मिलन साउद ।कैलाली को जोशिपुर गाउपालिका वडा न १ को वडा स्तरिय खेलकुदमा ब्यापक भ्रष्टाचार भएको देखिएको छ । आसिक चौधरिको अध्यक्षतामा रहेको खेलकुद समितीले दादागिरी शैलीमा कुनै पनि खेलाडीहरुलाई र स्थानीयलाइ जे गर्नु हुन्छ गर्नुस तर कुनै पनि सामाग्रिहरुको बिल देखाउदैन भनेर गैर-जिम्मेवार पूर्ण र धम्की शैली मा जवाफ दिए ।

साथै जोशिपुर गाउपालिकाका कुनै पनि खेलमा शिक्षा तथा खेलकुद समितिका ब्यक्तिहरुको उपस्थित नरहेको स्थानीय र खेलाडीहरुको व्यापक गुनासो छ ।

खेलकुदका पुरस्कारहरु वितरण गर्दा पनि पुरानै पुरस्कार तथा मेडलहरु बितरण गरेको खेलाडीरुले बताएका छ्न । त्यसै गरि ३६ वटा प्रमाण-पत्र छपाइमा मात्र रु.२०००० हजार खर्च गरेको देखिएको छ । पुरस्कार बितरण नगरेरै खेल समापन भएको खेलाडिहरुको गुनासो छ ।
