भारत–नेपाल मैत्री महोत्सवमा लोकसंस्कृतिको गुन्जन, सरिता तिवारीको विशेष प्रस्तुति
पिलीभीत — भारत र नेपालबीच सदियौँदेखि कायम सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको भारत–नेपाल मैत्री महोत्सवमा यस वर्ष सुप्रसिद्ध लोकगीत तथा भजन गायिका सरिता तिवारी ले विशेष प्रस्तुति दिने भएकी छन्।
फागुन १५ र १६ गते (२७ र २८ फेब्रुअरी) पिलीभीतस्थित गान्धी अडिटोरियम मा आयोजना हुने दुईदिने महोत्सवमा कला, साहित्य र संगीतको भव्य संगम प्रस्तुत गरिने आयोजकले जनाएका छन्।
बनारसमा जन्मिएकी र लखनऊमा शिक्षा हासिल गरेकी सरिता तिवारीले आफ्ना लोकधुन र भजनमार्फत विभिन्न प्रतिष्ठित मञ्चहरूमा दर्शक–श्रोताको मन जित्दै आएकी छन्। उहाँको गायनमा पूर्वाञ्चलको माटोको सुगन्ध, भक्ति भावना तथा लोकजीवनका अनुभूति झल्किने विशेषता रहेको छ। सरल प्रस्तुति शैली र सशक्त स्वरका कारण उहाँ लोकसंगीत प्रेमीहरूमाझ लोकप्रिय मानिन्छिन्।
महोत्सवमा सरिता तिवारीको प्रस्तुति मुख्य आक...












