
आईपीएलमा बेङ्गलुरुको जित, राजस्थानलाई ११ रनले हरायो
काठमाडौँ– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ।
दुई सय ६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रन मात्रै बनाउन सक्यो। यससँगै बेङ्गलुरुले रोमाञ्चक जित हात पार्यो।
यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रनको बलियो स्कोर खडा गरेको थियो।
जितसँगै बेङ्गलुरु ९ खेलबाट १२ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ। उता, राजस्थानले भने ९ खेलमा मात्र ४ अंक जोडेको छ र तालिकाको आठौं स्थानमा झरेको छ।
१० टोली सहभागी आईपीएलमा गुजरात टाइटन्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ भने रनरेटको आधारमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा रहेको छ।
आईपीएल अन्तर्गत आज बेलुकी ७:४५ बजे चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद आमनेसामने हुनेछन्।...