Advertisement

हाम्रो बारेमा

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

Breaking News 1, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका-१ स्थित गर्जेपानी माध्यमिक विद्यालय रायलमा आज सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो । “बझाङको साहित्य, भाषा, संस्कृति र सिर्जनशील प्रतिभालाई पहिचान, संरक्षण र प्रवर्द्धन गर्दै साहित्यलाई समाज विकास र सांस्कृतिक पहिचानसँग जोड्न समाजले शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमबाट सुदूरपश्चिमाञ्चल साहित्य समाज बझाङ शाखा बिस्तार गरिएको छ । साहित्यकार पूर्णबहादुर मल्लको संयोजकत्वमा ११ सदस्यीय शाखा बिस्तार गरिएको हो । समिति सचिवमा शैलेन्द्र बहादुर सिंह,सदस्यमा विकास थापा (युनिक विवेक) गोकुल जोशी, मीना मल्ल, दिप सुस्केरा (दिपक बोहरा ) , मुकेश खाती, वीर विकल धामी ,लख्खु सिंह ,नरबहादुर भण्डारी...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो। नवगठित समितिमा उपाध्यक्षमा दसिराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सह–सचिवमा ज्योति बोहरा, तथा कोषाध्यक्षमा कालुराम चौधरी रहेका छन्। त्यस्तै सदस्यमा स्वरूप चौधरी र रोशन रसाइली रहेका छन्। भेलामा सहभागी सञ्चारकर्मीहरूले समूहले स्थानीय तहमा सञ्चारकर्मीबीच आपसी सहकार्य, पेशागत अधिकार संरक्षण र सूचना प्रवाहको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। भेलामा घोडाघोडी क्षेत्रमा क्रियाशील विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्ने मूल नारासहित अधिवेशनको उद्घाटन भएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्ने मूल नारासहित मिति २०८२ साल मंसिर २२ गते बझाङमा अधिवेशनको भव्य उद्घाटन गरिएको हो। कार्यक्रममा जिल्ला भरिका लोक तथा दोहोरी गीतका कलाकार, स्रष्टा, सञ्चारकर्मी र स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्घाटन समारोहमा संस्थाका अगुवाहरूले नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतको संरक्षण, प्रवर्द्धन र निरन्तरताका लागि प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए । सो अवसरमा नयाँ कार्यसमिति गठन गरिएको हाे । नयाँ जिल्ला कार्यसमितिमा अध्यक्षमा ग...
काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– नेपाली काँग्रेस रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। उनको पचारका क्रममा गएराति २:५८ बजे काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। मुटु सम्बन्धी समस्या भएपछि केही समयअघि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। शव अन्तिम संस्कारका लागि रौतहटको राजपुरतर्फ लगिएको सुरक्षा स्रोतले जनाएको छ। गत जेठमा नक्खु कारागारबाट रिहा भएका आलमलाई त्यसपछि ब्रेन स्ट्रोक भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। २०६४ सालको संविधानसभा निर्वाचनतर्फको तयारीका क्रममा बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इट्टाभट्टामा जिउँदै जलाएको आरोपमा आलमविरुद्ध मुद्दा चलेको थियो। जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालतले प्रमाण अभाव देखाउँदै आलमसहि...
बझाङमा ५४२ नयाँ मतदाता थप

बझाङमा ५४२ नयाँ मतदाता थप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ -आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानअन्तर्गत बझाङमा ५ सय ४२ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालयका अनुसार नयाँ दर्तामध्ये ३ सय ६३ पुरुष र १ सय ७९ महिला रहेका छन्। असोज १० देखि कात्तिक १७ गतेसम्म चलेको दर्ता तथा अद्यावधिक अभियानमा सुदूरपश्चिमका अन्य जिल्लामा जस्तै बझाङमा पनि मतदाता दर्ताका लागि उत्साहजनक सहभागिता देखिएको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालय बझाङका निमित्त प्रमुख श्याम खड्काका अनुसार मतदाता नामावली अद्यावधिकका लागि कार्यालयहरू बेलुका ६ बजेसम्म खुला राखिएको छ। कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य निरन्तर जारी रहनेछ।...
देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने अन्य अधिकांश भूभागमा मौसम मुख्यतया सफा छ। शनिबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। साथै, कोशी र गण्डकीका हिमाली भागका केही ठाउँमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। राति पनि कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम सफा नै रहने महाशाखाले उल्लेख गरेको छ।...
बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
न्यून गुणस्तरको मदिराका कारण जिल्लाको शान्ति सुरक्षा मात्रै नभई जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर्णय भएको थियो । निर्णय कार्यान्वयनका क्रममा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न बजारबाट प्लास्टिकका बोतल र थैलीमा प्याकिङ भएको र अवैध घरेलु मदिरा जफत गर्न थाल्यो । तर जिल्ला समन्वय समिति बझाङका प्रमुखको अध्यक्षतामा बझाङका १२ वटै पालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ समेतको उपस्थितिमा गरेको यो निर्णयको कार्यान्वयन सुरु भएको एक महिना नपुग्दै अदालतले रोकिदियो । असार १६ गते बझाङका एक व्यापारीले उक्त निर्णयविरुद्ध दिएको रिटमा असार १७ गते नै उच्च अदालत दिपायलले उत्प्रेषणयुक्त परमादेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो । न्यायाधीशद्वय दण्डपाणि शर्मा र अस्मिनकु...
भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट खसेपछि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बालकका उपचारका लागि स्थानीय युवाहरूले सहयोग अभियान सञ्चालन गरेका छन्। समाजसेवी मनोज साउदको नेतृत्व र ललित दियाकोटीको सहकार्यमा सञ्चालन गरिएको अभियानमार्फत रु २१ हजार ७९१ रुपैयाँ ४० पैसा संकलन गरी उपचार खर्चका लागि हस्तान्तरण गरिएको हो। यसैबीच, सोही गाउँपालिकाकी टिकेश्वरी बि.क.का परिवारका लागि पनि सहयोग अभियान सञ्चालन गरिएको छ। सिता देवी बि.क.की छोरी टिकेश्वरी भारतको दिल्ली जाँदै गर्दा उत्तर प्रदेशको साजानपुर नजिकै भएको बस दुर्घटनामा परि निधन भएको थियो। घरको जिम्मेवारी सम्हाल्दै आएकी टिकेश्वरीको निधनपछि परिवार आर्थिक संकटमा परेपछि मनोज साउद र गणेश बि.क.को नेतृत्वमा आर्थिक सहयोग संकलन गरिएको हो। देश–विदेशमा रहेक...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सूचना प्रविधि
काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो नगरपालिका वा गाउँपालिकामै गएर प्यान लिन सक्नेछन्। तर, पालिकाले सेवा सञ्चालन नगरेको अवस्थामा भने जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्यान प्राप्त गर्न सकिनेछ। आन्तरिक राजस्व विभागका अनुसार करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरिए पनि वैकल्पिक व्यवस्था नहुँदासम्म ती कार्यालयमार्फतै सेवा निरन्तर रहनेछ। विभागले कर सेवा प्रवाहलाई जनस्तरसम्म नजिक पुर्‍याउन र प्रविधिमैत्री बनाउन सेवाको विकेन्द्रीकरण गरिएको जनाएको छ। अब स्थायी लेखा नम्बर प्रमाणपत्रसमेत सम्बन्धित पालिकाबाट नै उपलब्ध हुनेछ भने कर भुक्तानी तथा करचुक्ता प्रमाणपत्रजस्ता सेवा अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने विभागले स्पष्ट पारेको छ।...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार (कात्तिक २०) राति १० बजेर ४० मिनेट जाँदा दार्चुलाको तावाघाट क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प आएको हो। भूकम्पको धक्का स्थानीयवासीले स्पष्ट रूपमा महसुस गरेका थिए। हालसम्म क्षति सम्बन्धी विवरण भने प्राप्त भएको छैन।...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायु कमजोर अवस्थामा रहेका कारण ठूलो मौसमी प्रभाव नदेखिएको विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा उच्च हिमाली भू–भागमा भने आंशिक बदली रहने र स्थानीय वायुको प्रभावका कारण केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मौसम सफा रहने विभागले बताएको छ। विहान र बेलुकी केही स्थानहरूमा हल्का कुहिरो देखिए पनि दिउँसो मौसम खुलेर जाने अनुमान गरिएको छ। तापक्रम सामान्य दायरामै रहने भए पनि पश्चिमी तथा मध्य तराईमा बिहान चिसो महशुस हुने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार आगामी केही दिनसम्म देशभर मौसम स्थिर रहने र ह...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका-१ खुल्मौर भैंसीगौड घर भएकी ३५ वर्षीय बोहराको बिहिवार बिहान खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । गाई बस्तुका लागि खर (गाजो) काट्नका लागि बिहानै बैतडीको सिगास गाउँपालिका-९ च्वागड गौर्खा गएकी बोहरा भीरबाट लडेकी थिइन् । भीरबाट डेढ सय मिटर तल खसेकी बोहराको उद्धारका क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष मानबहादुर बोहराले जानकारी दिए । भीरबाट लडेर मृत्यु भएकी बोहराको आजै अन्तिम दाहसंस्कार गरिएको छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा बोहरा नेकपा एमालेबाट वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् । बोहराको घरमा श्रीमान सासु ससुरा रहेका छन् । सुदूरपश्चिम वर्षेनी घाँस तथा खर काट्ने क्रममा नागरिकले ज्यान गुमाउँदै आएका छन् । स्थानीयले जोखिमयुक्त भीर र भिरालो ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज