कैलाली – बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका-६ बागडा स्थित भिरबाट खसेर सोही ठाँउका ४८ वर्षीय दिपेन्द्र साउदको मंगलवार साँझ मृत्यु भएको हो ।
बत्थीबाट बाख्रा खरीद गरी ल्याउने क्रममा भिरबाट ६०/७० मिटर तल खसेर साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरी चौकी शिवलिङ्गबाट टोली खटिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३