोप लगाइएको थियो । यो प्रकरण बाहिर आएपछि चौधरीले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै आफूमाथि लाग...
एमालेद्वारा नेकपा स्थापनाको ७६औं वर्षगाँठमा विशेष कार्यक्रम गर्ने

एमालेद्वारा नेकपा स्थापनाको ७६औं वर्षगाँठमा विशेष कार्यक्रम गर्ने

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७६औं वर्षगाँठको अवसरमा एमालेले आज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो हुने कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका सातजना विशिष्ट व्यक्तित्वलाई 'कम्युनिष्ट योद्धा'का रूपमा सम्मान गरिने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए। सम्मान प्राप्त गर्नेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) छन्। त्यस अवसरमा तत्कालीन नेकपा माले र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ नामक पुस्तक पनि सार्वजनिक गरिनेछ।...
सिंहदरबारभित्रै प्रदर्शन, लिङ्देन र शाहीसहितका नेता प्रहरीको नियन्त्रणमा

सिंहदरबारभित्रै प्रदर्शन, लिङ्देन र शाहीसहितका नेता प्रहरीको नियन्त्रणमा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं — राप्रपाका नेताहरू सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ। तीनकुने घटनाको न्यायिक छानबिन र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको मागसहित पम्प्लेट बोकेर प्रदर्शन गरेका कारण अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको हो। राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो। तर अध्यक्ष लिङ्देनलगायतका नेता सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै थिए। त्यहाँ उनीहरूले पम्प्लेटसहित प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्ने प्रयास गर्‍यो। पार्टी नेताहरू भने सिंहदरबारको दक्षिण गेट हुँदै बाहिर निस्केर तीनकुने घटनाको छानबिन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तथा महामन्त्री धवलशम्शेर राणाको रिहाइको माग गर्न खोजिरहेका थिए। प्रहरीले पम्प्लेट खोसेर उनीहरूलाई त्यहीँबाट नियन...
लुम्बिनीका पूर्व भौतिक मन्त्री धर्मबहादुर चौधरी घुसिया निस्किएपछि 

लुम्बिनीका पूर्व भौतिक मन्त्री धर्मबहादुर चौधरी घुसिया निस्किएपछि 

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
बुटवल, लुम्बिनी — जनताको करबाट सञ्चालित राज्यको योजना प्रणाली, जुन विकासको मेरुदण्ड बन्नुपर्ने हो — त्यही प्रणाली भित्रैबाट घुस र धोका–धडीको घेराबन्दीमा परेको स्पष्ट संकेत देखिन थालेको छ। ताजातरीन उदाहरण हुन्, लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरी। उनै मन्त्रीमाथि अब पाँच लाख रुपैयाँ घुस लिएर योजनामै धोका दिएको गम्भीर आरोप सार्वजनिक भएको छ। एक सेवाग्राहीले तत्कालीन मन्त्री चौधरीले "डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) पास गराइदिन्छु" भन्दै नगद घुस लिएको र पैसा बुझिसकेपछि सम्पर्क नै तोडेको भन्दै खुलासा गरेका छन्। “५० लाखको योजना दिलाइदिन्छु, तर १० प्रतिशत तिर्नुपर्छ – पाँच लाख,” चौधरीले यस्तो सर्तसहित पैसा मागेको पीडितको आरोप छ। घटना २०८० सालको असोज महिनाको हो। सेवाग्राहीले चौधरीको निर्देशनअनुसार आईपीएस प्रणालीमार्फत पाँच लाख रुपैयाँ पठाएका थिए। उक्त रकम ...
रास्वपाको रवि लामिछानेलाई पक्राउ गर्दा मानव अधिकार उल्लंघन भएको आरोप, आयोगमा ध्यानाकर्षण

रास्वपाको रवि लामिछानेलाई पक्राउ गर्दा मानव अधिकार उल्लंघन भएको आरोप, आयोगमा ध्यानाकर्षण

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पछिल्लो पटक पक्राउ गर्ने क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ। लामिछानेलाई गत शुक्रबार राति (चैत २२) निजी निवास हात्तीगौंडाबाट पक्राउ गर्दा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको आरोप रास्वपाले लगाएको छ। रास्वपाका नेताहरूले बुधबार मानव अधिकार आयोगमा निवेदन दर्ता गर्दै लामिछानेलाई पक्राउ गर्दा प्रहरीले अशोभनीय र गैरकानुनी व्यवहार गरेको, अनुमतिविनै घरभित्र प्रवेश गरेको, सयन कक्षमा पुगेर धरपकड गरेको जस्ता आरोप लगाएका छन्। रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निवेदन बुझाएपछि भने, “राज्य संयन्त्रले मानव अधिकार हनन हुनेगरी धरपकड गर्न खोज्यो। सामान्य प्रक्रिया पनि पूरा नगरी रातारात राज्य संयन्त्र उत्रिएर सामान्य जीवनमा ठूलो हलचल ल्याउनेगरी...
जयपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तिलक बोहरा

जयपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तिलक बोहरा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
  बझाङ — जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। सभापति पदमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार तिलक चन्द्र बोहरा विजयी भएका छन्। बोहराले १२५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक बहादुर बोहरालाई ३ मतले पछि पारेका हुन्। विवेकले १२२ मत प्राप्त गरे। सभापति पदका अन्य उम्मेदवारहरूमध्ये अखिल (क्रान्तिकारी)का मान बहादुर धामीले ५९ मत र अखिल (समाजवादी)का प्रबिन बहादुर महरले २ मत प्राप्त गरे। अन्य पदको नतिजा यस प्रकार छ: सचिव पदमा नेविसंघका लक्ष्मीराज जोशी विजयी भए। उनले १२२ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)की अञ्जना कामीले ९३ मत र अनेरास्ववियुका धु्रवराज जोशीले ८९ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा नेविसंघकी स्मृति कुमारी सिंह विजयी भइन्। उनले १२२ मत प्राप्त गरिन्। ...
गणतन्त्रको विकल्प राजतन्त्र होइन : एमाले सचिव लेखराज भट्ट

गणतन्त्रको विकल्प राजतन्त्र होइन : एमाले सचिव लेखराज भट्ट

Breaking News 3, ताजा अपडेट, राजनीति, सुदूरपश्चिम
धनगढी– नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गणतन्त्र र लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। सोमबार अत्तरियामा आयोजित नेपाल शिक्षक संगठनको १४औं कैलाली जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै भट्टले चिहानमा गइसकेको राजतन्त्र पुनः जीवित हुन नसक्ने धारणा व्यक्त गरे। ‘लोकतन्त्र–गणतन्त्रको विकल्प राजतन्त्र होइन, बरु राजतन्त्रको विकल्प पुनः गणतन्त्र नै हो,’ उनले भने। भट्टले वर्तमान व्यवस्थामा कमजोरी भए सुधार गर्नुपर्ने बताए। उनले राजनीतिक परिवर्तनमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको स्मरण गराउँदै शिक्षक संगठनको इतिहास गौरवपूर्ण रहेको उल्लेख गरे। ‘लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याउँदा शिक्षकहरूको योगदान स्मरणीय छ,’ उनले भने। साथै, हाल जारी शिक्षक आन्दोलनको समाधान संवाद र छलफलबाटै खोजिनुपर्ने उनको धारणा थियो।...
माओवादी केन्द्र: सुदूरपश्चिमका सह–इन्चार्ज पद खारेज, नयाँ जिम्मेवारीमा भट्ट र मगर

माओवादी केन्द्र: सुदूरपश्चिमका सह–इन्चार्ज पद खारेज, नयाँ जिम्मेवारीमा भट्ट र मगर

Breaking News 3, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी– नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज खराज भट्ट र बिना मगरको पद खारेज गरिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा चैत १८ र १९ गते बसेको बैठकले अबदेखि प्रदेशमा सह–इन्चार्ज पद नराख्ने निर्णय गरेपछि उक्त पद खारेज गरिएको हो। पद खारेज भएपछि उनीहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यका रूपमा जिम्मेवारी दिइने भएको छ। बैठकले सह–इन्चार्ज पदमा रहेका नेताहरूलाई प्रदेश समन्वय कार्यालयमा निरन्तर सक्रिय राख्ने निर्णय गरेको छ। अबदेखि कार्य विभाजनको जिम्मा प्रदेश समन्वय कार्यालयले लिनेछ। आवश्यक परेमा कार्यालय विस्तार गर्न सकिनेछ भने त्यसका लागि प्रदेश कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले अन्तिम निर्णय गर्नेछ। बैठकले केन्द्रीय समितिप्रति जबाफदेही हुने गरी सदस्यहरूको कार्य विभाजन गर्ने निर्णय पनि गरेको छ। यस क्रममा प्रदेश समन्वय कार्यालयलाई पहिले तय गरिएको मापदण्डअनुसार नै ...
बझाङको जयपृथ्वी क्याम्पसबाट सभापतिमा अनेरास्ववियुका तिलकचन्द्रको उम्मेदवारी

बझाङको जयपृथ्वी क्याम्पसबाट सभापतिमा अनेरास्ववियुका तिलकचन्द्रको उम्मेदवारी

Breaking News 3, ताजा अपडेट, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको जयपृथ्वी नगरपालिका १० भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) सभापतिका लागि तिलकचन्द्र बोहराले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनितिबाट उदाएका बोहरा सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत आशन्न चैत्र २७ गते हुने स्ववियु चुनावमा अनेरास्ववियुका तर्फबाट सभापतिमा उम्मेदवारी दिएका हुन । उनी अहिले अनेरास्ववियुको जिल्ला कमिटी सदस्य र अनेरास्ववियु जयपृथ्वी बहुमुखी क्याम्पस कमिटी अध्यक्ष समेत हुन् । लामो समयदेखी विधार्थी राजनितिमा होमिएका बोहराले विधार्थीहरुका हकहित र नमुना क्याम्पस बनाउने हेतुले सभापति पदमा उम्मेदवारी दिएका हुन । अहिले जयपृथ्वी बहुमुखी क्याम्पसमा उनको चर्चा चलिरहेको छ । यदि म स्ववियु सभापति भयो भने विद्यार्थीहरूका लागि पढ्दै कमाउदै अभियान सञ्चालन गर्ने , विपन्न आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रावास र छात्र...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज