Advertisement

हाम्रो बारेमा

औषधि व्यवस्था विभागले लगायो यी १० औषधि उत्पादनमा रोक

औषधि व्यवस्था विभागले लगायो यी १० औषधि उत्पादनमा रोक

समाचार
काठमाडौं- औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। औषधि मुल्यांकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको विधागका महानिर्देशक नारायण ढकालले जानकारी दिए। लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको हो। यस्तै लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो। यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु रहेका छन्।  औषधि सल्लाहाकार समितिको बैठकबाट यसबारे थप निर्णय हुने महानिर्देशक ढकालले जानकारी दिए। 'पहिले अनुमति दिइएको थियो, तर प्राविधिक मुल्यांकनका आधारमा तत्कालका लागि उत्प...

नेपाल भारतसँग १० विकेटले पराजित

समाचार
कैलाली – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे । नेपालले दिएकाे ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायाे ।  लगातार तेस्राे हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएकाे छ ।  नेपाल पहिलाे खेलमा पाकिस्तानसँग ७ विकेटले र दाेस्राे खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएकाे थियाे ।...

कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमाथि आक्रमण

समाचार
कैलाली - कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ। मंगलबार झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहार हुँदा मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ । आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ ।...

धनगढीमा बालिका करणी आरोपमा एक जना पक्राउ

समाचार
धनगढी - कैलालीको धनगढीमा बालिका करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।  धनगढी उपमहानगरपालिका–२ की ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । २० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमवार जाहेरी दर्ता भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरेर कानुनी प्रक्रिया अघि बढेको बताइएको छ ।...

एमालेको ‘सङ्कल्प यात्रा’ कोशी प्रदेश प्रवेश

समाचार
कैलाली – नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज मङ्गलवार कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएकाे १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो ।  कोशी प्रदेशको पश्चिमी सीमा उदयपुरको कटारी नगरपालिका–१४ को घुर्मी बजारमा बाग्मती प्रदेश एमालेले यात्राको जिम्मा कोशी प्रदेश एमालेलाई लगाएको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताए । ...

कैलालीको टीकापुरमा एक महिला मृत फेला

समाचार
धनगढी - कैलालीको टीकापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । टीकापुर नगरपालिका-५ झन्झटपुर स्थित रानीकुलोमा सोही ठाँउ बस्ने ८५ वर्षीया धनसरा देवी शाह सोमवार दिउँसो मृत अवस्थामा फेला परेकी हुन्।  उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ। ...

२० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

समाचार
कैलाली - बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तामा रहेकाे श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गएकाे आइतवार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले भनिन्, 'शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशुसहित आमाको स्वास्थ्यस्थिति सामान्य रहेको छ ।'...

एमाले अछामको अधिवेशन फागुनमा हुने

समाचार
धनगढी - नेकपा एमाले अछामको जिल्ला अधिवेशन फागुनमा गर्ने तय गरेको छ ।  जिल्ला कमिटीको साँफेबगरमा सम्पन्न सचिवालय बैठकले फागुन मसान्तभित्र जिल्ला अधिवेशन गर्नेगरी सचिवालयले निर्णय गरेको एमाले अछामका इन्चार्ज लालबहादुर थापाले जानकारी दिए ।  जिल्ला अधिवेशनको मिति भने यसपछि तोकिने र अन्य तयारीका काम गर्ने बताइएको छ । ...

कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

समाचार
धनगढी - कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–५ लालबोजीमा सुपप्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो।  सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हो।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ । ...

एसीसी यू-१९ : नेपालले आज भारतसँग खेल्दै

समाचार
कैलाली - एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे हुनेछ । नेपालले अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो । यस्तै, आजै हुने अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । यो खेल पनि बिहान सवा ११ बजे हुनेछ । दुई खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ । अफगानिस्तानले भने दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ । ...

एलपीएल : सत्यवती एकेडेमी सेमिफाइनलमा

समाचार
धनगढी - सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ ।  सत्यवती समूह ‘डी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सत्यवतीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले हरायो ।  सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स १९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रनमा समेटिएको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवतीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय २६ रन बनाएको थियो ।  यस्तै सोमबार नै भएको अर्को खेलमा लिटल फ्लावर स्कुलले सान्त्वना जित निकालेको छ । लिटल फ्लावरले गरुडा नगरपालिकालाई ५७ रनले हरायो ।  जितेपनि लिटल फ्लावरले समूह चरण पार गर्न सकेन । जितका लागि लिटल फ्लावरले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको गरुडा १५ ओभरमा सबै विकेटको क्षतिमा ...

बझाङका एक एम्बुलेन्स चालक धनगढीमा चरेससहित पक्राउ

समाचार
धनगढी – बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराका एम्बुलेन्स चालक चरेससहित पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–४ पुरानो यातायात कार्यालय नजिकबाट चरेससहित एम्बुलेन्ससहित चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर–३ दाप्रु बस्ने ३७ वर्षीय रामबहादुर खाती सुदूरपश्चिम प्रदेश ०१००१ झ ०५४२ नम्बरकाे एम्बुलेन्ससहित पक्राउ परेका हुन् । खातीकाे साथबाट २ किलो ८ सय ग्राम चरेस फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज