अपराध नियन्त्रण सम्वन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न
जिल्लाकाे मष्टा गाउँपालीकामा अपराध नियन्त्रण सम्वन्धि सचेतनामूलक कार्यक्रम गरिएकाे छ ।
आज एक कार्यक्रमका विच गाउँपालीकाकाे सभाहलमा अपराध नियन्त्रण सम्वन्धि कार्यक्रम गरिएको हाे । सञ्चालन भएको कार्यक्रम जिल्ला प्रशासन कार्यक्रम बझाङ र सुरक्षा निकाय र मष्टा गाउँपालीकाकाे साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको थियोे ।
सभाहलमा सञ्चालन भएको कार्यक्रम मष्टा गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहराकाे अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी बिश्वमित्र कुईकेल लगाएत सुरक्षा निकाय प्रमुख वडा अध्यक्ष जनप्रतिनिधि लगायत शिक्षक विद्यार्थी पत्रकार लगायतकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले अपराध न्युनिकरण गर्न सबैकाे हातेमालो हुनुपर्ने र जिल्लामा मेला पर्वमा झैझगडा हुने गरेको र केहि दुर्घटना बाट पनि यस्ता घटना हुने गरेको उहाँकाे भनाइ छ । साथै फेरि थप्दै भन्नू भयाे, जानिजानी गरिए...












