बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा अग्रणी परोपकारी संस्थाले यूकेका प्रधानमन्त्री ऋषि सुनकलाई एआईबाट निर्माण गरिने बाल यौन दुराचारसम्बन्धी तस्बिरहरूबारे ध्यानाकर्षण गराएको छ।
यूकेले यसै शरद्ऋतुमा एआई सुरक्षाको विषयमा विश्वव्यापी सम्मेलन आयोजना गर्न लागेको छ।
इन्टरनेट वाच फाउन्डेशन (आईडब्ल्यूएफ) ले इन्टरनेटमा भएका यौन दुर्व्यवहारसम्बन्धी सामग्रीहरू हटाउने गर्छ। उसले यसमा एआईमा आधारित तस्बिरहरू बढ्दो क्रममा देखिन थालेको जनाएको छ।
गत महिना आईडब्ल्यूएफले पहिलो पटक एआई तस्बिरहरूको अभिलेख राख्न थालेको थियो।
उसले विश्वभरिका पीडकहरूले बेलाबेलामा वास्तविकजस्ता देखिने तस्बिरका ग्यालरीहरू शेअर गर्ने गरिएको फेला पारेको थियो।
“अहिले हामीले यस्ता तस्बिरहरू ठूलो सङ्ख्यामा देखेका छैनौँ। तर हामी केमा स्पष्ट छौँ भने अपराधीहरूले अभूतपूर्व स्तरमा वास्तविक जस्तै देखिने बाल यौन दुर्व्यवहारका तस्...
२०८० श्रावण ४, बिहीबार १३:३९२०८० श्रावण ४, बिहीबार १३:३९२०८० श्रावण ४, बिहीबार १३:३९ by कामना संवाददाताNo Comments
न्यूजील्यान्डको अकल्यान्डमा फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि गोली चलेपछि दुई जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन्।
शहरको मुख्य व्यापारिक क्षेत्रस्थित एक निर्माण स्थलमा भएको घटनापछि स्थानीय समयअनुसार करिब साढे सात बजे बन्दुकधारी स्वयंको पनि मृत्यु भएको छ।
त्यहाँका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधिका रूपमा नहेरिएको बताएका छन्। घटनाले विश्वकपमा पनि कुनै असर नपारेको र प्रतियोगिता योजनाअनुसार नै अघि बढ्ने उनले बताए।
महिला विश्वकप फुटबल २०२३ क्विजः के तपाईँ यो खेल जित्न सक्नुहुन्छ
महिला विश्वकप छनोटमा खेलाडीहरू ‘जोखिममा’
“प्रहरीले जोखिमलाई निस्तेज पारेको छ र क्विन स्ट्रिटमा भएको घटनापछि अहिले त्यहाँ कुनै खतरा छैन भन्ने कुरामा आम मानिस निर्धक्क हुन सक्छन्,” उनले भने।
आक्रमणको कुनै राजनीतिक वा वैचारिक का...
२०८० श्रावण २, मंगलवार १६:४७२०८० श्रावण २, मंगलवार १६:४७२०८० श्रावण २, मंगलवार १६:४७ by कामना संवाददाताNo Comments
ललिता निवासको जग्गा अपचलन प्रकरणमा नेपाल प्रहरीले अनुसन्धान थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट देशका कार्यकारी प्रमुख जोगिने कानुनी छिद्रबारे चर्चा सुरु भएको छ।
आयोगको निर्णय र सिफारिसहरू हेर्दा उसले भूतपूर्व वा पदासीन प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन मिल्नेगरी कानुनी व्यवस्था गर्न पटकपटक माग गरेको देखिन्छ।
सर्वोच्च अदालतले २७ वर्षअघि गरेको एउटा फैसलाले पनि मन्त्रिपरिषद्का नीतिगत निर्णय आयोगले हेर्न नपाउनेगरी रोक लगाइदिएको छ।
तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ।
राष्ट्रिय सभाबाट २०७९ चैत २७ गते पारित भएर प्रतिनिधिसभामा पुगेको ‘तेस्रो संशोधन ऐन २०७६’ दफावार छलफलका निम्ति वैशाख १५ गते राज्य व्यवस्था समितिमा पठाइएको थियो।
कानुनी व्यवस्थाका लागि निरन्तर आग्रह
ठूलो भ्रष्टाचार मुद्दा बनेको ललिता निवास प्रकरणमा आयोगले मन्त्रि...
२०८० श्रावण २, मंगलवार १५:४९२०८० श्रावण २, मंगलवार १५:४९२०८० श्रावण २, मंगलवार १५:४९ by कामना संवाददाताNo Comments
विदेशबाट ल्याइने मोबाइल फोन दर्ता गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) लागु भएको डेढ महिना भइसक्दा अझै ३० लाखदेखि ४० लाख मोबाइल दर्ता हुन नआएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
'ग्रे मार्केट' भनिने नियमित व्यापारिक प्रक्रियाभन्दा बाहिरबाट आयात वा खरिद गरिएका त्यस्ता मोबाइल एमडीएमएसमा दर्ता नभएकाले तिनलाई हाल बारम्बार सन्देश पठाएर सजग गराइरहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन्।
के हुन्छ कारबाही?
जेठ १५ को बजेट भाषणलगत्तै सरकारले विदेशबाट फर्किएका नेपाली श्रमिकहरूका हकमा आफ्नो मोबाइल र थप एक थान मोबाइल ल्याउन पाउने र तिनको नि:शुल्क दर्ता गरिने नियम ल्याएको थियो।
अन्य मानिसको हकमा आफूले बोकेको एउटा मोबाइलमात्र त्यसरी ल्याउन पाइने उक्त नियममा उल्लेख छ।
“थप मोबाइल ल्याएमा आईफोनको हकमा १०,००० रुपैयाँ अनि अन्यको हकमा २०० देखि ३००० सम्म राजस...