
धनगढी – एन आई सी एशिया बैंकले कैलालीको जोशीपुर गाउँपालिकामा पुस्तकालय भवन निर्माण गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पुस्तकालय भवन निर्माण गरिएको बैंकको धनगढी चौराहा शाखाले जनाएको छ ।
गाउँपालिकाको सहकार्यमा नवनिर्मित पुस्तकालय भवनको मंगलवार समुदघाट्न तथा हस्तान्तरण समेत गरिएको बैंकले जनाएको छ ।
जोशीपुर गाउँपालिकाको वडा नम्बर-१ स्थित श्री मोहन्याल माध्यामिक विद्यालयलाई एक समारोहकाबीच उक्त पुस्तकालय हस्तान्तरण गरिएको जनाएको छ ।

