Advertisement

हाम्रो बारेमा

डडेल्धुरामा जिप दुर्घटना, ८ जना घाइते  

समाचार
डडेल्धुरा - डडेल्धुरामा जिप दुर्घटना भएको छ ।  जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ। नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर बिष्टले वडा नम्बर २ को रउतगाउँमा जिप दुर्घटना भएको र ८ जना घाइते भएको बताए । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।...

सुदूरपश्चिमका सीमानाकामा सशस्त्रको सेवा डिजिटल बन्ने

समाचार
धनगढी - सुदूरपश्चिमका सीमानाकामा रहेका सशस्त्र प्रहरीले प्रदान गर्ने सेवा प्रविधिमैत्री हुने भएको छ । बढी आवतजावत हुने नाकाहरुमा सशस्त्रलाई प्रविधिमैत्री बनाइने भएको हो । बुधबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डिआइजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रीन्टर हस्तान्तरण गरेका छन् । कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १-१ थान प्रीन्टर र कम्प्युटर हस्तान्तरण गरिएको छ । सीमानाकाको तथ्यांक संकलन तथा अभिलेखिकरणका लागि मन्त्रालयले सफ्टवेयर निर्माण गरिरहेको जनाएको छ।...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

समाचार
कैलाली - बुधबार सुनको मूल्य पुनः घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर एक लाख १६ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपियाँ कायम भएको छ । यसअघि मङ्गलबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार तीन सय, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपियाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपियाँले घटेर १४ सय रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यसोत महासङ्घका अनुसार मङ्सिर १८ गतेयता सुन प्रतितोला पाँच हजार ६ रुपियाँ घटेको हो । मङ्सिर १८ गते छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपियाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो घटेको सुनको मूल्य बुधबार प्रतितोला एक लाख १६ हजार रुपियाँमा कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा...

नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज र इलाम खेल्दै

समाचार
कैलाली – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम खेल्दै छन् ।  खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ ।  ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ ।  यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ । वीरगञ्जको मात्र दुई अङ्क छ ।...

धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने 

समाचार
धनगढी - धनगढीमा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ ।  धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८० ल्याएर सोमबारदेखि नयाँ मापदण्ड लागू गरेको हो । सहरी विकास तथा भवन निर्माण मापदण्ड, बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ को खण्ड ‘क’ अनुसार नयाँ कार्यविधि बनाएर लागू गरिएको उपमहानगरपालिकाले जनाएको छ । उक्त कार्यविधि अनुसार अब जग्गाको प्लटिङ गर्दा सडकको चौडाइ कम्तिमा पनि १० मिटरको अनिवार्य हुनुपर्नेछ भने सो सडकमा कम्तिमा पनि १५ सेन्टिमिटर मोटाइको पानीपिच गर्नुपर्ने व्यवस्था गरिएको छ । सडकको दुवैतर्फ पानी बग्ने गरी नगरले तोकेको मापदण्डअनुसार नाला निर्माण गरेको हुनुपर्ने कुरालाई समेत कार्यविधिले समेटेको छ । घडेरीको चौडाइ अर्थात् मोहडा न्यूनतम ८.५ मिटर, घडेरीको लम्बाइ न्यूनतम...

बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु

समाचार
कैलाली - बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका-६ बागडा स्थित भिरबाट खसेर सोही ठाँउका ४८ वर्षीय दिपेन्द्र साउदको मंगलवार साँझ मृत्यु भएको हो । बत्थीबाट बाख्रा खरीद गरी ल्याउने क्रममा भिरबाट ६०/७० मिटर तल खसेर साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  प्रहरी चौकी शिवलिङ्गबाट टोली खटिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।...

कैलालीको जोशीपुरमा पुस्तकालय भवन निर्माण  

समाचार
धनगढी - एन आई सी एशिया बैंकले कैलालीको जोशीपुर गाउँपालिकामा पुस्तकालय भवन निर्माण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पुस्तकालय भवन निर्माण गरिएको बैंकको धनगढी चौराहा शाखाले जनाएको छ । गाउँपालिकाको सहकार्यमा नवनिर्मित पुस्तकालय भवनको मंगलवार समुदघाट्न तथा हस्तान्तरण समेत गरिएको बैंकले जनाएको छ ।  जोशीपुर गाउँपालिकाको वडा नम्बर-१ स्थित श्री मोहन्याल माध्यामिक विद्यालयलाई एक समारोहकाबीच उक्त पुस्तकालय हस्तान्तरण गरिएको जनाएको छ ।...

स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः को प्रदर्शन

समाचार
धनगढी – फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध अभियन्ता ईः ले गरेको प्रदर्शनमा स्थानीयबासिन्दाले अवरोध गरेका छन् ।  स्थानीयबासिन्दाले अवरोध गरेपछि अभियन्ता ईः र उनका समर्थकहरुले हिजो प्रहरीको घेरामा ललितपुर महानगरपालिकाको भवन पुल्चोक अगाडि उभिएर प्रदर्शन गरेका थिए । ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोरदोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गतेदेखि लगनखेल–मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ ।  अभियन्ता ईः र उनका समर्थकहरुले फुटपाथ व्यवसायलाई निषेध नभइ व्यवस्थापनका वैकल्पिक उपायहरु अपनाउन माग गरेका छन् ।...

नापोली च्याम्पियन्स लिगको नकआउट चरणमा

समाचार
कैलाली - इटालियन क्लब नापोली युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।  समूह ‘सीु’अन्तर्गत मंगलबार राति  भएको खेलमा एससी ब्रागालाई २-० ले पराजित गर्दै नापोली समूह सी को उपविजेता बनेर नकआउट चरण पुगेको हो । नापोलीका लागि भिक्टोर ओसिमहेनले एक गोल गरे भने सर्दर सात्चीले एक आत्मघाती गोल गरे । जितपछि नापोलीले ६ खेलबाट १० अंक जोड्यो । यसअघि नै नकआउट चरण पुगिसकेको छ स्पानिस क्लब रियल मड्रिडले युनियन बर्लिनलाई ३-२ ले हराएर शतप्रतिशत नतिजा निकाल्यो ।  रियल ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । रियलका लागि जोसेलुले दुई तथा डानी सेबालोसले एक गोल गरे । युनियन बर्लिनका लागि केभिन भोल्याण्ड र एलेक्स क्रलले एक-एक गोल गरे ।...

कञ्चनपुरको दोदा पुल आठ वर्षदेखि अलपत्र, ठेकेदार सम्पर्क विहीन

समाचार
कञ्चनपुर - कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन ।  तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको  पाइएपछि पुलको डिजाइन नै फेरिएको छ । “पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले बताए ।  विसं २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो । विभिन्न बहाना बनाएर  निर्माण कम्पनीले निर्माणको काम अघि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ । उक्त पक्की पुलको लागत रु...
यसरी फैलियो मृत्यु भएको भनिएका मानिस बिउँझिए भन्ने झुटो हल्ला 

यसरी फैलियो मृत्यु भएको भनिएका मानिस बिउँझिए भन्ने झुटो हल्ला 

समाचार
विराटनगर — आइतबारदेखि सामाजिक सञ्जालमा एउटा खबरसँगै भिडियो भाइरल भयो- अस्पतालले मृत घोषणा गरेका व्यक्ति एकाएक बिउँझिए ! उक्त भिडियोमा भनिएको छ- सुनसरी इनरुवा नगरपालिका-३ वन कार्यालय पश्चिमका ४५ वर्षीय प्रताप सदालाई विराटनगरको मेट्रो न्यूरो अस्पतालले मृतक घोषणा गरेर आफन्तलाई शव बुझाएको, अनि परिवारजनले दाहसंस्कारको सबै तयारी गरेको र घर ल्याएपछि मृतकले आँखा खोलेको । त्यतिमात्रै होइन भिडियोमा मृत्यु भएपछि मृतकलाई शव गृहमा राखिएको दाबीसमेत गरिएको छ ।  स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो नै भाइरल बन्यो । के साँच्चै अस्पतालले मृत घोषणा गरेको व्यक्ति घर पुगेपछि ब्युँतिएका हुन् त ? मिडिया ले यसको तथ्य बुझ्दा गलत सूचनाका कारण यो घटना भाइरल बन्न पुगेको बिरामीका छिमेकीहरू, वडाध्यक्ष, वडा महिला सदस्य, वडा दलित सदस्य एवं छिमेकी र अस्पतालका प्रतिनिधिसँग बुझ्दा य...

सुदूरपश्चिम महोत्सवको आज पाँचौं दिन [फोटोफिचर]

समाचार
धनगढी –  धनगढीमा मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सवको आज पाँचौं दिन पुगेको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा पुस २ गतेसम्म चल्ने महोत्सवको यो १७ औं संस्करण हो । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १ सय रुपैयाँ लाग्ने गरेको छ ।
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज