Advertisement

बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भुकम्प

Advertisement

बझाङ : बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ११ : ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेत ले जनाएको छ ।

पटकपटकको भुकम्पबाट त्रसित स्थानीयहरु अहिले भुकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन् । बझाङ केन्द्रबिन्दु बनाएर गत असोज १६  गते ६. २ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार पराकम्प आइरहेका छन् । दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक वृद्धाको मृत्युसमेत भएको थियो।

केहि समय अघि भूकम्पले भौतिक तथा मानवीय क्षति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरू बझाङ पुगेका थिए। पछिल्लो समयमा पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिम प्रदेश उच्च भूकम्पीय जोखिमको खतरामा छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा ठुलो भूकम्प गएको छैन।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौँ– नेपाली काँग्रेस रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। उनको पचारका क्रममा गएराति २:५८ बजे काठमाडौँ मेडिकल क...
बझाङमा ५४२ नयाँ मतदाता थप

बझाङमा ५४२ नयाँ मतदाता थप

बझाङ -आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानअन्तर्गत बझाङमा ५ सय ४२ जना...
देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका ...
बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

न्यून गुणस्तरको मदिराका कारण जिल्लाको शान्ति सुरक्षा मात्रै नभई जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर...
भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज