Advertisement

बझाङमा विज्ञान पत्रकारिता तालिम सुरु

Advertisement

बझाङ : बझाङको सदरमुकाम चैनपुरमा विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तीनदिने तालिम सोमबारदेखि सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा सुरु भएको तालिमको उद्घाटन जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले गरेका थिए ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख बजालले विज्ञान पत्रकारिता समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । तालिममा जिल्लामा क्रियाशील अग्रज पत्रकारसहित करिब ३० जना स्थानीय पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिममा वरिष्ठ पत्रकार अरुण कार्की र वैज्ञानिक डा. प्रयत्न पोख्रेललगायतले प्रशिक्षण दिइरहेका छन् ।

विकसित विज्ञान र प्रविधिको युगमा विज्ञान पत्रकारिताको महत्व बढ्दै गएको बताउँदै नास्टका मुख्य वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले वैज्ञानिक अनुसन्धान र उपलब्धिलाई सर्वसाधारणसम्म पु¥याउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए । नास्टले जैविक स्रोत, पर्यावरण, भौतिक तथा प्राकृतिक विज्ञान, सौर्य, जैविक तथा वायु ऊर्जा लगायत क्षेत्रमा अनुसन्धान गर्दै आएको उनको भनाइ छ ।

उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य चन्दा जोशी, जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी, नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष डिवी विष्टलगायतले मन्तव्य राख्दै पत्रकारहरुले गुणस्तरीय र जिम्मेवार भएर विज्ञान समाचार लेखनमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज