Advertisement

दार्चुला

दार्चुलामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै, झन्डै १ हजार ३ सय मतदाता थपिए

दार्चुलामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै, झन्डै १ हजार ३ सय मतदाता थपिए

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलामा मतदाता नामावली दर्ता गर्नेहरुको संख्या बढ्दै गएको छ । नामावली दर्ता गर्ने समय सकिनैं लाग्दा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न आउनेहरूको संख्या बढ्दै गएको हो । फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधि सभा निर्वाचन लक्षित भइरहेको अध्यावधिक कार्यमा बुधबार सम्म करिब १ हजार ३ सय मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले बताए । जोशीका अनुसार गत असोज १० देखि बुधरबार कार्यालय समय सम्म ७ सय ९ पुरुष र ५ सय ७९ महिला गरि १ हजार २ सय ८८ जना नयाँ मतदाता थपिएका छन् । त्यस्तै १६ जना अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालय दार्चुलाबाट मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यस अघि कार्तिक ३० गते सम्म अद्यावधिक गर्ने समय तोकिएकोमा नाम दर्ता गराउनेको संख्यालाई लक्षित गरि आयोगले मंसिर ५ गते भोली सम्म समय थपेको थियो ।...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार (कात्तिक २०) राति १० बजेर ४० मिनेट जाँदा दार्चुलाको तावाघाट क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प आएको हो। भूकम्पको धक्का स्थानीयवासीले स्पष्ट रूपमा महसुस गरेका थिए। हालसम्म क्षति सम्बन्धी विवरण भने प्राप्त भएको छैन।...
दार्चुलाको अपिहिमाल गाउँपालिका राष्ट्रियस्तरमा सम्मानित, पर्यटन विकासमा उत्कृष्ट

दार्चुलाको अपिहिमाल गाउँपालिका राष्ट्रियस्तरमा सम्मानित, पर्यटन विकासमा उत्कृष्ट

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका पर्यटन विकासमा देशभरका स्थानीय तहमध्ये उत्कृष्ट भएको भन्दै नेपाल सरकारले राष्ट्रियस्तरमा सम्मान गरेको छ। बिश्व पर्यटन दिवशको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा योगदान पुगाउने विभिन्न क्षेत्रमा रहेका ब्यक्ति तथा संघ संस्थाहरुलाई प्रोत्साहन स्वरुप सम्मानित गर्ने गरेकोमा यो बर्ष देशभरका स्थानीय तहहरुमध्ये अपिहिमाल गाँउपालिकाले उत्कृष्ट पालिकाको सम्मान पाएको हो । गाँउपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले पर्यटन विकासमा उत्कृष्ट पालिकाको सम्मानपत्र मन्त्रालयमै पुगेर मन्त्रालयका सचिव हरि प्रसाद मैलानीबाट ग्रहण गरेका छन् । पर्यटन दिवसका अवसरमा गत सेप्टेम्बर २७ मा गाँउपालिका उत्कृष्ट घोषित भएपनि सहभागी हुन नसकिएकाले आज आफुले मन्त्रालयमै पुगेर सम्मानपत्र ग्रहण गरेको अध्यक्ष बोहराले बताए । गाउँपालिकाले पछिल्ला तीन वर्ष...
दार्चुलामा अनलाइनमार्फत नागरिकताको सिफारिस व्यवस्था सुरू

दार्चुलामा अनलाइनमार्फत नागरिकताको सिफारिस व्यवस्था सुरू

Breaking News 2, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुलामा वडातहबाटै अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस दिने व्यवस्था सुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका ९ स्थानीय तहका ६१ वडामध्ये हालसम्म ३३ वडाबाट यो प्रणाली सञ्चालनमा आएको छ। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार नौगाड गाउँपालिकाका सबै ६ वडाबाट, मालिकार्जुनका ८ मध्ये ७, महाकाली र शैल्यशिखर नगरपालिकाका ९,९ वडामध्ये ५,५ वडाबाट अनलाइन सिफारिस सेवा सुरू गरिएको हो। त्यस्तै, दुहुँ गाउँपालिकाका ५ मध्ये २, लेखमका ६ मध्ये ३, व्यासका ६ मध्ये १ र मार्मा तथा अपीहिमाल गाउँपालिकाका समान २,२ वडाबाट सेवा उपलब्ध भएको छ। प्रजिअ पौडेलका अनुसार अनलाइन प्रणाली सुरू भएपछि कागजात अभावका कारण सेवाग्राही खाली हात फर्किनुपर्ने समस्या हटेको छ। यसले अभिलेखीकरण र सेवा प्रवाह दुवैमा सहजता ल्याएको प्रशासनले जनाएको छ।...
सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

Breaking News 1, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५, मकरीगाड अहिले दार्चुलाको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित भएको छ। करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहित आधुनिक बजार बनेको छ। विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले स्थानीय अर्थतन्त्रमा नयाँ गति दिएको हो। व्यापारी धनसिंह लोथ्यालका अनुसार सडक पुगेपछि मकरीगाडमा बिहानदेखि साँझसम्म चहलपहल बढेको छ। “पहिले खाना–बासकै व्यापार थियो, अहिले सबै किसिमका सामान यहाँ पाउन सकिन्छ,” उनले भने। धनगढीबाट आउने रात्रिकालीन जिपहरू बिहानै मकरीगाड पुग्ने गरेका छन्। विटुले–पारिबगर–मकरीगाड सडकखण्डमा अहिले पारिबगरसम्म ग्राभेल र त्यसपछाडि कच्ची सडक सञ्चालनमा छ। नियमित रूपमा मालबाहक ट्रकहरू मकरीगाडसम्म पुग्ने गरेका छन्। स्थानीय व्यापारी विसनसिंह धामीका अनुसार विद्युत्...
दार्चुलामा चरेससहित एक व्यक्ति पक्राउ

दार्चुलामा चरेससहित एक व्यक्ति पक्राउ

Breaking News 2, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलामा चरेससहित एक व्यक्ति पक्राउ परेका छन्। जिल्लाको दुहु गाउँपालिका–६ झोलुङ्गे पुलबाट सोही स्थानका ५६ वर्षीय हर्कबहादुर बमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट शनिवार करिब ४८० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

Breaking News 1, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको मौलिक तथा ऐतिहासिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पर्वको पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर तयार पारिने बिरुडा भिजाएर गौराको सुरुवात गर्ने चलन छ। यस दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ। पर्वअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाइन्छ। त्यसपछि भाँडाभित्र बिरुडा राखी देवी गौरीलाई अर्पण गरिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिने चलन छ। गौरा पर्व पुत्रदा एकादशीपछि भदौ महिनाको बिरुडा पञ्चमीका दिनदेखि सुरु हुन्छ। यसअघि एक महिना शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने परम्परा रहिआएको छ। बिरुडा भिजाउँदा गाउँघरमा मंगल गीत गाउँने र सगुन बाँड्ने प्रथा छ। यस पर्वमा पुरुषको व्रतबन्ध जस्तै महिलाले दुवधागो (रक्षासूत्र) बाँध्ने गर्छन्। साथै, महिलाले व्रत बसेर गौरीलाई पूजाआर्चना गरी दीर्घायु, परिवार सुख–शान्ति र स...
दार्चुलामा गोकुलेश्वर विमानस्थल पुनर्निर्माण अलपत्र,  तत्कालै सञ्चालनमा ल्याउन स्थानीयको माग

दार्चुलामा गोकुलेश्वर विमानस्थल पुनर्निर्माण अलपत्र, तत्कालै सञ्चालनमा ल्याउन स्थानीयको माग

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- करिब तीन दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको काम बजेट अभावका कारण अलपत्र परेको छ। शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा रहेको विमानस्थलमा चार वर्षअघि केएस कन्स्ट्रक्सन प्रालि धनगढीले फिलिङ र ग्याबिनको काम सुरु गरे पनि त्यसपछि बजेट नआएपछि निर्माण कार्य अलपत्र परेको हो। २०४६ सालमा सञ्चालनमा आएको विमानस्थल २०५० सालदेखि बन्द छ। २०६० सालदेखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण भइसकेको छ। भवन भग्नावशेषमा परिणत भएको छ भने धावनमार्ग (रनवे) खेलमैदान र गौचरनमा रूपान्तरण भएको छ। आर्थिक वर्ष २०७७/७८ मा अर्थ मन्त्रालयले पुनर्निर्माणका लागि ५० करोड ४९ लाख ४९ हजार बजेट सुनिश्चित गरे पनि पछिल्ला वर्षमा निकासा नहुँदा कार्य प्रगति न्यून भएको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले बताए। हवाई सेवा सञ्चालन भए दार्चुलासहित बैतडी र बझाङका नागरिकले सुव...
दार्चुलामा २ करोड ८४ लाख भन्दाबढी रकम अपचलनको आरोपमा बैंकका चार कर्मचारी पक्राउ

