
कैलाली – बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका-६ बागडा स्थित भिरबाट खसेर सोही ठाँउका ४८ वर्षीय दिपेन्द्र साउदको मंगलवार साँझ मृत्यु भएको हो ।
बत्थीबाट बाख्रा खरीद गरी ल्याउने क्रममा भिरबाट ६०/७० मिटर तल खसेर साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरी चौकी शिवलिङ्गबाट टोली खटिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

