धनगढी – फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध अभियन्ता ईः ले गरेको प्रदर्शनमा स्थानीयबासिन्दाले अवरोध गरेका छन् ।
स्थानीयबासिन्दाले अवरोध गरेपछि अभियन्ता ईः र उनका समर्थकहरुले हिजो प्रहरीको घेरामा ललितपुर महानगरपालिकाको भवन पुल्चोक अगाडि उभिएर प्रदर्शन गरेका थिए ।
ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोरदोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गतेदेखि लगनखेल–मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ ।
अभियन्ता ईः र उनका समर्थकहरुले फुटपाथ व्यवसायलाई निषेध नभइ व्यवस्थापनका वैकल्पिक उपायहरु अपनाउन माग गरेका छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३