Advertisement

Author: सत्यराज सिंह

सत्यराज सिंह विगत सात वर्षभन्दा बढी समयदेखि बझाङ जिल्लामा सक्रिय रूपमा पत्रकारिता गर्दै आउनु भएको अनुभवी फोटो पत्रकार हुनुहुन्छ । हाल उहाँ फोटो पत्रकार बझाङका अध्यक्ष तथा इन्सेक बझाङका प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ । उहाँसँग बझाङका विभिन्न एफएम रेडियो, पत्रपत्रिका तथा राष्ट्रिय प्रसारक रेडियो नेपालसँग समेत काम गरेको उल्लेखनीय कार्यअनुभव रहेको छ। स्थानीय मुद्दा, मानवअधिकार, सामाजिक तथा विकाससम्बन्धी विषयवस्तुलाई शब्दमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्नु उहाँको पत्रकारिताको विशेषता हो ।
बझाङका रणनीतिक सडकमा बजेट माग गर्दै सांसद ऐन महर

बझाङका रणनीतिक सडकमा बजेट माग गर्दै सांसद ऐन महर

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङका प्रतिनिधिसभा सदस्य ऐनबहादुर महरले जिल्लाका रणनीतिक सडक आयोजनाहरू आगामी आर्थिक वर्षको बजेटसहित योजनामा समावेश गर्न माग गरेका छन् । उनले सडक विभागलाई पत्र लेख्दै बझाङमा सडक पूर्वाधार विकास अझै सुस्त रहेको उल्लेख गरेका हुन् । महरका अनुसार २०४१/४२ सालदेखि निर्माण सुरु भएको खोड्पे–बझाङ (जयपृथ्वी राजमार्ग) अझै प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्य महत्वपूर्ण सडक आयोजनाहरू पनि ढिलाइमा रहेको उनले बताएका छन् । उनले बैतडीको अनारखोलास्थित सडक आयोजना कार्यालय बझाङमै सार्नुपर्ने माग गर्दै स्थानीय स्तरबाटै आयोजना सञ्चालन भए काम छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे, आगामी बजेटमा खोड्पे–बझाङ सडक स्तरोन्नति तथा कालोपत्रे, खुटिया–दिपायल–चैनपुर सडकअन्तर्गत बझाङ–झनाना–दिपायल खण्ड सुधार, बित्थड–बुङ्गल–छविस हुँदै जयपृथ्वी नगरपालिका जोड्ने सडक,वागथला–बुङ्गल–गन्नैलेक हुँदै दार्चु...

नेकपा एमाले बझाङ इन्चार्जमा ऐन महर

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
बझाङ: नेकपा एमालेले बझाङ जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य ऐन महरलाई दिएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महरलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । केन्द्रीय कमिटी सदस्यसमेत रहेका महर पूर्व अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन् । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा एमाले बझाङले महरसहित तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । महरले बझाङमा सोमबारदेखि निर्वाचन केन्द्रित प्रचार–प्रसार अभियान पनि सुरु गरिसकेका छन् ।...
पराजयपछि पुनः मैदानमा ऐन महर, आजबाट सुरू गरे प्रचारप्रसार अभियान

पराजयपछि पुनः मैदानमा ऐन महर, आजबाट सुरू गरे प्रचारप्रसार अभियान

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जनता भेटघाट तथा प्रचारप्रसार अभियान सुरु गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महरले छविसपाथिभेरा गाउँपालिका १ बाट अभियानको औपचारिक सुरुआत गरेका हुन्। शनिबार फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले बझाङबाट महरसहित तीन जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका महर पुनः सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएका छन् । अभियानको पहिलो दिन स्थानीयहरू सँगको भेटघाटमा महरले विकास र समृद्धिका मुद्दामा आफु प्रतिबद्ध रहेको बताए। उनले भने, ´बझाङको समग्र विकासका योजनालाई पूर्णता दिनु मेरो प्राथमिकता हो । तपाइहरू को विश्वास र साथ पाए परिवर्तन सम्भव छ भन्नेमा म विश्वस्त छु ।` उनले जनताको सुझाव र गुनासोलाई आत्मसात गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमसहित गाउँ–गाउँ पुग्ने ब...
बझाङमा विज्ञान पत्रकारिता तालिम सुरु

बझाङमा विज्ञान पत्रकारिता तालिम सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको सदरमुकाम चैनपुरमा विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तीनदिने तालिम सोमबारदेखि सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा सुरु भएको तालिमको उद्घाटन जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले गरेका थिए । उद्घाटन कार्यक्रममा नगर प्रमुख बजालले विज्ञान पत्रकारिता समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । तालिममा जिल्लामा क्रियाशील अग्रज पत्रकारसहित करिब ३० जना स्थानीय पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिममा वरिष्ठ पत्रकार अरुण कार्की र वैज्ञानिक डा. प्रयत्न पोख्रेललगायतले प्रशिक्षण दिइरहेका छन् । विकसित विज्ञान र प्रविधिको युगमा विज्ञान पत्रकारिताको महत्व बढ्दै गएको बताउँदै नास्टका मुख्य वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले वैज्ञानिक अनुसन्धान र उपलब्धिलाई सर्वसाधारणसम्म पु¥याउन पत्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज