Advertisement

यसरी फैलियो मृत्यु भएको भनिएका मानिस बिउँझिए भन्ने झुटो हल्ला 

Advertisement

विराटनगर — आइतबारदेखि सामाजिक सञ्जालमा एउटा खबरसँगै भिडियो भाइरल भयो- अस्पतालले मृत घोषणा गरेका व्यक्ति एकाएक बिउँझिए ! उक्त भिडियोमा भनिएको छ- सुनसरी इनरुवा नगरपालिका-३ वन कार्यालय पश्चिमका ४५ वर्षीय प्रताप सदालाई विराटनगरको मेट्रो न्यूरो अस्पतालले मृतक घोषणा गरेर आफन्तलाई शव बुझाएको, अनि परिवारजनले दाहसंस्कारको सबै तयारी गरेको र घर ल्याएपछि मृतकले आँखा खोलेको । त्यतिमात्रै होइन भिडियोमा मृत्यु भएपछि मृतकलाई शव गृहमा राखिएको दाबीसमेत गरिएको छ । 

स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो नै भाइरल बन्यो । के साँच्चै अस्पतालले मृत घोषणा गरेको व्यक्ति घर पुगेपछि ब्युँतिएका हुन् त ? मिडिया ले यसको तथ्य बुझ्दा गलत सूचनाका कारण यो घटना भाइरल बन्न पुगेको बिरामीका छिमेकीहरू, वडाध्यक्ष, वडा महिला सदस्य, वडा दलित सदस्य एवं छिमेकी र अस्पतालका प्रतिनिधिसँग बुझ्दा यो खबर झुटो भएको देखिन्छ । 

सदा परिवारले छातीमा समस्या भएपछि प्रतापलाई उपचारका लागि सुरुमा इनरुवा अस्पताल पुर्‍याएका थिए । अस्पतालले आफूकहाँ उपचार सम्भव नहुने बताएपछि उनलाई शनिबार विराटनगरको मेट्रो न्युरो अस्पताल पुर्‍याइएको थियो । 

सुरुमा अस्पतालले प्रतापको छातीमा समस्यासँगै मेनेन्जाइटिसका कारण अवस्था नाजुक रहेको भन्दै आइसीयूमा राखेर उपचार सुरु गर्‍यो । बिरामीको अवस्था जटिल बन्दै गएपछि अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने सदाका आफन्तलाई बतायो । तर बिरामीका परिवारले भेन्टिलेटरमा राखेर उपचार नगर्ने बरु घर नै लैजाने  भन्न थाले , प्राप्त कागजातमा प्रतापकी पत्नी सीताकुमारीले बिरामीको मृत्यु भएमा आफैं जिम्मेवार हुनेछु भन्ने कागजमा औंठाछाप र सही गरेर बिरामीलाई घर लैजान प्रक्रिया थालेको देखिन्छ ।

मिडिया लाइ प्राप्त अस्पतालभित्रको सीसीटिभी फुटेजमा पनि बिरामीलाई आइसीयूबाट स्ट्रेचरमा राखेर निकालेको देखिन्छ । अस्पतालका सञ्चालक सन्तोष मेहताले कागज गरेर परिवारले बिरामी लिएर गएको बताएका छन् ।

आइतबार दिउँसो सीताकुमारीले ५० हजार रुपैयाँ अस्पताललाई बुझाएर जीवितै अवस्थाका प्रतापलाई लिएर घर हिँडिन् । घर नपुग्दै बाटैबाट उनीहरूले आफन्ती र गाउँलेलाई फोन गरेर सदाको अन्त्येष्टिका लागि आवश्यक सामाग्री तयार गर्न भने । छरछिमेकीले भने अनुसार घाट लैजाने खट, कपडा र दाउरा तयार पारे । प्रतापलाई खटमा सुताएर कपडाले छोपेर जुइनाले बाँध्न सुरु गरियो । तब उनले पुलुक्क आँखा हेरे । अनि भेला भएका आफन्त र छिमेकमा कोलाहल मच्चियो । वडाध्यक्ष रमेश श्रेष्ठले त्यही बेला स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको बताए । 

वडाध्यक्ष रमेशले अस्पतालका डाक्टरले पनि बिरामीको अवस्थाबारे बुझाउँदा भाषाको समस्याका कारण उनीहरूले नबुझेर बिरामीको मृत्यु भयो भन्ने बुझेको हुनसक्ने बताए । भिडियोमा भनिएजस्तो अस्पतालले डेथ सर्टिफिकेट दिएको भन्ने कुरा पनि अफवाह मात्रै भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

त्यसो भए भिडियोमा किन प्रतापलाई १२ घण्टा शवगृहमा राखेको भनियो त ? वडाध्यक्ष श्रेष्ठले आईसीयूमा राखेर उपचार गरिएको कुरालाई बंग्याएर त्यसो भनिएको हुनसक्ने बताए । उनले भने, ‘अस्पतालले पनि विपन्न र दलित समुदायले पाउने सुविधाका नाममा भेन्टिलेटरमा राखेर एकरात उपचार गरेर जनप्रतिनिधिलाई जानकारी गराएको भए यस्तो अवस्था आउने थिएन । यसमा अस्पतालको पनि गल्ती देखियो ।’ 

वडाकी महिला सदस्य सविना सिग्देलका अनुसार प्रतापका परिवारजनले उनको मृत्यु भएको भन्दै बाटोबाटै अन्त्येष्टिका लागि दाउरालगायतका सामग्रीको जोह गरिदिन आग्रह गरेपछि अफवाह फैलिएको बताइन् । वडाकी दलित सदस्य एवं प्रतापका छिमेकी कबुक्री सदाका अनुसार अस्पतालमा मृत्यु भएको हल्लाको पछाडि परिवारजन लाग्दा यस्तो समस्या सिर्जना भएको बताइन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज