Advertisement
Monday, May 19

धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने 

Advertisement

धनगढी – धनगढीमा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ । 

धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८० ल्याएर सोमबारदेखि नयाँ मापदण्ड लागू गरेको हो ।

सहरी विकास तथा भवन निर्माण मापदण्ड, बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ को खण्ड ‘क’ अनुसार नयाँ कार्यविधि बनाएर लागू गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उक्त कार्यविधि अनुसार अब जग्गाको प्लटिङ गर्दा सडकको चौडाइ कम्तिमा पनि १० मिटरको अनिवार्य हुनुपर्नेछ भने सो सडकमा कम्तिमा पनि १५ सेन्टिमिटर मोटाइको पानीपिच गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सडकको दुवैतर्फ पानी बग्ने गरी नगरले तोकेको मापदण्डअनुसार नाला निर्माण गरेको हुनुपर्ने कुरालाई समेत कार्यविधिले समेटेको छ ।

घडेरीको चौडाइ अर्थात् मोहडा न्यूनतम ८.५ मिटर, घडेरीको लम्बाइ न्यूनतम २० मिटर, घडेरीको प्लट रेसियो १ : २.३, घडेरीको क्षेत्रफल सहरी क्षेत्रमा कम्तिमा ७ धुर र कृषि क्षेत्रमा दुई कट्ठा र अन्य क्षेत्रको घडेरीको क्षेत्रफल न्यूनतम १० धुर हुनुपर्नेछ ।

उपमहानगरपालिकाल सोमबार स्थानीय राजपत्रमा प्रकाशित गरेको कार्यविधिमा तीव्र सहरीकरण, जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन गर्न जग्गा खण्डीकरण, जग्गा विकास तथा प्लटिङलाई व्यवस्थित गर्नुपर्ने भएकाले कार्यविधि ल्याइएको उल्लेख गरिएको छ ।

कार्यविधिको दफा ७ मा नयाँ बाटोको घुम्ती वामोडको न्यूनतम बाटोको चौडाइभन्दा २० प्रतिशतले बढी हुनुपर्ने व्यवस्था गरेको छ ।

सोही कार्यविधिको दफा ८ माजग्गा प्लटिङ गर्दा जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, वातावरण सन्तुलन तथा हरित नगरलाई पनि सम्बोधन हुने गरी कम्तीमा पनि ५ प्रतिशत जग्गा खुल्ला राख्नु पर्ने उल्लेख छ । त्यसरी खुल्ला राखिएको जग्गामा वृक्षारोपण, सार्वजनिक धारा, शौचालय, सूचना पाटी, खेल मैदान, बाल उद्यान वा सार्वजनिक भवनका लागि छुट्याउनुपर्ने भनिएको छ ।

पैत्रिक सम्पत्ति बेचबिखन र अंशबण्डा गर्दाको अवस्थामा भने उक्त कार्यविधिमा भएको व्यवस्था लागू नहुने उपमहानगरपालिकाले जनाएको छ । जग्गा प्लटिङ गर्ने व्यक्तिले समेत उपपमहानगरपालिकाबाट इजाजत पत्र लिनुपर्नेछ ।

नगर प्रमुख गोपाल हमालले अहिले ल्याइएको कार्यविधि पुरानोमा नभएर अब हुने नयाँ प्लटिङको हकमा मात्र लागू हुने बताए ।

हमालले प्राकृतिक प्रकोप र विपद्को बेला उद्धार तथा अन्य व्यवस्थापनका लागि आवश्यक पर्ने भएकाले नयाँ प्लटिङमा गर्दा जम्मा जग्गाको ५ प्रतिशत क्षेत्रफल खुला छाड्नुपर्ने प्रावधान राखिएको पनि जिानकारी दिए ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं : कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आ...
सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ देखिएको छ । सार्वजनिक ऋण व्यस्थापन कार्यालयले आइतबार सार्वजनिक गर...
पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँ...
राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

कैलाली: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन, राष्ट्रिय युवा संघ नेपाल, आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । जेठ ९ ...
हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेक...
प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रमुख प्रतिपक्षी दल माओवादीले कांग्रेस सभापति तथा सत्तागठबन्धनका मुख्य नेता शेरबहादुर देउवासँग एकैदिन दुईपटक संवाद गरेको छ । शुक्...
अज यी प्रदेशमा चट्याङ सहित वर्षा

अज यी प्रदेशमा चट्याङ सहित वर्षा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको ...
स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज