बैतडीको डिलासैनी गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्ने
हरिशचन्द्र भाटबैतडी : बैतडीको डिलासैनी गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ। पुस २ गतेदेखि शुरू हुने प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार रहेको डिलासैनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख महादेव भट्टले बताए ।
यस्तै द्वितीय पुरस्कार ३१ हजार र तृतीय हुने टोलीले १६ हजार पुरस्कार पाउने जनाइएको छ। डिलासैनी गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोशप्रकाश जोशीले जानकारी दिनुभयो।
पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू हरिनगर खेलमैदानमा सञ्चालन हुने डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए।प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडीहरू डिलाशैनी गाउँपालिका भित्रका स्थायी बासिन्दा मात्र हुनुपर्ने गाउपालिकाले जनाएको छ।
टीम दर्ताको शुल्क ५ हजार रहेको र दर्ता समय मंसिर ३० देखि पुस १ गतेक...












