
दुर्गम गाउँदेखि भारतको सर्वोच्च अदालतसम्म: खेमराज बुढाको प्रेरणादायी यात्रा
सुदूरपश्चिम नेपालको अति दुर्गम अछामको मेल्लेख गाउँपालिका–३, ठाँटिदरबारमा वि.सं. २०३६ सालमा जन्मिएका खेमराज बुढा अहिले भारतको सर्वोच्च अदालतमा कार्यरत छन्। सगुने बुढा र तुलिदेवी बुढाका पाँच सन्तानमध्ये जेठा खेमराजले हाल भजनी नगरपालिका–२, कैलालीलाई आफ्नो स्थायी ठेगाना बनाएका छन्।
खेमराजले प्रारम्भिक शिक्षा मेल्लेखकै श्री पिपलसैन माध्यमिक विद्यालयमा कक्षा ७ सम्म पुरा गरे। पारिवारिक जिम्मेवारीका कारण वि.सं. २०५६ सालमा पढाइ बीचमै छोडेर उनी १९ वर्षको उमेरमै रोजगारीको खोजीमा भारत पसे। त्यहीँबाट सुरु भयो उनको संघर्षमय जीवनयात्रा।
वि.सं. २०५९ सालमा हरियाणाको सेक्टर २९ स्थित प्रहरी चौकी प्रमुख जितेन्द्र राणासँगको भेटपछि उनले भारत सरकारको सुरक्षा निकायमा सेवा प्रवेश गरे। त्यसपछि वि.सं. २०६२ सालमा दिल्ली प्रहरीका आयुक्त कृष्ण कान्त पालसँग कार्य गर्दै उनले आफ्नो भूमिका थप सशक्त बनाउँदै लगे।
लग...