“नेकपा भित्रका जिउदो सहिद क्रान्तिकारी योद्धा भनेर चिनिने प्रेम बयक समानुपातिकमा ” जीवन र मृत्युको सीमारेखा कहिल्यै नहेरी, सिद्धान्त र व्यवहारबीच अद्भुत सन्तुलन कायम गर्दै, स्पष्ट विचार र साहसी नेतृत्वका साथ नेपाली क्रान्तिको अग्रमोर्चामा उभिनु भएका नेता प्रेम बयकको नाम आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टीको समानुपातिक बन्द सूचीमा समावेश भएपछि आम क्षेत्रवासी, जनयुद्धका घाइते–अपाङ्ग, शहीद परिवार, प्रवासी नेपाली र सम्पूर्ण उत्पीडित वर्गमा उत्साह छाएको छ।२०५४ सालमा क्याम्पस अध्ययनकै क्रममा विद्यार्थीका हक–हितका लागि क्रान्तिकारी संगठनबाट प्रभावित भई माओवादी आन्दोलनमा होमिनु भएका प्रेम बयक २०५७ सालदेखि भूमिगत जीवनमा प्रवेश गर्दै सैन्य तालिमसहित मिलिसिया र स्क्वायड कमाण्डरको जिम्मेवारी सम्हाल्नुभयो।
२०५८ सालदेखि जनमुक्ति सेनाका रूपमा दर्जनौँ युद्ध मोर्चामा सहभागी उहाँ २०५९ साल बैशाख २४ गते रोल्पाको गामस्थित शाही नेपाली सेनाको ब्यारेक आक्रमणमा गम्भीर घाइते हुनुभयो। तर गोलीले उहाँको शरीरलाई मात्र रोक्न सक्यो, विचार, साहस र प्रतिबद्धतालाई होइन। उपचारपछि पुनः रणभूमिमा फर्किनु भएका उहाँ २०६१ साल फागुन १४ गते पुनः घाइते भई स्थायी अपाङ्गताको अवस्थामा पुग्नुभयो। तर संघर्ष त्यहीँ रोकिएन। देशमा गणतन्त्र ल्याउन अहम भुमिका खेलेका नेता प्रेम बयक अझै समाज परिवर्तनको लागि लड्न अगाडि बढ्नु भएको छ।जनयुद्धका घटना मर्म सहिदका सपना घाइतेका अनुभवको नेतृत्व गर्ने सरकार सम्म सदन सम्म आफ्नो अनुभव सुनाउन उहाँ आतुर हुनुहुन्छ किन कि आज जुन न्याय नेकपाले गरेको छ त्यो सुनिश्चितता होस ।शुभकामना छ।१० बर्ष जनयुद्धको हरेक मोर्चामा अगाडि आएर लडेका उहाँ अहिले घाइते अपांग हुनुहुन्छ थुप्रै मान्छेले उहाँलाई जिउँदै सहिद भनेर पनि ब्याख्या गर्ने गरेका छ।समाज परिवर्तन र रास्ट्र परिवर्तन हुनु नै सुखी नेपाली खुशी नेपाली हुनु हो भन्ने मर्म र भावमा उहाँ कटिबद्द्दता हुनुहुन्छ ।
नेतृत्वले गरेको सम्मान प्रति धन्यवाद दिदै उहाँ भन्नू हुन्छ आगामी दिनको चुनावमा तारा चुनाव चिन्हमा मतदान गरि म जस्तै थुप्रै ब्याक्ती र सहिदका सपना सकार पार्ने एक चोटि सबैलाइ मतदान गर्न पनि अपिल गर्नु भएको छ।मान्छे जन्मे पछि मर्छ यो सत्य हो तर बाचे सम्म यो समाजको लागि केही न केही गर्नु आम नागरिकको दायित्व र कर्तव्य भएको उहाँ बताउनु हुन्छ ।उहाँ भन्नू हुन्छ क्रान्तिकारी योद्धा कहिले मर्दैनन कि हार्दिक कि जित्छ्न नभए सिक्छ्न ।

