भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग
धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट खसेपछि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बालकका उपचारका लागि स्थानीय युवाहरूले सहयोग अभियान सञ्चालन गरेका छन्।
समाजसेवी मनोज साउदको नेतृत्व र ललित दियाकोटीको सहकार्यमा सञ्चालन गरिएको अभियानमार्फत रु २१ हजार ७९१ रुपैयाँ ४० पैसा संकलन गरी उपचार खर्चका लागि हस्तान्तरण गरिएको हो।
यसैबीच, सोही गाउँपालिकाकी टिकेश्वरी बि.क.का परिवारका लागि पनि सहयोग अभियान सञ्चालन गरिएको छ। सिता देवी बि.क.की छोरी टिकेश्वरी भारतको दिल्ली जाँदै गर्दा उत्तर प्रदेशको साजानपुर नजिकै भएको बस दुर्घटनामा परि निधन भएको थियो। घरको जिम्मेवारी सम्हाल्दै आएकी टिकेश्वरीको निधनपछि परिवार आर्थिक संकटमा परेपछि मनोज साउद र गणेश बि.क.को नेतृत्वमा आर्थिक सहयोग संकलन गरिएको हो।
देश–विदेशमा रहेक...












