कैलाली – बुधबार सुनको मूल्य पुनः घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर एक लाख १६ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपियाँ कायम भएको छ । यसअघि मङ्गलबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार तीन सय, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपियाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपियाँले घटेर १४ सय रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यसोत महासङ्घका अनुसार मङ्सिर १८ गतेयता सुन प्रतितोला पाँच हजार ६ रुपियाँ घटेको हो ।
मङ्सिर १८ गते छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपियाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो घटेको सुनको मूल्य बुधबार प्रतितोला एक लाख १६ हजार रुपियाँमा कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३