
धनगढीमा आजदेखि सीप तथा रोजगार मेला सञ्चालन हुँदै,,सहभागी प्रशिक्षार्थीलाई २९ विषयमा तालिम दिइने
कैलालीको धनगढीमा आजदेखि सीप तथा रोजगार मेला सञ्चालन हुँदै छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सीप तथा रोजगार मेला सञ्चालन हुन लागेको हो । धनगढीस्थित खुला मञ्चमा सञ्चालन हुने मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन कार्यक्रम रहेको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रोजगार मेलाका लागि नौ जिल्लाका ४७ स्थानीय तहबाट ४ हजार ८ सय ३० जनाले आवेदन दिएकोमा ३९ पालिकाका एक हजार ४० जना छनोट भएको बताए । उनका अनुसार सहभागी प्रशिक्षार्थीहरूलाई २९ विषयमा तालिम दिइने छ ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले तालिम ४० दिनसम्म चल्ने जानकारी दिए । जसमा ३० दिन विभिन्न विधामा सिपमुलक तालिम, पाँच दिनसम्म जिवन उपयोगी र उद्यमशिलता विकास सम्बन्धी तालिम दिइनेछ भने दुई दिन रोजगारदाता र तालिमप्राप्त युवाहरुबिच अन्तक्रिया गरिने पाठकले जानकारी दिए ।
युवाहरुल...