Advertisement

Breaking News 1

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको सुर्नया गाउँपालिका- ६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका- ८ साँडीघाटी नजिकै सोमबार बिहान १० बजे दुर्घटना भएको हो । सो दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका -१ का २४ बर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका - ३ का १३ बर्षीय राकेश रावल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । जिप आँफै अनियन्त्रित भएर सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा सवार अन्य सबै घाइते रहेका र घाइतेहरुको संख्या पनि एकीन हुन बाँकी रहेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटना...
प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- प्रगतिशील लोकतान्त्रिक पार्टीले अछाम जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला पार्टी कार्यालय अछामले सोमबार सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय, धनगढी कैलालीलाई पत्र पठाउँदै अछामका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको हो। जिल्ला बैठकको निर्णयअनुसार आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट दिपकबहादुर साउँद र निर्वाचन क्षेत्र नम्बर २ बाट पुष्पराज न्यौपानेलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको पत्रमा उल्लेख छ। दिपकबहादुर साउँद रामारोशन- ६ भाटाकटिया निवासी हुन् भने पुष्पराज न्यौपाने तुर्माखाँद-६ रानीवन निवासी रहेका छन्। पार्टीको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारी टुंगो लगाइदिन प्रदेश पार्टी कार्यालयलाई अनुरोध गरिएको छ। उक्त पत्रमा जिल्ला प्रमुख जीवन विक्र...
देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना भ्रामक भएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान जारी गरेको विज्ञप्तिमा सभापति विशेष महाधिवेशनमा जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमार्फत केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले सभापति शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेका छन्। उक्त कार्यक्रममा पार्टी सभापति सहभागी हुने कुनै कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।” नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसप्रति असन्तुष्टि जनाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा...
काठमाडौंमा प्रथम नौबिस्या कप सञ्चालन हुँदै, प्रथम पुरस्कार २१ हजार नौबिस

काठमाडौंमा प्रथम नौबिस्या कप सञ्चालन हुँदै, प्रथम पुरस्कार २१ हजार नौबिस

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- काठमाडौंमा प्रथम नौबिस्या कप २०८२ सञ्चालन हुनेभएको छ । सुदूरपश्चिमेलीहरूको विशेष पर्व माघीको अवसरमा बझाङ जिल्ला स्तरीय प्रथम नौबिस्या कप खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो । थलिनौबिस काठमाडौं युवा सञ्जालले आयोजना गर्न लागेको प्रतियोगिता माघ १ गतेदेखि काठमाडौंको ल्यावरेटरी स्कुल किर्तिपुरमा हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार नौबिस, द्वितीय पुरस्कार ९ हजार नौबिस को व्यवस्था गरिएको छ । टिम दर्ता शुल्क २ हजार नौबिस तोकिएको छ। यसैगरी उत्कृष्ट विधाका खेलाडीलाई समेत विशेष पुरस्कारको व्यवस्था रहेको आयोजकले एक सूचना मार्फत जनाएको छ। प्रतियोगितामा बझाङभरका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराकासाथ आयोजना गर्न लागिएको प्रतियोगिताले खेलाडीको प्रतिभा प्रस्फुटन, क्रिकेट खेलको सर्वाङ्गिणि विकास गर्ने अपेक्षा ग...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । सरकारले आज सार्वजनिक बिदा दिएको छ । १७७९ सालमा जन्मिएका शाहको आज ३ सय ४औँ जन्मजयन्ती हो । उहाँले आधुनिक नेपालको एकीकरणमा पुर्‍याएकाे योगदानको स्मरण गर्दै प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिन्छ । पृथ्वी जयन्तीको अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिन्छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डामा पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको...
कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका- १ हसुलियामा रहेको कालिका कृषि सहकारी संस्था लिमिटेडको वार्षिकोत्सब सम्पन्न भएको छ। संस्थाको १६ औं वार्षिकोत्सब एक कार्यक्रमकाबीच सनिवार सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको वार्षिक आयव्यय प्रस्तुत गरिएको थियोे । कार्यक्रमबाट नयाँ नेतृत्व समेत चयन गरिएको छ। नृप बहादुर ठकुल्लाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समिति उपाध्यक्ष रामबहादुर बोहरा, सचिवमा सुरेशचन्द महतो, कोषाध्यक्षमा रत्ना बोहरा र सह-सचिवमा गोकुल शर्मा चयन भएका छन् । समिति सदस्यमा क्रमशः राजन प्रसाद घिमिरे, आशा देवी चौधरी , तिकल चौधरी, धनबहादुर थापा रहेका छन् । यस्तै लेखा समिति संयोजकमा धनबहादुर थापालै नै जिम्मेवारी दिइएको छ ।...
रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
२०८२ पुस २६ ,गते आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फ बाट कैलाली क्षेत्र नं.४ मा जिल्ला सचीव खेमराज कोइराला आकांक्षी देखिएका छन् । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा यसपटक पुरानादेखी नयाँ केही अनुहारले चुनावमा आकांक्षा राखेका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले ति आकांक्षीहरुको नाम क्षेत्रीय कार्यसमिति, जिल्ला, प्रदेश समिति हुँदै केन्द्रिय समिति समक्ष पठाउने ब्यवस्था रहेको छ । कैलाली क्षेत्र नं.४ का जनता ले थुप्रै पटक विभिन्न राजनीतिक दलका नेतालाई जिताए पनि जनताका माग अनुरुप काम भने भएका छन् । त्यसै स्वरुप जनता ले यसपटक हुने प्रतिनिधि सभा निर्वाचन मा नयाँ अनुहार ल्याउने संकेत देखाएको बुझिन्छ् । फागुन २१ गते हुने निर्वाचन का लागि अहिले सम्पुर्ण राजनितीक दलले उम्मेदवार टुङ्गाउने ,चुनावी चहलपहल बढाएका छन् । यता कैलाली क्षेत्र नं.४ मा पनि राष्ट्रिय स्वतन्...
बैतडीको सुर्नया गाउँपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन

बैतडीको सुर्नया गाउँपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडीको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो । त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको छ । गत पौष ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत खगेन्द्र भारतीलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । तर भारती गाउँपालिकामा हाजिर नहुँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा भएको छ । भारती जिल्ला निर्वाचन कार्यालयमा आइसकेका छन् । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरू रोकिएका गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा समेत समस...
तराईका धेरै ठाउँमा हुस्सु, चिसोले जनजीवन प्रभावित

तराईका धेरै ठाउँमा हुस्सु, चिसोले जनजीवन प्रभावित

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– तराई-मधेशका धेरैजसो ठाउँमा आज हुस्सु लागेको छ । सुदूरपश्चिम, कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भागमा हुस्सु-कुहिरो तथा बाँकी तराई भागका थोरै ठाउँमा हुस्सु लागेको हो । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमको कैलाली कञ्चनपुर सहित देशभर चिसो बढेको छ । बाक्लो हुस्सु र चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। चिसोका कारण बिहान–बेलुका सवारी आवागमनमा समस्या देखिएको छ भने बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन्। चिसो बढेसँगै विद्यालय, बजार र दैनिक कामकाजसमेत प्रभावित बनेको छ। साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । चिसोबाट जोगिन न्यानो कपड...
एक्यानले पायो नयाँ नेतृत्व: अध्यक्षमा तिवारी, महासचिवमा फुयाल

एक्यानले पायो नयाँ नेतृत्व: अध्यक्षमा तिवारी, महासचिवमा फुयाल

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ : सक्रिय शैक्षिक परामर्श सङ्घ नेपाल (एक्यान) को तेस्रो वार्षिक साधारण सभाबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्विरोध चयन भएको छ। संस्थाका सम्पूर्ण पदमा निर्धारित संख्यामा मात्र उम्मेदवार दर्ता भएकाले प्रमुख निर्वाचन अधिकृत अधिवक्ता हरेराम लामिछानेले पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरू निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो। नयाँ कार्यसमितिको अध्यक्षमा किशोर तिवारी निर्विरोध चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा मेघराज शाही र रमेश पाठक चयन हुनुभएको छ भने महासचिवमा दामोदर फुयाल निर्वाचित हुनुभएको छ। सचिव पदमा मनिष कुमार बर्देवा, कोषाध्यक्षमा मुकेश खतिवडा र सह–कोषाध्यक्षमा हिरानाथ महर्जन चयन भएका छन्। केन्द्रीय समितिका सदस्यहरूमा सुजन लामिछाने, प्रमिला पुरी भारती, सुमन थापा, कृष्णहरि सापकोटा, प्रेमप्रसाद शर्मा पौडेल, राधिका शाही, गंगाराम बस्नेत, सुवास थापा, विष्ण...
‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता

‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय
‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता काठमाडौं : जेनजी आन्दोलनपछिको देशको अवस्था सहज बनाउन ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने म्यान्डेट पाएको अन्तरिम सरकारका मन्त्री एकपछि अर्को विवादमा फसेका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले फर्जी आयोजक र फर्जी निम्तोपत्र बनाएर अमेरिका भ्रमण स्वीकृत गराएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकबाट अमेरिकामा आगामी ३ माघमा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने भनी भ्रमण स्वीकृत गरिएको छ । नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाई मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित र गैरजिम्मेवार भएक...
राष्ट्रियसभाका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने, ४४ जनाको उम्मेदवारी

राष्ट्रियसभाका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने, ४४ जनाको उम्मेदवारी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावमा उम्मेदवारी दिएकाहरुको विरोधमा आज उजुरी दिन सकिनेछ । उम्मेदवारहरूको दाबी विरोधमा उजुरी दिन आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ । हिजो सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको छ । राष्ट्रियसभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । कोशी प्रदेशमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएका हेमराज घिमिरे अनुपस्थित भएपछि थापा निर्विरोध हुनुभएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनेको छ । जसअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दर्ता गराएका छन् । भ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज