Advertisement
Tuesday, June 17

बाजुरा

बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई दूतावासद्वारा एम्बुलेन्स उपहार

बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई दूतावासद्वारा एम्बुलेन्स उपहार

Breaking News 1, ताजा अपडेट, दैनिक, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स सहयोग पाएका छन् । पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले बाजुराका हिमाली र खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल र खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बीसुदेवी नाथलाई चाबी हस्तान्तरण गरिएको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेको दुतावासले बताएको छ । आपसी मित्रताको प्रतीकका रुपमा भारतले हरेक वर्ष स्थानीय तह, स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपहार स्वरुप सहयोग गर्ने गरेको छ । विशेष गरि दुर्गम क्षेत्रका बिरामीको उद्धार र उपचार सहयोगका लागि भारतले एम्बुलेन्स उपहार दिएको हो । यस अघि बाजुराका बुढीनन्दा, बुढीगंगा, बडिमालिका, बाजुरा अस्पताल, बाह्विस र जुगाडा स्वास्थ्य चौकी सहितका संस्थाहरू...

अनेरास्ववियुको २४औं महाधिवेशन: बाजुराबाट केन्द्रिय सदस्यमा पारस रावलको दमदार उपस्थिती

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
  २४औं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनले देशभर विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र बहसको माहोल सिर्जना गरिरहेको छ । यही महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भूगोलतर्फबाट बाजुराका होनहार युवा नेता पारस रावल केन्द्रिय सदस्य पदका लागि बलियो दावेदारका रूपमा अगाडि आएका छन् । सानै उमेरदेखि समाजसेवा र विद्यार्थी हकहितमा समर्पित रावलले शिक्षाको गुणस्तर सुधार, विद्यार्थी अधिकारको रक्षा, संगठन सुदृढीकरण र समावेशी नेतृत्व निर्माण जस्ता विषयमा स्पष्ट दृष्टिकोणसहित उम्मेदवारी दिएका छन् । निरन्तरको सक्रियता र जनसम्पर्कमा आधारित अभियानमार्फत उनले देशभरका प्रतिनिधिहरूमध्ये व्यापक समर्थन बटुल्न सफल भएका छन् । २८ गते हुने मतदानको मिति नजिकिँदै जाँदा महाधिवेशनको माहोल तातिंदो छ। उम्मेदवारहरू आ–आफ्ना एजेन्डा प्रस्तुत गर्न व्यस्त छन् भने प्रतिनिधिहरूले न...
सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

अछाम, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ गरिएको छ।   सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०ले करार र ज्यालादारीमा कर्मचारी राख्ने कार्यलाई कडाइ गरेको हो।   स्थानीय सरकार प्रमुख वा अरू जनप्रतिनिधिले आफ्ना घर–परिवारका सदस्य, आफन्त, आसेपासे, कार्यकर्तालाई मनपरी तरिकाले करारमा कर्मचारी नियुक्त गर्दै आएका छन्। तर, सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनले ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने व्यवस्था गरेको हो। ऐनको दफा १५ को उपदफा (१) मा यो ऐन प्रारम्भ भएपछि कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने उल्लेख गरिएको छ। उपदफा (१) विपरीत कसैले कुनै व्यक्तिलाई नियुक्ति गरेमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य स...
सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, कन्चनपुर, कैलाली, खेलकुद, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी - एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ।   सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन्।   यस्तै वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, धु्रव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन्। हालै सम्पन्न प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई टोलीमा समोवश गरिएको हो। प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भए...
बाजुराको बडिमालिका मन्दिर सेनाले निर्माण गर्दै

बाजुराको बडिमालिका मन्दिर सेनाले निर्माण गर्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरा– नेपाली सेनाले बाजुराको बडिमालिका मन्दिर निर्माणको काम तीब्र पारेको छ । धार्मिक पर्यटकिय तथा ऐतिहासिक स्थलका रुपमा रहेको बडिमालिका क्षेत्रमा नेपाली सेनाले मन्दिर निर्माणको काम गर्न थालेको हो । बडिमालिकाको पुरानो जीर्ण मन्दिर भत्काएर त्यसैमा नयाँ निर्माण सुरु गरिएको मन्दिरका पुजारी नेत्र उपाध्यायले बताए । २०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भए पनि भौगोलिक विकटता लगायत विभिन्न समस्याले निर्माण हुन सकेको थिएन । विगतमा पुरातत्व विभाग, संघीय सरकार, प्रदेश सरकारले मन्दिर निर्माणका लागि पहल गरेको भए पनि निर्माण हुन नसकेको पुजारी उपाध्यायको भनाइ छ । यसअघि सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो । तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण कार्य हुन सकेको थिएन । यो पटक भने नेपाली सेनाको सक्रियतामा मन्दिर निर्माण कार्य तीव्र पारिएको छ । पुरानो मन्दिर भत्क...
देवता आएको भन्दै नदीमा हामफाल्दा एक युवकको मृत्यु

देवता आएको भन्दै नदीमा हामफाल्दा एक युवकको मृत्यु

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा- बाजुराको बुढीगंगा नदीमा डुबेर एक युवकको ज्यान गएको छ। खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षीय गणेश नेपालीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। गणेश नेपाली विगत केही दिनदेखि त्रिवेणी नगरपालिका–८ स्थित त्रिवेणीधाममा पितृकार्यका लागि बसिरहेका थिए। पितृ आए भनेर वर्ष ३२ की अञ्जली नेपालीले नदीमा हाम फालेकी थिइन्। उनलाई बगाउँदै लगिरहेको देखेपछि बचाउन गएका गणेश नदीमै डुबेर ज्यान गुमाएका हुन्। घटनामा वर्ष २७ का दीपक नेपाली र अञ्जली नेपाली गम्भीर घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ। गणेश नेपालीलाई उद्धार गरेर अछामको बयालपाटा अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। बाजुरामा देवीदेवता र पितृका नाममा भइरहेका अन्धविश्वासका घटनाहरूले चिन्ता बढाएका छन्। यसअघि पनि यस्तै विश्वासका कारण दुई जना ...
गेटा आँखा अस्पताल मार्तडी शाखाका प्रमुख लागुऔषधसहित पक्राउ

गेटा आँखा अस्पताल मार्तडी शाखाका प्रमुख लागुऔषधसहित पक्राउ

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— गेटा आँखा अस्पतालको बाजुरा, मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कुमार निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन्। धनगढीको चौराहाबाट शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बानियालाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो। प्रहरीले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानिया र बाजुराको त्रिणेवी नगरपालिका–८ का २५ वर्षीय मेकेन्द्र गिरीलाई एकसाथ पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार, धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा बानियाले चलाएको लु.प्र.प्र. ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा, पछाडि सवार गिरीले बोकेको झोलाबाट प्लास्टिकमा बेरेर लुकाइ राखिएको १० ग्राम खैरो हेरोइन र प्लास्टिक बाहेक थप ८.८ ग्राम लागुऔषध बरामद गरिएको हो। हाल दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरील...
बाजुरामा ९ महिनामा विपद्बाट १३ को ज्यान, करोडौंको क्षति

बाजुरामा ९ महिनामा विपद्बाट १३ को ज्यान, करोडौंको क्षति

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा— बाजुरामा चालु आर्थिक वर्षको ९ महिनामा बाजुरामा विभिन्न विपद्बाट १३ जनाले ज्यान गुमाएका छन्। यिनै घटनाबाट करिब एक करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ। भूकम्प, पहिरो, बाढी, आगलागी, चट्याङ, हावाहुरीलगायतका प्राकृतिक विपद्बाट ठूलो मात्रामा धनजनको क्षति भएको तथ्यांकले देखाएको छ। सुरक्षा निकायका अनुसार सबैभन्दा धेरै घटना बाढी, पहिरो र आगलागीका कारण भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट एक जनाको ज्यान गएको छ भने चट्याङ लागेर २ जनाको मृत्यु र ५ जना घाइते भएका छन्। पहिरोमा परेर ४ जना घाइते भएका छन्। सबैभन्दा धेरै घटना भीरबाट लडेका छन्— जसमा ६ जनाले ज्यान गुमाएका छन् र ८ जना घाइते भएका छन्। त्यस्तै, रुखबाट लडेका कारण १ जनाको मृत्यु र ४ जना घाइते भएका छन्। जंगली जनावरको आक्रमणमा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन्। अन्य विभिन्न कारणले २ जनाको मृ...
बाजुरामा आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी

बाजुरामा आँखाको ज्योति फर्किएपछि बुढापाका खुसी

Breaking News 1, ताजा अपडेट, बाजुरा, समाचार, सुदूरपश्चिम
बाजुरा– लामो समयपछि आफ्नो आँखाको ज्योति फर्किएपछि बाजुराको दुर्गम गाउँबस्तीका बुढापाका खुसी भएका छन्। मोतीविन्दुका कारण लामो समयदेखि आँखा नदेख्ने समस्या भोग्दै गरेका त्यहाँका बुढापाकाको अहिले गाउँमै आँखाको अपरेसन भएर ज्योति फर्किएपछि उनीहरू खुसी देखिएका हुन्। आर्थिक अवस्था कमजोर भएका कारण आफैँ उपचार गर्न नसक्दा उनीहरू लामो समयदेखि घरमै अन्धो अवस्थामा बस्न बाध्य भएका थिए। यही अवस्थालाई ध्यानमा राख्दै हिमाली गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग र रुइत फाउन्डेसन काठमाडौँको आर्थिक सहयोगमा त्यहाँका दुर्गम गाउँबस्तीका स्थानीयलाई गाउँमै निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ। ७० वर्षीय स्थानीय जयसुर भण्डारीले मोतीविन्दुका कारण आफूले आँखाको ज्योति गुमाएको बताउँदै गाउँमै आएको यो निःशुल्क आँखा शिविरमा आँखा देख्न थाले...
बाजुरामा बाघको आक्रमणबाट ८ वर्षीय रावतको मृत्यु

बाजुरामा बाघको आक्रमणबाट ८ वर्षीय रावतको मृत्यु

Breaking News 3, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा- बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ।जिल्लाको खप्तड छेडेदह गाउँपालिका-३ धुरतोला वस्ने दिल्लीबहादुर रावतका ८ वर्षीय छोरा बिजय रावतको मृत्यु भएको हो। बालकलाई सोही ठाउँको सेली घरदेखि अन्दाजी २ किलोमिटर टाढा रहेको छानो (गोठ) को आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरी  अन्दाजी १५० मिटर टाढा लगेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।...
बाजुराका भूकम्प प्रभावितलाई दोस्रो किस्ता दिइने

बाजुराका भूकम्प प्रभावितलाई दोस्रो किस्ता दिइने

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा– जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले भूकम्प प्रभावितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृह मन्त्रालयबाट आएको रकम एक हजार चार सय ७३ जना भूकम्प प्रभावितलाई प्रदान गर्नेगरी पालिकालाई वितरण गर्ने निर्णय गरिएको हो । बाजुराका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्याङ्क अद्यावधिक नभएकाले पालिकाका प्रभावितहरूका लागि भने रकम नआएको उहाँले बताउनुभयो । उहाँका अनुसार त्रिवेणी नगरपालिकाका लागि २८ लाख २५ हजार, बुढीगङ्गा गाउँपालिकाका लागि ८६ लाख र बुढीनन्दा नगरपालिकाका लागि १३ लाख ५० हजार रुपैयाँ आएकाे छ । त्यस्तै गौमूल गाउँपालिकाका लागि १३ लाख ७५ हजार, खप्तड छेडेदह गाउँपालिकाका लागि दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकाका ल...
बाजुरा र दार्चुलामा सवारी दुर्घटना,, २ जना घाइते

बाजुरा र दार्चुलामा सवारी दुर्घटना,, २ जना घाइते

Breaking News 1, Breaking News 2, ताजा अपडेट, दार्चुला, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बाजुरा र दार्चुलामा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बाजुरामा मंगलवार दिउँसो करिब साढे ४ बजेको समयमा बडीमालिका नगरपालिका ६ बिरेखोला नजिकै मोटरसाइकल दुर्घटनामा हुँदा एक जना घाइते भएका छन् । जिल्लाको बुढीगंगा नगरपालिका ९ जुवापानीका अन्दाजी २२ बर्षका राजेन्द्र सिंहले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालक सिंह गम्भीर घाइते भएका हुन । सदरमुकाम मार्तडीबाट जादैँ गरेको अवस्थामा सिंहले चलाएको सु.प. प्र ०१–०११ प ६९४० नम्बरको मोटरसाइकल अन्यन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनको टाउको, खुट्टामा चोट लागेको छ । घाइते युवकको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ । यस्तै दार्चुलामा जीपले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाईते भएका छन् । जिल्लाको महाकाली राजमार्ग अन्तरगत मालिकार्जुन गाउँपालिका- १ बेतमा गोकुलेश्वरबाट दा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज