
डडेल्धुरा – डडेल्धुरामा जिप दुर्घटना भएको छ ।
जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।
नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर बिष्टले वडा नम्बर २ को रउतगाउँमा जिप दुर्घटना भएको र ८ जना घाइते भएको बताए । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।