दार्चुलामा २ करोड ८४ लाख भन्दाबढी रकम अपचलनको आरोपमा बैंकका चार कर्मचारी पक्राउ

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार जना कर्मचारी पक्राउ परेका छन्। ठूलो रकम अपचलन गरेको अभियोगमा शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनञ्जय पन्त र अम्बादत्त पन्त पक्राउ परेका हुन् । महालक्ष्मी विकास बैंकले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक तथा प्रवक्ता छत्र रावतले जानकारी दिए। अदालतबाट सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको छ। चारै जनाको मिलेमतोमा दुई करोड ८४ लाख ७६ हजार नौ सय २ रुपैयाँ अपचलन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीवार गोकुलेश्वर पुगेपछि भएको अनुसन्धानमा उनीहरूले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म “वान एक्स बेट” मा बैंकको रकम लगानी गरेको पाइएको हो। बैंकको मूल खातामा मौज्दात रकम देखाएर गैर...
दार्चुलाका करार कर्मचारीको सम्झौता नवीकरण नहुँदा सेवा प्रभावित

दार्चुलाका करार कर्मचारीको सम्झौता नवीकरण नहुँदा सेवा प्रभावित

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलाका नौ वटै स्थानीय तहमा कार्यरत एक हजार २८९ जना करार सेवाका कर्मचारीहरूको सम्झौता नवीकरण नहुँदा जनसेवामा असर परेको छ। अपिहिमाल गाउँपालिकाबाहेक अन्य कुनै पनि पालिकाले नयाँ आर्थिक वर्षमा कर्मचारी नियुक्ति नवीकरण गरेका छैनन्। करार नवीकरण नहुँदा विशेष गरी स्वास्थ्य सेवा प्रभावित भएको स्थानीय तहहरूले जनाएका छन्। केही पालिकामा भने सम्झौता नविकरण नभए पनि करार कर्मचारी अझै काम गरिरहेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले चालु आवदेखि करार वा ज्यालादारी कर्मचारी नियुक्तिका लागि स्वीकृत दरबन्दी रिक्त भए मात्र प्रदेश सरकारबाट सहमति लिएर नियुक्ति गर्न सकिने व्यवस्था गरेको छ। प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १५ (उपदफा ९३००) अनुसार करार वा ज्यालादारी नियुक्तिका लागि प्रदेश सरकारसँग स्वीकृति लिनुपर्ने कानुनी प्रावधानले पालिकाहरूमा अन्योल उत्पन्न भएको हो। अपिहिमाल...
सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण शुल्क दुई वर्षका लागि मिनाहा

सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण शुल्क दुई वर्षका लागि मिनाहा

Breaking News 3, कर्णाली प्रदेश, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम र कर्णाली प्रदेशमा अवस्थित हिमालहरूको आरोहण शुल्क अब दुई वर्षसम्म लाग्ने छैन। पर्यटन प्रवर्द्धन तथा हिमाली क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारले यी प्रदेशका सबै हिमाल आरोहण गर्दा लाग्ने शुल्क (सलामी दस्तुर) आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तबहादुर सिंह (ठेकरे) बोहराका अनुसार, सुदूरपश्चिममा हिमाली पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि हालसम्म ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको सफल आरोहण हुन नसकेको अवस्था छ। यसैले अपिहिमाल गाउँपालिकाले २०८२ वैशाख २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागलाई आरोहण दस्तुर छुट गर्न विशेष अनुरोध गरेको थियो। सरकारले उक्त अनुरोधअनुसार साउन १२ गते बसेको मन्त्री परिषद्को बैठकबाट निर्णय गरेको हो। उक्त निर्णय अनुसार, सुदूरपश्च...
दार्चुलाको अपीहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

दार्चुलाको अपीहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलास्थित अपीहिमाल गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग औपचारिक सम्झौता गर्दै सुदूरपश्चिम प्रदेशमै सामाजिक सुरक्षाको दायरामा प्रवेश गर्ने पहिलो गाउँपालिका बन्न सफल भएको छ। साउन १२ गते सम्पन्न उक्त सम्झौता पश्चात अपीहिमाल गाउँपालिकामा कार्यरत १५० भन्दा बढी करार सेवाका कर्मचारी, स्वयंसेवक शिक्षक तथा अन्य अस्थायी श्रमिकहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन्। गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार अब ती कर्मचारीहरूले निवृत्तिभरण, बीमा तथा उपचार खर्चजस्ता सामाजिक सुरक्षा सुविधाहरू प्राप्त गर्नेछन्। अध्यक्ष ठेकरेले यो सम्झौतालाई कर्मचारीहरूको हकहित सुनिश्चित गर्ने दिशामा "एक निर्णायक कदम"को रूपमा वर्णन गरे। उनले भने, “यसले कर्मचारीहरूको भविष्य सुरक्षित गर्नुका साथै उनीहरूलाई थप उत्साहका साथ सेवा प्रवाह गर्न प्रेरित गर्नेछ।” सामाजिक सुरक्षा कोषमा आबद्धतापछि कर्मचारी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज