बझाङ : विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा जम्दै गरेका बझाङका उदायमान कलाकार अबिनाश थापा काजीको गीत ‘छोडी जाने’ सार्वजनिक भएको छ। बहुचर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको उक्त गीत कमल अधिकारीको यूट्युब च्यानलाबाट केही दिन अघि सार्वजनिक भएको हो।
गीतको निद्रेशन रमेश बिजुली बिसि र छायांकन सोनु बिकले गरेका छन्। यस्तै मोडलिङ्ग थापा काजी, भावाना बान्तोला र प्रभाश सिलवालले गरेका छन्।
विगत ८ वर्ष देखि निरन्तर रुपमा मोडलिङ्ग गर्दै आएका अबिनाश थापा काजीले २० वटा आधुनिक गीत र तीन वटा देउडा गीतमा अभिनय गरेका छन्। थापाको केही समय अघि मात्रै ‘पागल’ गित सार्वजनिक भएको थियोे ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३