Advertisement

बोहोरीगाउँ–पपिता सडक निर्माण कार्य अघि बढ्यो, धरमघर विजयपुर सडक खण्ड भने ठप्प

Advertisement

हरिशचन्द्र भाट

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ बोहोरीगाउँ–पपिता सडक निर्माण कार्य अघि बढेको छ । पूर्वाधार कार्यालयबाट निर्माण हुन लागेको उक्त सडकमा प्रदेश सरकारबाट ३० लाख बजेट आएको थियो ।
गाउँपालिकाको केन्द्रसम्म नै पु¥याउने उदेश्यका साथ अघि बढाइएको सडक यसअघि बिचमै रोकिएको थियो । पुनः प्रदेश सरकारले बजेट बिनियोजन गरेसँगै निर्माण कार्य अघि बढेको गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुवँरले जानकारी दिए ।हिजो एक कार्यक्रमका बीच उद्घाटन पनि गरिएको थियो ।
उक्त सडक निर्माण भएपछि वडा नं ५ को बोहोरीगाउँ, काक्स्याली, सिमार हुदै गाउँपालिकाको केन्द्रसम्म जोड्ने लक्ष्य राखिएको छ ।


हालकै बजेटले गाउँपालिकाको केन्द्रसम्म नपुगेपछि आगामी वर्षको बजेटले गाउँपालिकाको केन्द्रसम्म नै पुग्ने अध्यक्ष अम्मर बहादुर कुवँरले बताए । बभिन्न वडाबाट गाउँपालिकाको केन्द्रसम्म नै सडक निर्माण हुन लागेको छ ।

यस्तै धरमघर विजयपुर सडक खण्ड सुचारु भएको २३ वर्ष पुग्दा समेत निर्माण हुन सकेको छैन। वि.स. २०५७ मा ट्र्याक खोलिएको भए पनि अहिले सम्म निर्माण हुन नसकेको हो। उक्त सडक निर्माणका लागी जिल्ला विकास समितीको ४ लाख ५० हजार लागतमा सुरुमा निर्माण गरिएको थियो। तर अहिले उक्त सडक हिड्नलाई लायक छैन।धरमघर विजयपुर सडक खण्डमा न गाडी गुड्छन न गाडी गुड्न बाटो नै छ उक्त सडक अहिले पहिरो गएर बन्द अवस्थामा छ। ट्रयाक खोलिए यता उक्त सडक निर्माणका लागी बजेट आए पनि सडक निर्माणमा कसैको ध्यान छैन। गत आर्थिक बर्ष २०७८/२०७९ मा सडक निर्माणका लागी २० लाख छुट्याएको भएपनि कार्यान्वयन हुन सकेन ‘ यो भन्दा अघिल्ला वर्षमा सडक निर्माणका लागी लाखौ रुपियाँ छुट्याएको भएपनि उक्त रकम फ्रीज जाने गरेको छ।धरमघर विजयपुर सडक खण्ड निर्माण गरिनु यहाँका स्यानियहरुको माग भएपनि संघ,प्रदेश,स्थानिय सरकार मौन बसेको छ।

धरमघर विजयपुर सडक खण्ड निर्माणका लागी सरकारले बार्षिक २० लाख छुट्याउने गरेको भएपनि न त सडक निर्माण नै हुन्छ न त बजेट आएको थाहा नै न त कार्यान्वयन नै न त कुनै ठेकेदारले ठेक्का पाउँछ । वि.स.२०५७ सालमा सुरुमा ट्रयाक खोल्दा निर्माणाको जिम्मा पाएको अखिल निर्माण सेवाले घुरुवा खोला सम्म निर्माण गर्यो ।


त्यस यता २०७४ साल सम्म बजेट आएको भएपनि उक्त सडक निर्माणमा कसैको ध्यान छैन ।यस्तै यस्तै धरमघर विजयपुर सडक खण्ड निर्माण कार्य अगाडी बढे यहाँका पर्यटकीय छेत्र को बिकाश हुने यहाँका स्थानिय नागरिकहरुले विश्वाश गरेकाछन। धरमघर विजयपुर सडक खण्ड निर्माणका लागी संघ प्रदेश अनि स्थानिय सरकारले चाँसो देखाउनु जरुरी छ। आजको आवश्यकता भनेको जनप्रतिनिधिले जनता प्रति जनतामुखी काम गर्नु आवश्यक देखिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज