Advertisement

बझाङ

प्रतिनिधिसभा निर्वाचन: नेपाल कम्युनिष्ट बझाङबाट भरत मल्ल एकल उम्मेदवार सिफारिस

प्रतिनिधिसभा निर्वाचन: नेपाल कम्युनिष्ट बझाङबाट भरत मल्ल एकल उम्मेदवार सिफारिस

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) बझाङले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्ष तर्फ भरत मल्ललाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो। शनिबार बझाङको बुङ्गल नगरपालिकाको बिजगडामा सम्पन्न विशेष बैठकले मल्ललाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको पार्टीले जनाएको छ। बैठकमा आगामी निर्वाचनलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ।...
प्रतिनिधिसभा प्रत्यक्षतर्फ एमाले बझाङबाट ऐन महर सहित तीनजना सिफारिस

प्रतिनिधिसभा प्रत्यक्षतर्फ एमाले बझाङबाट ऐन महर सहित तीनजना सिफारिस

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बझाङले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ऐनबहादुर महर सहित तीन जनाको नाम सिफारिस गरेको छ । पार्टीको केन्द्रबाट प्राप्त निर्देशन तथा निर्वाचन प्रक्रियाअनुसार जिल्ला कमिटीले उम्मेदवार सिफारिस गरेको हो । सिफारिस सूचीमा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महरसँगै जिल्ला कमिटी बझाङका पूर्व उपाध्यक्ष मोहनराज जोशी तथा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री रहेका छन् । ऐनबहादुर महर अनेरास्ववियुका पूर्व अध्यक्ष हुन् । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी पाँच दलीय गठबन्धनका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए । यो क्षेत्रकै प्रभावशाली नेता मानिने युवा नेता तथा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महर योपटक पनि चुनाव लड्ने विषयले चर्चा पाएको छ ।...
शनिबार तमैल बजारमा अनुगमन, ७ हजार ५ सय रुपैयाँ बराबरका म्याद नाघेका सामान नष्ट

शनिबार तमैल बजारमा अनुगमन, ७ हजार ५ सय रुपैयाँ बराबरका म्याद नाघेका सामान नष्ट

Breaking News 1, बझाङ, समाचार
बझाङ । घरेलु तथा साना उद्योग कार्यालय बझाङले शनिबार जयपृथ्वी नगरपालिका अन्तर्गतको तमैल बजारमा बजार अनुगमन गरेको छ । कार्यालय प्रमुख मान बहादुर धामीको नेतृत्वमा सम्पन्न अनुगमनका क्रममा बजार क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न पसल तथा व्यवसायहरूको अवस्था निरीक्षण गरिएको हो । अनुगमनका क्रममा पेय पदार्थ, भुजाका प्याकेट, मसला, नमकिन, टाउकोमा लगाउने तेल, पाउडर लगायतका सामग्रीहरू म्याद नाघेको अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । म्याद नाघेका ती सामग्रीहरूको बजार मूल्य करिब ७ हजार ५ सय रुपैयाँ बराबर रहेको र अनुगमन टोली घरेलु कार्यालयका कर्मचारी, जिल्ला प्रशासनका प्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारको रोहबरमा ती सबै सामग्री जलाई नष्ट गरिएको छ । यसका साथै व्यवसाय दर्ता, नवीकरण, मूल्यसूची राखिएको अवस्था तथा उपभोक्ता हितसँग सम्बन्धित कानुनी मापदण्डको पालना भए–नभएको विषयमा पनि जाँच गरिएको थियो । केही...
विद्यार्थीलाई लागु औषधबाट बच्न सचेतना कार्यक्रम सम्पन्न

विद्यार्थीलाई लागु औषधबाट बच्न सचेतना कार्यक्रम सम्पन्न

बझाङ, समाचार
विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनबाट जोगाउने उद्देश्यले बझाङमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।  सामाजिक विकास कार्यालय बझाङको आयोजनामा कुलमष्टाजन माध्यामिक विद्यालयमा कार्यक्रम गरेको हाे । कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमका अध्यक्ष सामाजिक विकास कार्यालय बझाङका प्रमुख प्रयागराज जोशी रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा सहभागी हुनु भएको थियो। कार्यक्रममा मष्टा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जोशी, सशस्त्र प्रहरी बलका डिएसपी दुर्गाप्रसाद भट्ट ,शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, बझाङका डिएसपी दुर्गाप्रसाद भट्टले लागुऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक कक्षा प्रदान गर्नु भएको थियो। उहाँले लागुऔषधका प्रकार, प्र...
२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मष्टा गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मष्टा गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Breaking News 2, बझाङ, समाचार
२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरीबल आश्रित गुल्म बझाङले मष्टा गाउँपालिकामा हाजिरी जवाफ कार्यक्रम गरेको छ । विभिन्न माध्यमिक विद्यालयहरु विच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जसमा कुलमष्टाजन माध्यामिक विद्यालय प्रथम स्थान हासिल गरेको छ भने शारदा माध्यामिक विद्यालय दितृय घचाया माध्यमिक विद्यालय तृतीय सरस्वती माध्यमिक विद्यालय सान्त्वना भएको छ । सशस्त्र प्रहरी बलकाे स्थापना दिवसकाे अवसरमा यस पटक मष्टा गाउँपालीकालाइ समेटेर विद्यालय स्तरिय कार्यक्रम गरिएको डिएसपी दुर्गाप्रशाद भट्टले बताए । उनले मष्टाकाे कुलमष्टाजन माध्यामिक विद्यालय लगायत स्थानीय सरकारलाई साथ सहयाेग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन । कार्यक्रममा मष्टा गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहरा वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमराज जाेशी सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जाेशी शिक्षा शाखा प्रम...
बित्थडचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्टलाई

बित्थडचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्टलाई

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रमेश बहादुर विष्ट लाई दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार गाउँपालिकामा कार्यरत वरिष्ठ कर्मचारी विष्टलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८५ को उपदफा (४) बमोजिम हाल प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेको अवस्थामा वा अर्को व्यवस्था नहुँदासम्म गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी विष्टलाई तोकिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त निर्णय तह कार्यालयको पत्र संख्या १३४४, मिति २०८२/०९/०२ को पत्रका आधारमा गरिएको हो।   यसअघि गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्रीधर ज्ञवाली को गत पौष २ गते डेढ महिनामै सरुवा भएपछि गाउँपालिका प्रशासकीय नेतृत्वविहीन अवस्थामा रहेको थियो।...
कृषि ज्ञान केन्द्र बझाङद्वारा ब्लक सञ्चालक समितिलाई गाडी हस्तान्तरण

कृषि ज्ञान केन्द्र बझाङद्वारा ब्लक सञ्चालक समितिलाई गाडी हस्तान्तरण

Breaking News 1, Breaking News 2, बझाङ
बझाङ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको कृषि विकास निर्देशनालय तथा कृषि ज्ञान केन्द्र बझाङले कार्यालयको स्वामित्वमा रहेको सवारी साधन ब्लक सञ्चालक समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तथा तत्कालीन जिल्ला कृषि विकास कार्यालयको नाममा प्राप्त उक्त सवारी साधन किसानलाई सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रयोग हुँदै आएको थियो । सवारी साधनको नियमित प्रयोग, संरक्षण, मर्मतसम्भार तथा पारदर्शी व्यवस्थापन सुनिश्चित गर्न कृषि ज्ञान केन्द्र बझाङले मिति २०८२/०९/१७ मा गाडी हस्तान्तरण सम्बन्धी सम्झौता पत्र मार्फत समितिलाई जिम्मेवारी प्रदान गरेको हो । सम्झौता अनुसार सवारी साधनको प्रयोग पूर्ण रूपमा सरकारी प्रयोजनमा मात्र गरिने, दुरुपयोग वा नियम विपरीत प्रयोग भएको पाइएमा प्रचलित कानुन बमोज...
सत्यवादी मावि भोपुरमा अनाथ विद्यार्थी कोष स्थापनाका लागि तिलक बम्मद्वारा ५० हजारभन्दा बढी सहयोग

सत्यवादी मावि भोपुरमा अनाथ विद्यार्थी कोष स्थापनाका लागि तिलक बम्मद्वारा ५० हजारभन्दा बढी सहयोग

Breaking News 1, Breaking News 2, बझाङ
बझाङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङमा सवारी चालकका रूपमा कार्यरत तिलक बम्मले सत्यवादी माध्यमिक विद्यालय, भोपुरमा अनाथ विद्यार्थीहरूको सहयोगार्थ अक्षयकोष (कोष स्थापना) का लागि ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । विद्यालयको वार्षिक उत्सवको अवसर पारेर उहाँले उक्त रकम व्यक्तिगत तवरबाट विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै बम्मले अनाथ तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार स्थापना गरिएको कोषबाट विद्यालयमा अध्ययनरत अनाथ विद्यार्थीहरूको शैक्षिक सामग्री, पोशाक तथा अन्य आवश्यकतामा सहयोग पुर्‍याइनेछ । साथै उहाँले शिक्षाको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने भावना राख्दै सम्पूर्ण बझाङबासीलाई आ–आफ्नो क्षमताअनुसार अनाथ विद्यार्थीहरूको सहयोगमा हातेमालो...
एउटै पार्टी, फरक स्वार्थ: जयपृथ्वी–७ मा वडाध्यक्ष–वडा सदस्यको टकरावले तालाबन्दी

एउटै पार्टी, फरक स्वार्थ: जयपृथ्वी–७ मा वडाध्यक्ष–वडा सदस्यको टकरावले तालाबन्दी

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–७ नम्बर वडा कार्यालयमा लगाइएको तालाबन्दी आज पनि खोलिएको छैन । कार्यालय सहयोगी नियुक्तिको विषयलाई लिएर उत्पन्न विवाद समाधान नहुँदा वडा कार्यालयका सम्पूर्ण सेवा प्रभावित बनेका छन् । यो विवाद माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष शिवराज जोशी र तत्कालीन नेकपा समाजवादीबाट निर्वाचित वडा सदस्य दीपक रोकाया बीच सुरु भएको हो। रोचक पक्ष के छ भने, पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा यी दुवै जनप्रतिनिधि हाल एउटै दलमा आवद्ध छन् । पार्टी एउटै भए पनि स्वार्थ फरक भएपछि विवाद चुलिएको स्थानीयको बुझाइ छ । स्थानीयका अनुसार वडा अध्यक्ष जोशीले आफ्नो नजिकको व्यक्तिलाई कार्यालय सहयोगीमा नियुक्त गर्न खोजेपछि वडा सदस्य रोकायाले पनि आफ्ना मान्छे राख्न दबाब दिए । दु...
बझाङमा विज्ञान पत्रकारिता तालिम सुरु

बझाङमा विज्ञान पत्रकारिता तालिम सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको सदरमुकाम चैनपुरमा विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तीनदिने तालिम सोमबारदेखि सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा सुरु भएको तालिमको उद्घाटन जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले गरेका थिए । उद्घाटन कार्यक्रममा नगर प्रमुख बजालले विज्ञान पत्रकारिता समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । तालिममा जिल्लामा क्रियाशील अग्रज पत्रकारसहित करिब ३० जना स्थानीय पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिममा वरिष्ठ पत्रकार अरुण कार्की र वैज्ञानिक डा. प्रयत्न पोख्रेललगायतले प्रशिक्षण दिइरहेका छन् । विकसित विज्ञान र प्रविधिको युगमा विज्ञान पत्रकारिताको महत्व बढ्दै गएको बताउँदै नास्टका मुख्य वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले वैज्ञानिक अनुसन्धान र उपलब्धिलाई सर्वसाधारणसम्म पु¥याउन पत्...
वडा कार्यालयमा तालाबन्दी

वडा कार्यालयमा तालाबन्दी

Breaking News 1, ताजा अपडेट, दैनिक, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ को जयपृथ्वी नगरपालिका को ७ नम्बर वडा कार्यालयमा स्थानियले तालाबन्दी गरेका छन । वडा कार्यालय मा कार्यालय सहयोगी नियुक्ति मा वडा अध्यक्ष ले मनोमानी गरेको आरोपमा तालाबन्दी गरिएको स्थानियले बताएका छन । पुस २ गते वडा अध्यक्ष सिवराज जोशिले कार्यालय सहयोगी मा देवराज जोशी लाई एकल नियुक्ति का लागि नगरपालिका मा सिफारिस गरेपछी बिबाद उत्पन्न भएको हो । सो पदमा आकांक्षि धेरै ले अध्यक्ष लाई नियुक्ति का लागि दवाब दिदै आईरहेका थिए । तर अध्यक्ष ले वडा समिती र अन्य आकांक्षि सग छलफल नै नगरी नियुक्ति का लागि सिफारिस गरेको पाएको छ । गत बर्सको चैत्र महिना देखि नै कार्यालय सहयोगी पद रिक्त रहदै आएको थियो । गत चैत्र देखि वडा कार्यालय ले सहयोगी नियुक्ति गर्न नसक्दा वडा कार्यालय का काम प्रभावित बन्दै आइरहेका थिए । "छनौट प्रक्रिया का धेरै आधार हुदा हुँदै ,यसरी एकल ढङबाट सिफारिस गरिएकोमा हाम्रो चित्...
बझाङमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न, एमाले नेतृत्वमाथि चर्को प्रहार

बझाङमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न, एमाले नेतृत्वमाथि चर्को प्रहार

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
चैनपुर- बझाङ नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको छ। सदरमुकाम चैनपुरको खुला मञ्चमा बुधबार पार्टीको एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको हो । पार्टीका प्रभावशाली नेता डा. भीम रावलको प्रमुख आतिथ्यतामा आयोजित सभामा खगराज भट्ट र भानुभक्त जोशीलगायत नेताहरूको उपस्थिति रहेको थियो। सभाअघि जिल्लाका विभिन्न स्थानबाट आएका नेताकार्यकर्ताहरूले बाजागाजासहित चैनपुर बजारमा र्‍याली निकालेका थिए। गत कात्तिकमा काठमाडौंमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जनभन्दा बढी वाम घटकबीच एकता घोषणा भएपछि देशभर एकता सन्देश सभा आयोजना हुँदै आएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय नेता प्रकाश शाहले एमाले नेतृत्वले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलगायत संस्थापक नेताहरूको योगदान उपेक्षा गरेको आरोप लगाए। उनले अध्यक्ष केपी शर्मा ओलीले पार्टी...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज