Advertisement

धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने 

Advertisement

धनगढी – धनगढीमा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ । 

धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८० ल्याएर सोमबारदेखि नयाँ मापदण्ड लागू गरेको हो ।

सहरी विकास तथा भवन निर्माण मापदण्ड, बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ को खण्ड ‘क’ अनुसार नयाँ कार्यविधि बनाएर लागू गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उक्त कार्यविधि अनुसार अब जग्गाको प्लटिङ गर्दा सडकको चौडाइ कम्तिमा पनि १० मिटरको अनिवार्य हुनुपर्नेछ भने सो सडकमा कम्तिमा पनि १५ सेन्टिमिटर मोटाइको पानीपिच गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सडकको दुवैतर्फ पानी बग्ने गरी नगरले तोकेको मापदण्डअनुसार नाला निर्माण गरेको हुनुपर्ने कुरालाई समेत कार्यविधिले समेटेको छ ।

घडेरीको चौडाइ अर्थात् मोहडा न्यूनतम ८.५ मिटर, घडेरीको लम्बाइ न्यूनतम २० मिटर, घडेरीको प्लट रेसियो १ : २.३, घडेरीको क्षेत्रफल सहरी क्षेत्रमा कम्तिमा ७ धुर र कृषि क्षेत्रमा दुई कट्ठा र अन्य क्षेत्रको घडेरीको क्षेत्रफल न्यूनतम १० धुर हुनुपर्नेछ ।

उपमहानगरपालिकाल सोमबार स्थानीय राजपत्रमा प्रकाशित गरेको कार्यविधिमा तीव्र सहरीकरण, जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन गर्न जग्गा खण्डीकरण, जग्गा विकास तथा प्लटिङलाई व्यवस्थित गर्नुपर्ने भएकाले कार्यविधि ल्याइएको उल्लेख गरिएको छ ।

कार्यविधिको दफा ७ मा नयाँ बाटोको घुम्ती वामोडको न्यूनतम बाटोको चौडाइभन्दा २० प्रतिशतले बढी हुनुपर्ने व्यवस्था गरेको छ ।

सोही कार्यविधिको दफा ८ माजग्गा प्लटिङ गर्दा जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, वातावरण सन्तुलन तथा हरित नगरलाई पनि सम्बोधन हुने गरी कम्तीमा पनि ५ प्रतिशत जग्गा खुल्ला राख्नु पर्ने उल्लेख छ । त्यसरी खुल्ला राखिएको जग्गामा वृक्षारोपण, सार्वजनिक धारा, शौचालय, सूचना पाटी, खेल मैदान, बाल उद्यान वा सार्वजनिक भवनका लागि छुट्याउनुपर्ने भनिएको छ ।

पैत्रिक सम्पत्ति बेचबिखन र अंशबण्डा गर्दाको अवस्थामा भने उक्त कार्यविधिमा भएको व्यवस्था लागू नहुने उपमहानगरपालिकाले जनाएको छ । जग्गा प्लटिङ गर्ने व्यक्तिले समेत उपपमहानगरपालिकाबाट इजाजत पत्र लिनुपर्नेछ ।

नगर प्रमुख गोपाल हमालले अहिले ल्याइएको कार्यविधि पुरानोमा नभएर अब हुने नयाँ प्लटिङको हकमा मात्र लागू हुने बताए ।

हमालले प्राकृतिक प्रकोप र विपद्को बेला उद्धार तथा अन्य व्यवस्थापनका लागि आवश्यक पर्ने भएकाले नयाँ प्लटिङमा गर्दा जम्मा जग्गाको ५ प्रतिशत क्षेत्रफल खुला छाड्नुपर्ने प्रावधान राखिएको पनि जिानकारी दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज