
दार्चुलामा चालू आर्थिकको १० महिनासम्म भिरबाट लडेर १३ जनाको मृत्यु
धनगढी- दार्चुलामा १० महिनाको अवधिमा भिरबाट लडेर १३ जनाको मृत्यु भएको छ। जिल्लामा चालु आर्थिक वर्षको असार देखि चैत्र ५ गते सम्म भीरबाट लडेर १३ जनाको मृत्यु भएको हो ।
साउन महिनामा १ जनाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। त्यस्तै भदौ महिनामा २ जना, मंसिर महिनामा ३ जना, पुषमा १ जना, माघमा ३ जनाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ। त्यस्तै फागुन महिनामा २ जना र चैत्र महिनाको हाल सम्म १ जनाको भीरबाट लडेर मृत्यु भएको छ।...